नेपाल हाइड्रो डेभलपरको आइपीओ खुल्यो, अब धेरै पैसा लगानी गर्नुपर्दैन

ipo_8_10_2017_5_20_06काठमाडौं : नेपाल हाइड्रो डेभलपरको शुक्रबारदेखि आइपीओ बिक्री खुला भएको छ । कम्पनीले ३ करोड ९० लाख रुपैयाँको ३ लाख ९० हजार कित्ता आइपीओ बिक्रीमा ल्याएको हो । १०० रुपैयाँ अंकित मूल्यको यस आइपीओको २ प्रतिशत सेयर कर्मचारीलाई छुट्याइएको छ । यसआधारमा कर्मचारीले ७ हजार ८०० सय कित्ता सेयर पाउनेछन् । त्यस्तै, सामूहिक लगानी कोष कम्पनीहरुले ५ प्रतिशत अर्थात् १९ हजार ५०० कित्ता सेयर पाउनेछन् । यो आइपीओमा न्यूनतम ५० कित्ता र अधिकतम १ हजार कित्तासम्म आवेदन दिन पाइनेछ । यस हाइड्रोपावरमा ज्ञानेन्द्रलाल प्रधान, पशुपति मुरारका, कुमुद दुगड, देव किसन मुन्दडालगायतका व्यक्तिहरु सञ्चालक रहेका छन् । हाल कम्पनीको चुक्ता पुँजी २२ करोड १० लाख रुपैयाँ छ । आइपीओ बिक्रीपछि चुक्ता पुँजी २६ करोड रुपैयाँ पुग्नेछ । कम्पनीको अधिकृत पुँजी ६० करोड रुपैयाँ छ ।

यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ । लगानीकर्ताले एनएमबि क्यापिटल लिमिटेड नागपोखरी काठमाडौं, नेपाल हाइड्रो डेभलपरको कार्यालय डिल्लीबजार काठमाडौंमा गएर आवेदन दिन सक्नेछन् । यसबाहेक आस्वा अनुमति लिएका जुनसुकै बैंक तथा वित्तीय संस्थाबाट पनि सेयर भर्न सकिनेछ । कम्पनीले दोलखा जिल्लामा ३.५२ मेगावाटको चर्नावती हाइड्रोपावर सञ्चालन गर्दै आएको छ । जलविद्युत क्षेत्रका हस्तीहरुको लगानी रहेकाले कम्पनीले भविष्यमा राम्रो प्रतिफल दिने आशा गर्न सकिन्छ । धितोपत्र बोर्डले सकेसम्म सबैलाई न्यूनतम १० कित्ता सेयर दिनैपर्ने बाध्यकारी व्यवस्था गरेकाले आवेदकले सेयर भर्दा ठूलो रकम खर्च गर्नुपर्दैन । न्यूनतम ५ हजारदेखि १० हजार रुपैयाँसम्म एक जनाले लगानी गर्दा पनि पुग्छ । आस्वा अनिवार्य भएकाले सबैले आस्वा सदस्यता लिएका बैंक तथा वित्तीय संस्थाबाट सेयर भर्नुपर्ने हुन्छ । आफ्नो खाता भएको अनि आस्वाको सदस्य पनि भएका बैंकबाट आइपीओ भर्न मिल्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

झिनो अङ्कले घट्यो नेप्से

फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।

मिटरब्याजी तथा सहकारी ठग राजकुमार श्रेष्ठ पक्राउ

 कात्तिक २८ ,काठमाडौं । सहकारी ठगीका अभियुक्त तथा खुंखार मिटरब्याजी राजकुमार श्रेष्ठ पक्राउ परेका छन्

आइएमई ग्रुपद्वारा प्रधानमन्त्रीलाई डेढ करोडको चेक हस्तान्तरण

काठमाडौँ, कात्तिक २१  गते । आइएमई ग्रुप तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले जाजरकोट

नक्कली भ्याट बिल बनाउनेलाई सतप्रतिशत जरिमाना

 कार्तिक ०२, २०८० | काठमाडौं । सर्वोच्च अदालतले नक्कली भ्याट बिल निर्माण गरी राजस्व छल्नेमाथि

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

कात्तिक १, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । नेप्से

नेपाल–कोरिया उडानमा प्राधिकरण नै बाधक

आश्विन २६, काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले दक्षिण कोरिया सिधा