अन्ततः नयाँ शक्ती छोडेर माओवादी केन्द्रमा फर्किए रामचन्द्र झा र रामकुमार शर्मा

Jha-Party-Prabesh-Onlinepanaकेही समय अगाडि प्रचण्ड नेतृत्वको माओवादी छाडेर बाबुराम भट्टराई नेतृवको नयाँ शक्ति नेपालमा गएका नेताहरु रामचन्द्र झा र रामकुमार शर्मा माओवादी केन्द्रमै फर्किएका छन्।

आज माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको छलफलपछि उनीहरुले माओवादी केन्द्र फर्केर क्रियाशील रहने प्रतिवद्धता जनाएका हुन्।छलफलमा नेता मातृका यादव, रामचन्द्र झा, रामकुमार शर्मा र श्रवण यादवले मधेशमा माओवादीलाई शक्तिशाली बनाउन आफूहरु एकतावद्ध भएर अघि बढ्ने समेत संकल्प समेत गरेका थिए।

एमाले हुँदै तत्कालीन एमाओवादीमा प्रवेश गरेका रामचन्द्र झा पछि बाबुराम भट्टराईसँगै नयाँ शक्ति पार्टीमा लागेका थिए।नयाँ शक्ति पार्टीले स्पस्ट कार्यदिशा ल्याउन नसकेको, पार्टी व्यक्ति केन्द्रीत भएको भन्दै केही समय अगाडिदेखि झाले असन्तुष्टि जनाउँदै आएका थिए।केही समय अगाडि झा एमालेमा प्रवेश गर्ने हल्ला चले पनि उनले एमाले मधेसका पक्षमा नरहेको भन्दै उनी पुनः माओवादी केन्द्रमै फर्किएका हुन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक