बन्द होटेलमा जुवा खेल , अदालतलाई झुक्याउँन दलालहरू सफल

साउन २५,
बन्द एभरेस्ट होटेलमा गैरकानुनी रूपमा मंगलबार जुवा खेल उद्घाटन गर्दै सञ्चालक । casino-E-598a60f3e57543.64213109
२५ महिनादेखि बन्द एभरेस्ट क्यासिनो गैरकानुनी रूपमा सञ्चालनमा ल्याइएको छ। एभ्लोन प्रालिले क्यासिनो नियमावलीविपरीत केक काटेर मंगलबारदेखि क्यासिनो सञ्चालनमा ल्याएको हो। चक्रबहादुर शाही, तप्त विष्ट, तिलक शाहीलगायतको लगानी रहेको यो क्यासिनो पाँचतारे होटल एभरेस्ट हाताभित्र छ। यो खबर उत्तम काप्रीले आजको अन्नपूर्णमा लेखेका छन्।
क्यासिनो नियमावली २०७० मा क्यासिनो सञ्चालनका लागि होटल चलेको हुनुपर्ने उल्लेख छ। तर क्यासिनोका कर्मचारीले होटल व्यवस्थापनको सहमतिबिनै बन्द होटलमा जुवा सुरु गरेका छन्। नेपालमै पेसा व्यवसाय गरी बसेका एक दर्जनभन्दा बढी भारतीयको उपस्थितिमा क्यासिनो सञ्चालन भएको हो। क्यासिनोको इजाजत वाहक होटल व्यवस्थापन पक्ष भने इजाजत नवीकरण नभएको र कसैलाई क्यासिनो सञ्चालन अनुमति नदिएको बताउँछ। क्यासिनोले सरकारलाई २०७२ चैत मसान्तसम्मको १० करोड ३५ लाख रुपैयाँ तिर्न बाँकी छ। तर मल्ल होटलको भनेस क्यासिनो सञ्चालन गर्दै आएका शाहीको टोलीले एभ्लाने प्रालि भाडाका लिएर क्यासिनो सञ्चालन गरेका हुन्। अदालतको आदेशपछि मल्ल होटलबाट क्यासिनो बन्द गरेका थिए। उनीहरूले मल्ल होटलमा पनि अदालतकै आदेशमा क्यासिनो सञ्चालन गरेका थिए। त्यहाँबाट बाहिरिएको समूहले बन्द एभरेस्टमा क्यासिनो सञ्चालनका लागि पाटन अदालतमा स्टे अडरका लागि गत चैतमा रिट दायर गरेका थिए।
उक्त रिटको बुधबार अन्तिम फैसला हुँदै छ। तर शाहीको समूहले भने आदेश आफ्नै पक्षमा आउने भन्दै क्यासिनो सञ्चालन गरेको छ। नियमावलीमा क्यासिनो सञ्चालन गर्न इजाजत लिने संस्थासँग २५ करोडभन्दा बढी चुक्ता पुँजी हुनुपर्ने व्यवस्था छ।पुँजी भएको र कालोसूचीमा नरहेको पहिले नै स्थापना भएको क्यासिनोको नाम नमिलेको अवस्थामा तीन करोड रोयल्टी बुझाएपछि होटलले सहमति दिएको अवस्थामा क्यासिनो सञ्चालन गर्न इजाजत पाउन सकिनेछ।
इजाजत लिन पाँच लाख दस्तुरसहित कहाँ, कुन समय क्यासिनो सञ्चालन गर्नेलगायत विवरण खुलाएर पर्यटन विभागका निवेदन दिनुपर्छ। तर एभ्लोनले यी कुनै पनि कानुनी प्रक्रिया पूरा गरेको छैन। एभ्लोनले पनि रोयल, याड र ह्वापी हावरकै सिकोमा क्यासिनो सञ्चालन गरेको बुझिएको छ। यी क्यासिनो अदालतको स्टे अडरका भरमा सञ्चालित छन्। एकपटक लिएको इजाजत एक वर्ष सञ्चालन गर्न पाउने कानुनी आधार भए पनि एक महिनाअघि नै नवीकरण गर्नुपर्छ। अदालतबाट अन्तिम फैसला नआउँदासम्म क्यासिनो बन्द गराउन नमिल्ने सरकारी निकायको भनाइ छ।
विगत २ वर्ष अगाडी क्यासिनो अन्नपुर्ण राजनीति सेटीङ मिलाएर, डन र अपराधिहरुलाई प्रयोग गरि संचालन गरि करिव सात सय मजदुरहरुको ६ महिनाको पारिश्रमिक समेत कुम्ल्याएर गायब भएका तप्त बहादुर विष्ट फेरी पुन राजनीतिक दलका टाउकेहरुलाई सेटीङ मिलाएर अदालतमा झुट्टा कागज देखाई मजदुरहरुको पारिश्रमिक र राज्यको ढुकुटी सिद्दाउन एकाएक उदाएका छन् । काठमाण्डौं जस्तो कनिष्ट देखि यो देशका वरिष्ट समेत वस्ने नेपालको राजधानिमा सवैकुरा स्प्रष्ट र छर्लङ हुँदाहुँदै पनि किन ठाडै राज्यको सम्पतीको दुरुपयोग अदालतलाई झुक्याउँन यस्ता दलालहरु सफल हुन्छन? सम्माननिय अदालत किन झुक्किन्छ ? मजदुरका नेताहरु किन मजदुरमाराहरुकै पक्षमा विक्छन् ? सांसद ज्यूहरु संसद भवनसँगै जोडीएको होटल एभरेष्ट लाई किन देख्दैनन्? होटल एभरेष्टका मजदुरहरु विगत २७ महिना देखि आप्mनो पारिश्रमिकका लागी आन्दोलिन छन् किन देखेपनि नदेखेभैm गरेको अभिनय गर्छन्?

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सम्बन्धविच्छेदको मिलापत्र : मुद्दाको अन्त्य मात्र होइन, जिम्मेवार नयाँ जीवनको कानुनी सुरुवात

– अधिवक्ता तारानिधि पन्त नेपालमा सम्बन्धविच्छेदका घटना निरन्तर बढिरहेका छन्। केही दशकअघि समाजमा दुर्लभ मानिने

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

सुनसरी घटनाबारे सुरक्षा परिषद्को बैठक

काठमाडौं, १४ साउन। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसिरहेको छ। प्रधानमन्त्रीको

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा

नक्कली भुटानी शरणार्थी प्रकरणमा सजाय निर्धारण

काठमाडौं, ३१ असार २०८३। नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका व्यक्तिहरूलाई काठमाडौं जिल्ला अदालतले