काठमाडौं, साउन । कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले प्रदेश र केन्द्रिय संसदको निर्वाचन एकै चरणमा गर्ने तयारी भैरहेको खुलासा गरेका छन् ।नवनियुक्त मन्त्री थापाले पत्रकार ऋषि धमलासँगको कुराकानीमा यस्तो खुलासा गरेका हुन् । उनले भने,“सबै दलहरुवीच सहमति हुने अवस्था छ, त्यसैले प्रदेश र केन्द्रिय संसदको निर्वाचन एकै चरणमा गर्नेगरि हामीले तयारी गरिरहेका छौं।”निर्वाचन क्षेत्र निर्धारण आयोग हालै गठन भएको छ । आयोगले काम गरिरहेको छ । तर मन्त्री थापाले नेपालको जिल्ला अब ७७ पुग्ने दाबी गरेका छन् ।
त्यस्तै उनले निर्वाचनको लागि चाहिने सबै ऐन तथा कानूनहरु अहिले निर्माण भैरहेको समेत जनाए । मन्त्री थापाले निर्वाचन आयोगलाई चाहिने सबै कानुन तथा ऐनहरु समयमै उपलब्ध गराउने समेत प्रतिबद्धता जनाए ।
मन्त्री थापाका अनुसार उनले स्थानीय तहका जनप्रतिनिधिहरुलाई चाहिने सेवा तथा सुविधा सम्बन्धी कानून समेत चाँडै उपलब्ध गराउने र मुलुकी ऐन २०१९ समेत संशोधन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ ।
काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध
-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज
– अधिवक्ता तारानिधि पन्त नेपालमा सम्बन्धविच्छेदका घटना निरन्तर बढिरहेका छन्। केही दशकअघि समाजमा दुर्लभ मानिने
पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा
काठमाडौँ, वैशाख २५ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका तत्कालीन वरिष्ठ
काठमाडौं, १८ वैशाख । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे डे) का