नेपालमा बसेर अस्ट्रेलियामा आतंक !

जर्मनीमा रहेका नेपाली नागरिक आत्मराम थपलियालाई नेपाल ल्याउन व्युरोले प्रक्रिया सुरु गरेको छ । उनलाई नेपाल डिपोर्ट गराउन व्युरोले जर्मनीमा रहेको इन्टरपोल शाखासँग पत्राचार गरिसकेको छ ।एकजना अस्ट्रेलियाबाट डिपोर्ट भइसके । छातीमा गोली हानेर शव टुक्रा पारेर फाल्ने सन्देशले अस्ट्रेलियामा आतंक मच्चियो । एसएमएस पाउने व्यक्तिको संख्या बढेसँगै अस्ट्रेलियाको प्रहरीमा उजुरी संख्या बढ्यो ।सामाजिक सञ्जालमार्फत आवेश र आक्रोस पोख्ने क्रममा शब्दको ख्याल नगर्दा नेपालमा बर्सेनि ५० भन्दा बढी नेपाली पक्राउ परिरहेका छन् । यो प्रवृत्तिबाट विभिन्न उद्देश्यले बिदेसिएका नेपालीसमेत जोगिन सकेका छैनन् । विदेशमा छु कसले के गर्छ र भन्दै सामाजिक सञ्जालमा तथानाम लेख्दा नेपाल प्रहरीको खोजीमा कैयन परेका छन् ।

युरोप र अमेरिकी मुलुकमा आतंकवादी घटना बढिरहेका बेला यस्तो सन्देशले सनसनी मच्चिएपछि अस्ट्रेलियाली प्रहरीले अनुसन्धान अगाडि बढायो । अनुसन्धानमा सन्देशको उदगमस्थल नेपाल देखिएपछि इन्टरपोलमार्फत नेपाल प्रहरीमा सन्देशसहित रिपोर्ट आयो । केन्द्रीय अनुसन्धान व्युरोले अनुसन्धान गर्दा लहानमा रहेका कुमुदप्रसाद शाह पक्राउ परे । आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय