मालपोतका कर्मचारी घुस लिँदालिँदै पक्राउ (भिडियोसहित)

भक्तपुर मालपोत कार्यालयका अधिकृत चक्रबहादुर श्रेष्ठ ,नायवसुब्बा राजकुमार घिमिरे, नायव सुब्बा दिनेश रेग्मी र खरिदार दुर्गा पोखरललाई अख्तियारको टोलीले  पक्राउ गरेको हो । उनीहरुलाई मध्यपुर नगरपालिका वडा नं ३ कौशलटार चोकमा रहेको वेभ शेकुवा कर्नरमा सेवाग्राहीसँग घुस लिइरहेको समयमा पक्राउ गरेको अख्तियारले जनाएको छ ।
भक्तपुर जिल्ला चाँगुनरायण नगरपालिका वडा नं ७ बागेश्वरीमा रहेको जग्गाको बाटो काटी प्लटमिलान गर्न सेवाग्राहीले निवेदन दिएका थिए । सेवाग्राहीले आफ्नै ३ आनाको दुई टुक्रा जग्गामा एउटा कित्ताबाट आफ्नै जग्गामा जान बाटो कित्ताकाट गर्नको लागि सबै प्रकृया पुर्याएर गएको भए पनि अधिकृतले ५० हजार घुस मागेका थिए । घुस मागेको सूचना सेवाग्राहीले अख्तियारलाई दिएसँगै टोलीले रंगेहात कर्मचारी पक्राउ गरेको हो ।

पाँच महिना पहिले पनि अख्तियारले भक्तपुर मालपोतका दुई कर्मचारी ६ लाख १४ हजार घुससहित पक्राउ परेका थिए ।

२०७४ साउन ७ गते १०:५६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

सरकारी निवेदनमा अब एकरूप ढाँचा

  काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता

सम्बन्धविच्छेदको मिलापत्र : मुद्दाको अन्त्य मात्र होइन, जिम्मेवार नयाँ जीवनको कानुनी सुरुवात

– अधिवक्ता तारानिधि पन्त नेपालमा सम्बन्धविच्छेदका घटना निरन्तर बढिरहेका छन्। केही दशकअघि समाजमा दुर्लभ मानिने

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

विदेशमा रहेका नेपालीलाई मतदानका लागि ५ मोडेल प्रस्ताव

 साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित