कमल थापाले दिलबिकासको ४ करोड ६ लाख पचाउन खोजे

साउन ६, काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापासँग उनकै पार्टीका नेता कार्यकर्ताले आफुहरुले पार्टीमा गरेको करोडौ लगानी  फिर्ता मागेका छन् । तीन दिन अघिबाट काठमाडौमा सुरु भएको सो पार्टीको केन्द्रीय समिति बैठकमा कतिपय नेताहरुले जिन्दगीको सम्पुर्ण समय र आफुसँग भएको सवै सम्पत्ति पार्टीमा खर्चेपनि पार्टीले उचित मुल्यानकन गर्न नसकेकाले अध्यक्ष थापासँग आफ्नो लगानी फिर्ता माग्नु परेको बताएका छन् । kamal-dil_Z4mcU0PdvN

बिहीबारको बैठकमा केन्द्रीय सदस्य दिलविकास राजभण्डारीले लिखित रुपमै आफुले पार्टीका लागि चार बर्षअघि दिएको रकमको हिसावकिताव अविलम्ब फिर्ता गर्न माग गरेका हुन् । उनले हालसम्म पार्टीमा चार करोड भन्दा बढि रुपैयाँ लगानी गरेपनि त्यसको साँवा व्याज नपाएको बताएका हुन् ।

राजभण्डारीले २०७० सालको  निर्वाचनमा आफुलगायत पुरुषोत्तम शाही र कमला शर्माबाट अध्यक्षले लिएको ४ करोड ६ लाख रुपैँया अविलम्ब फिर्ता गर्न पार्टी नेतृत्वसँग माग गरेका छन् । उनले अध्यक्ष थापा, बरिष्ठ नेताहरु पशुपति शंम्सेर राणा, लोकेन्द्र बहादुर चन्द, पार्टी उपाध्यक्षहरु, महामन्त्री र पार्टी पदाधिकारीहरुलाई सम्बोधन गर्दै आफुबाट लिएको १ करोड ५३ लाख, पुरुषोत्तम शाहीबाट लिएको ५० लाख, कमला शर्माबाट लिएको २३ लाखसहित जोड्दा ४ करोड ६ लाख रुपैयाँ लिन बाकी रहेको बताए ।

उनले यो बाहेक पार्टीलाई दिएको लाखौं रुपैयाँ चन्दा, अनुदान र गाडी किनेको खर्च त्यसमा नजोडेको बताएका छन् । त्यस्तै भण्डारीले पार्टी कार्यलयका लागि काठमाडौको धुम्बाराहीमा उपलव्ध गराएको जग्गा, त्यसमा बनाइएको भवनको खर्च समेत नपाएको लिखित रुपमै बैठकमा राखेका छन् ।नेता भण्डारीले उक्त भवन बनाउन २ करोड ५९ लाख लागेको र सो रकम पार्टीले फिर्ता गर्ने भद्र सहमति भएपनि त्यसबापत ३० लाखमात्र फिर्ता गरिएको जनाएका छन् । बाँकी रकम आफुले सहकारीबाट ऋण लिएको र त्यसको अझै आफुले व्याज तिरिरहेको उनको भनाई छ । राजभण्डारीलाई २०७१ साल साउन १९ गते तत्कालिन राप्रपा नेपालले कारवाही गरेको थियो ।

पार्टीले कारवाही गरेपछि राप्रपा नेपाल समानान्तर गठन गरेर पार्टीका गतिविधि सञ्चालन गरेका उनी राप्रपामा विलय हुँदै पार्टी एकीकरणपछि पुन थापा नेतृत्वको पार्टीमा सहभागि बनेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक