कमल थापाले दिलबिकासको ४ करोड ६ लाख पचाउन खोजे

साउन ६, काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापासँग उनकै पार्टीका नेता कार्यकर्ताले आफुहरुले पार्टीमा गरेको करोडौ लगानी  फिर्ता मागेका छन् । तीन दिन अघिबाट काठमाडौमा सुरु भएको सो पार्टीको केन्द्रीय समिति बैठकमा कतिपय नेताहरुले जिन्दगीको सम्पुर्ण समय र आफुसँग भएको सवै सम्पत्ति पार्टीमा खर्चेपनि पार्टीले उचित मुल्यानकन गर्न नसकेकाले अध्यक्ष थापासँग आफ्नो लगानी फिर्ता माग्नु परेको बताएका छन् । kamal-dil_Z4mcU0PdvN

बिहीबारको बैठकमा केन्द्रीय सदस्य दिलविकास राजभण्डारीले लिखित रुपमै आफुले पार्टीका लागि चार बर्षअघि दिएको रकमको हिसावकिताव अविलम्ब फिर्ता गर्न माग गरेका हुन् । उनले हालसम्म पार्टीमा चार करोड भन्दा बढि रुपैयाँ लगानी गरेपनि त्यसको साँवा व्याज नपाएको बताएका हुन् ।

राजभण्डारीले २०७० सालको  निर्वाचनमा आफुलगायत पुरुषोत्तम शाही र कमला शर्माबाट अध्यक्षले लिएको ४ करोड ६ लाख रुपैँया अविलम्ब फिर्ता गर्न पार्टी नेतृत्वसँग माग गरेका छन् । उनले अध्यक्ष थापा, बरिष्ठ नेताहरु पशुपति शंम्सेर राणा, लोकेन्द्र बहादुर चन्द, पार्टी उपाध्यक्षहरु, महामन्त्री र पार्टी पदाधिकारीहरुलाई सम्बोधन गर्दै आफुबाट लिएको १ करोड ५३ लाख, पुरुषोत्तम शाहीबाट लिएको ५० लाख, कमला शर्माबाट लिएको २३ लाखसहित जोड्दा ४ करोड ६ लाख रुपैयाँ लिन बाकी रहेको बताए ।

उनले यो बाहेक पार्टीलाई दिएको लाखौं रुपैयाँ चन्दा, अनुदान र गाडी किनेको खर्च त्यसमा नजोडेको बताएका छन् । त्यस्तै भण्डारीले पार्टी कार्यलयका लागि काठमाडौको धुम्बाराहीमा उपलव्ध गराएको जग्गा, त्यसमा बनाइएको भवनको खर्च समेत नपाएको लिखित रुपमै बैठकमा राखेका छन् ।नेता भण्डारीले उक्त भवन बनाउन २ करोड ५९ लाख लागेको र सो रकम पार्टीले फिर्ता गर्ने भद्र सहमति भएपनि त्यसबापत ३० लाखमात्र फिर्ता गरिएको जनाएका छन् । बाँकी रकम आफुले सहकारीबाट ऋण लिएको र त्यसको अझै आफुले व्याज तिरिरहेको उनको भनाई छ । राजभण्डारीलाई २०७१ साल साउन १९ गते तत्कालिन राप्रपा नेपालले कारवाही गरेको थियो ।

पार्टीले कारवाही गरेपछि राप्रपा नेपाल समानान्तर गठन गरेर पार्टीका गतिविधि सञ्चालन गरेका उनी राप्रपामा विलय हुँदै पार्टी एकीकरणपछि पुन थापा नेतृत्वको पार्टीमा सहभागि बनेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

ओलीको अडान : ‘अहिले नेतृत्व छाड्दिनँ’

२०८३ साउन ३०, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कठिन परिस्थितिमा

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा