टुंगियो मन्त्रालय भागवण्डा, माओवादीलाई ९ र कांग्रेसलाई १३ मन्त्रालय

३ साउन, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले मन्त्रालय भागवण्डा टुंगो लगाएका छन् । साथै प्रमुख विपक्षी दल नेकपा एमालेको राय लिएर तत्काल निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्ने सहमति पनि दुर्इ दलबीच भएको छ ।कांग्रेसका एक नेताका अनुसार भौतिक पूर्वाधार कांग्रेस आफैंले राखेको छ भने माओवादीले उर्जा र स्वास्थ्य मन्त्रालय पाएको छ ।मंगलबार साँझ बालुवाटारमा बसेको कांग्रेस र माओवादीका शीर्ष नेताहरुको बैठकले मन्त्रालय भागवण्डा टुंग्याएको हो । जसअनुसार सरकारको नेतृत्वकर्ता दल कांग्रेसले १३ र माओवादीले ९ मन्त्रालय लिनेछ ।pm_office_singh_durbar_ABRX6afxCj

अघिल्लो सरकारमा आफूले लिएको परराष्ट्र मन्त्रालय यो पटक माओवादीले लिएपछि स्वास्थ्य आफूले पाउनु पर्ने कांग्रेसको दाबी थियो भने भौतिक तथा पूर्वाधारमा दुबै पार्टीको दाबी रहँदै आएको थियो ।माओवादीले गृह, परराष्ट्र र शहरी विकास मन्त्रालय लिइसकेको छ भने कांग्रेसले अर्थ र शिक्षा लिएको छ ।मन्त्रालय बाँडफाँडबारे गृहकार्य गर्न बनेको कार्यदलका सदस्य रमेश लेखकले अनलाइनखबरसँग भने, ‘मन्त्रालय बाँडफाँड टुंगिएको छ ।’कांग्रेस र माओवादीबीच बुधबार पुनः छलफल गर्ने र मन्त्रिपरिषद विस्तारलाई अन्तिम रुप दिइने नेता वर्षामान पुनले जानकारी दिए ।सत्तारुढ दुई दलबीच प्रेश र संसदको निर्वाचन क्षेत्र निर्धारणका लागि आयोग गठन गर्ने सहमति भएको छ । प्रमुख विपक्षी एमालेको पनि राय लिएर आयोग गठन गरिने कांग्रेस नेता लेखकले बताएका छन् ।कांग्रेस र माओवादीले भोलि नै राष्ट्रिय जनता पार्टीका नेताहरुसँग छलफल गर्ने तय भएको स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता