टुंगियो मन्त्रालय भागवण्डा, माओवादीलाई ९ र कांग्रेसलाई १३ मन्त्रालय

३ साउन, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले मन्त्रालय भागवण्डा टुंगो लगाएका छन् । साथै प्रमुख विपक्षी दल नेकपा एमालेको राय लिएर तत्काल निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्ने सहमति पनि दुर्इ दलबीच भएको छ ।कांग्रेसका एक नेताका अनुसार भौतिक पूर्वाधार कांग्रेस आफैंले राखेको छ भने माओवादीले उर्जा र स्वास्थ्य मन्त्रालय पाएको छ ।मंगलबार साँझ बालुवाटारमा बसेको कांग्रेस र माओवादीका शीर्ष नेताहरुको बैठकले मन्त्रालय भागवण्डा टुंग्याएको हो । जसअनुसार सरकारको नेतृत्वकर्ता दल कांग्रेसले १३ र माओवादीले ९ मन्त्रालय लिनेछ ।pm_office_singh_durbar_ABRX6afxCj

अघिल्लो सरकारमा आफूले लिएको परराष्ट्र मन्त्रालय यो पटक माओवादीले लिएपछि स्वास्थ्य आफूले पाउनु पर्ने कांग्रेसको दाबी थियो भने भौतिक तथा पूर्वाधारमा दुबै पार्टीको दाबी रहँदै आएको थियो ।माओवादीले गृह, परराष्ट्र र शहरी विकास मन्त्रालय लिइसकेको छ भने कांग्रेसले अर्थ र शिक्षा लिएको छ ।मन्त्रालय बाँडफाँडबारे गृहकार्य गर्न बनेको कार्यदलका सदस्य रमेश लेखकले अनलाइनखबरसँग भने, ‘मन्त्रालय बाँडफाँड टुंगिएको छ ।’कांग्रेस र माओवादीबीच बुधबार पुनः छलफल गर्ने र मन्त्रिपरिषद विस्तारलाई अन्तिम रुप दिइने नेता वर्षामान पुनले जानकारी दिए ।सत्तारुढ दुई दलबीच प्रेश र संसदको निर्वाचन क्षेत्र निर्धारणका लागि आयोग गठन गर्ने सहमति भएको छ । प्रमुख विपक्षी एमालेको पनि राय लिएर आयोग गठन गरिने कांग्रेस नेता लेखकले बताएका छन् ।कांग्रेस र माओवादीले भोलि नै राष्ट्रिय जनता पार्टीका नेताहरुसँग छलफल गर्ने तय भएको स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मानव अधिकार आयोगले आरोपित ठहर गरेका व्यक्तिलाई चोख्याउन खोजिएको कांग्रेसको आरोप

काठमाडौं, साउन २० गते । नेपाली कांग्रेसले सरकारले मानव अधिकार आयोगबाट भदौ २३–२४ का घटनामा

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।

रास्वपाको अर्थ–राजनीतिक खाका सार्वजनिक : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्मका प्रस्ताव

चितवन, असार १० ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र

रास्वपा महाधिवेशन : निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारी प्रक्रियामा कडाइ

 असार ९,चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रियालाई थप व्यवस्थित,

रास्वपाको प्रथम महाधिवेशन आजदेखि भरतपुरमा, विद्युतीय मतदानमार्फत नयाँ नेतृत्व चयन हुँदै

भरतपुर, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय