July 12, 2017

राजविराज र रुपनीका दर्जन औषधि पसल बन्द

 असार २८, 
 
 

 

राजविराज – औषधि व्यवस्था विभाग, विराटनगर कार्यालयले सप्तरीको राजविराज र रुपनीमा रहेका औषधि पसलमा मङ्गलबार अनुगमन गरेको छ । सो अनुगमनका क्रममा अधिकांश औषधि व्यवसायीले बिनादर्ता औषधि व्यवसाय सञ्चालन गरेको, जसको नाममा दर्ता भएको हो सो औषधि पसलवाला व्यक्ति अनुपस्थित रहेको पाइएकाले यहाँका एक दर्जन औषधि पसललाई बन्द गराइएको औषधि व्यवस्था विभागको कार्यालय विराटनगरले जनाएको छ । 

फार्मेसी अधिकृत विजय कार्कीले दिनुभएको जानकारीअनुसार राजविराजमा रहेका अत्यन्त नाम चलेका अतुल फार्मेसी, लक्ष्मी मेडिकल हल, सिटी फार्मेसी, कृष्णा फार्मेसी र सङ्गीता मेडिकोलगायत र रुपनीमा रहेका औषधि पसल गरी एक दर्जन औषधि पसलमा औषधि बिनादर्ता र दर्ता नै नभएको र दर्ता भएको व्यवसायी नभई अर्कैले औषधि पसल सञ्चालन गरिएकाले यस्ता औषधि पसललाई बन्द गराइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन सुरु, सात रुग्ण उद्योगको मूल्याङ्कन अघि बढ्दै

काठमाडौँ, असार २३ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सैनिक सामग्री उत्पादन निर्देशनालयमार्फत

गाडी भाडा वृद्धि

  चैत २५, काठमाडौँ । सरकारले सार्वजनिक यातायातको भाडादर वृद्धि गरेको छ। इन्धनको मूल्यमा भएको

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद