दार्जिलिङ फेरी तनावग्रस्त, थप ३ को मृत्यु

दार्जीलिङ – नेपालीभाषी बहुल भारत पश्चिम बंगालको दार्जिलिङमा शुक्रबार र शनिबार प्रहरीको गोली लागेर तीन जनाको मृत्यु भएको छ।

शुक्रबार राति घरबाट बाहिर निस्किने क्रममा दार्जिलिङ सोनादाका टाँसी भोटियालाई प्रहरीले गोली हानी मारेपछि शनिबार दिनभर दार्जिलिङ तनावग्रस्त बन्यो । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

भोटियाको कन्चटमा गोली लागेको अवस्थामा भेटिएपछि शनिबार आक्रोसित भिडले दार्जिलिङमा प्रहरी कार्यालयलगायत प्रहरीका सवारी साधन जलाउने काम गरेपछि प्रहरीले गोली चलाउँदा दुई प्रदर्शनकारीको मृत्यु भएको हो।

शनिबार दिउँसोे प्रदर्शन र तोडफोडमा उत्रेका प्रदर्शनकारीलाई लक्षित गरेर प्रहरीले गोली चलाउँदा दार्जिलिङ बजारमा तुङसुङका सुरज सुन्दासको मृत्यु भएको हो। उक्त घटनापछि आन्दोलनकारी अझ आक्रोशित बनेका थिए। त्यसपछि दार्जिलिङको सिंहमारीमा आन्दोलनकारीेले प्रदर्शन उग्र बनाएका थिए। त्यहाँ पनि सुरक्षाकर्मीको गोली लागेर सिंहमारी रोपवेका समीर गुरुङको ज्यान गएको छ।

भारतीय नेपाली भाषी गोर्खालीले भारत पश्चिम बंगालको दार्जिलिङमा छुट्टै स्वायत्त गोर्खाल्याण्डको माग गर्दै आन्दोलन चकाइरहेका छन्। पछिल्लो पटक चलिरहेको आन्दोलनमा यस अघि नै पाँच जनाको ज्यान गइसकेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण