
आषाढ शुक्लपूर्णिमा गुरूपूर्णिमाको नामबाट प्रसिद्ध छ । चन्द्रमा आफ्नो सोह्रकलाले पूर्ण भएको दिन पूर्णिमा कहलाउँछ । असार महिनामा उत्तरषाढा नक्षत्रको नजिकमा गएर चन्द्रमा आफ्नो सोह्रकलाले पूर्ण हुन्छ ।
अतः उक्त पूर्णिमा आषाढ शुक्लपूर्णिमा कहलाउँछ । मासको अर्थ चन्द्रमा पनि हो र महिना पनि । त्यसकारण आषाढ शुक्लपूर्णिमाको नामबाट उक्त महिनाको संस्कृतमा आषाढ र नेपालीमा असार नाम रहेको छ ।
असार महिनामा सौर्यमण्डलका अधिपति सूर्य आद्र्रा नक्षत्रमा गएर बसेपछि आद्र्रा नक्षत्रमा बसेको सूर्यको किरण पृथ्वीमा पर्छ र त्यसपछि पृथ्वीको गर्भ रसाएर पानीको मूल फुट्छ । पृथ्वीको गर्भ रसाएर मूल फुटेको पानी जल हो र जल रज हो । आकाशबाट वर्षेको पानी पर्जन्य हो र पर्जन्यचाहिँ वीर्य हो ।
अतः रजस्वरूप जल र वीर्यस्वरूप पर्जन्यको संयोगबाट पृथ्वी शस्यशालिनी हुन्छ । त्यसैले काले वर्षतु पर्जन्यः पृथिवी शस्यशालिनी यो वैदिक मान्यता र कृषि प्रणाली हो । ज्येष्ठ शुक्ल पूर्णिमादेखि पृथ्वीको गर्भ बढी तातिन थाल्छ । असार १६ गतेदेखि दिन छोटिँदै जान्छ र पृथ्वीको गर्भ पनि सेलाउँदै जान्छ । त्यसकारण असार १५ गते खले गरोको रोपाइँ गर्ने नेपाली परम्परा छ ।
-आषाढ शुक्ल पूर्णिमा पनि एउटा समन्वयात्मक पर्व हो । आषाढ शुक्ल पूर्णिमाको रातमा शिशु बोधिसत्व सिद्धार्थ गौतमले मायादेवीको गर्भमा प्रवेश गरेका थिए ।
-आषाढ शुक्ल पूर्णिमाका दिन भगवान वेदव्यासको जन्म भएको हो ।
-आषाढ शुक्ल पूर्णिमाका दिन सर्वलोक गुरु दक्षिणामूर्तिको पूजा हुन्छ ।
-सर्वलोक गुरु शिव दक्षिणामूर्तिले शास्त्रको उपदेश गरेको पावन दिन पनि आषाढ शुक्ल पूर्णिमा नै हो ।
काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।