नयाँ शक्तिले बोलायो केन्द्रीय समिति र संघीय परिषदको बैठक, यस्ता छन् एजेन्डाहरु

Naya-Shakti-Meetingकाठमाडौं, २२ असार । नयाँ शक्ति पार्टी, नेपालले केन्द्रीय कार्यकारी समिति र संघीय परिषदको बैठक बोलाएको छ ।पार्टीका संयोजक डा.बाबुराम भट्टराईको अध्यक्षतामा बुधबार पार्टी केन्द्रीय कार्यालय बबरमहलमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले पार्टीको आमन्त्रित सदस्यसहितको केन्द्रीय कार्यकारी समितिको बैठक साउन ९ र १० गतेको लागि बोलाएको छ । काठमाडौंमा बोलाएको उक्त बैठक सम्पन्न भएलगत्तै पार्टीको संघीय परिषदको बैठक साउन ११ र १२ गते काठमाडौंमा बस्ने पार्टीका केन्द्रीय कार्यालय सचिव डा.केशवमान शाक्यले जानकारी दिए ।

बैठकले निर्वाचनको समिक्षा गर्नुका साथी पार्टी संचरनामा व्यापक फेरबदल गर्ने तयारी गरिएको नयाँ शक्ति स्रोतले जनाएको छ । ६४४ स्थानीय तहको आधारमा नयाँ संचरना र नेतृत्व निर्माण गर्दै पार्टी संरचनामा युवाहरुको अत्यधिक सहभागिता गराउनेगरी तयारी गरिएको छ ।यसैगरी बैठकले पार्टीको नाम समेत फेरेर नेपालको सन्दर्भमा शक्तिशाली वैकल्पिक राजनीतिक अभियान सुरु गर्नेगरी योजना निर्माण गर्ने नयाँ शक्तिका एक नेताले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।