भैरहवामा २० वर्षपछि एमालेको ‘कम व्याक’, मेयरमा हरिप्रसाद र उपमेयरमा उमा विजयी

२१ असार, भैरहवा । रुपन्देहीको सदरमुकाम भैरहवा (सिद्धार्थनगर नगरपालिका) मा २० वर्ष यता कुनै पनि निर्वाचनमा जित हासिल गर्न नसकेको एमालेले ०७४ को स्थानीय तह निर्वाचनमा आफ्नो झण्डा गाड्न सफल भएको छ । सिद्धार्थनगर नगरपालिकाको मेयर र उपमेयरसहित ६ वटा वडाहरुमा समेत एमाले विजयी भएको छ ।

 

भैरहवाको मेयर पदमा एमालेका हरीप्रसाद अधिकारी निर्वाचित भएका छन् । उनले ६ हजार ७०५ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका मातृका यादवले ५ हजार २५० मत प्राप्त गरेका छन् ।त्यस्तै उपमेयर पदमा एमालेकी उमा काफ्ले निर्वाचित भएका छिन् । उनले ६ हजार १७२ मत प्राप्त गरी निर्वाचित भएकी छिन् । उनको प्रतिद्वन्द्वी कांग्रेसकी माधवी शर्मा वाग्लेले ५ हजार २२४ मत प्राप्त गरेकी छिन् ।यसैगरी राप्रपाको मेयर पदका उम्मेदवार सागरप्रताप राणाले ४ हजार ६३७ र उपमेयर उम्मेदवार रमिता थापामगर केसीले ३ हजार ५१७ मत प्राप्त गरे ।माओवादीका फैज अहमद खाँले ३ हजार ४०७ र उपमेयरमा कमला थापाले ३ हजार १२९ मत पाएका छन् ।मेयर र उपमेयर सहित नगरका वडा नम्बर २, ३, ५, ९, ११ र १३ मा एमाले विजयी भएको छ ।त्यस्तै कांग्रेस वडा नम्बर १, ६, ७, ८, १०, १२ मा विजयी भएको छ भने वडा नम्बर ४ संघीय समाजवादी फोरम नेपालले जितेको छ ।नगरको वडा नम्बर एकको वडाअध्यक्ष पदमा कांग्रेसका रमेश मल्ल, २ मा एमालेका दिपक कुमार थापा, ३ मा एमालेका थानेश्वर पौडेल, ४ मा संघिय समाजवादी फोरम नेपालका मुक्तिनाथ यादव ‘भोला’, ५ मा एमालेका चेत बहादुर क्षेत्री, ६ मा कांग्रेसका विनोद श्रीवास्तव, ७ मा कांग्रेसकै भिमसेन कर्माचार्य विजयी भएका छन् ।

त्यस्तै वडा नम्बर ८ को वडाअध्यक्षमा कांग्रेसका राजनजंग राणा, ९ मा एमालेका शेषकान्त भण्डारी, १० मा कांग्रेसका विजयनाथ धोवी, ११ मा एमालेका दिलिप यादव, १२ मा कांग्रेसका करुन्जन श्रेष्ठ र १३ मा एमालेका शतिस प्रसाद मर्सानी विजयी भएका छन् ।

को हुन् अधिकारी ?

सिद्धार्थनगर नगरपालिका ०५४ सालको स्थानीय निर्वाचनमा उपमेयरमा निर्वाचित भएर काम गरिसकेका अधिकारी पुनः अहिले भैरहवाको मेयर पदमा निर्वाचित भएका छन् ।हाल नेपाल ईंट्टा व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष र विभिन्न समाजिक संघ संस्थामा आवद्ध रहेका अधिकारीले पार्टीमा ०४८ सालदेखि नगरको वडा सदस्य, सचिव, क्षेत्रिय सदस्य हुँदै युवा संघमा समेत काम गरिसकेका छन् । तीन कार्यकालदेखि उनी रुपन्देहीको जिल्ला कमिटी सदस्यमा छन् ।

०२८ सालबाट भैरहवामा बसोबास गर्दै अधिकारीको जन्म अर्घाखाँचीको साविकको ठाडा गाविस (हाल सितगंगा नगरपालिका)मा बुवा जीवलाल अधिकारी र आमा यमकला अधिकारीको कोखबाट २०१७ सालमा भएको थियो । उनी चार भाइ मध्येका कान्छो हुन् ।अधिकारी ०२८ सालदेखि भैरहवामा बसोबास गर्दै आएका छन् । भैरहवाको लिलाराम न्यौपाने उच्च माविबाट (तत्कालिन इन्द्रराज्य लक्ष्मी माविबाट) एसएलसी उत्तीर्ण गरेका अधिकारीले ०४७ सालमा शान्ता भटट्राईसँग वैवाहिक जीवन सुरु गरेका थिए । उनका दुई छोरा छन् ।सानै उमेरदेखि सामाजिक काममा क्रियाशिल रहेका उनी ०३५ सालबाट राजनीतिमा लागेका थिए । औपचारिक रुपमा राजनीतिक यात्रा भने ०३६ सालबाट अखिल छैठौंबाट सुरु भएको थियो ।०४७ सालमा नेकपा मालेमा प्रवेश गरेका उनी मार्क्सवाद र माले पार्टीबीच एकीकरण भएर बनेको एमालेमा सक्रिय रहे । एमालेबाट ०४९ सालमा उनी नगरको वडा नम्बर ८ को वडाध्यक्ष पदमा निर्वाचित भएका थिए ।२०६२/०६३ को जनआन्दोलनमा रुपन्देही र काठमाण्डौँमा नेतृत्वदायी भूमिका खेलेका अधिकारी एमाले जिल्ला कमिटीमा विवाद रहित नेताको रुपमा परिचित छन् । अहिले सम्म उनले सम्हालेका अधिकांश नेतृत्व सफल भएको उनका निकटतम बताउँछन् ।

०५१ र ०५३ सालमा भएको संसदिय निर्वाचनमा भैरहवामा एमालले विजयी हासिल गरेको थियो । त्यसयता कुनै पनि निर्वाचन विजयी हासिल गर्न नसकेको एमालेले अहिलेको निर्वाचनमा सिद्धार्थनगरको मेयर र उपमेयर तथा केही वडा सहित सिद्धार्थनगरमा आफ्नो झण्डा गाडेको छ ।विजय पश्चात संचारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै पहिला आफुले चुनाव अघि नगरवासीसगँ गरेको ६५ बुदे प्रतिवद्धता अनुसार काम गर्ने बताए ।उनले सबै राजनितिक दल, उद्योगी व्यवसायी, स्थानियहरुको सहभागितानगर विकासको गुरुयोजना बनाई चरणबद्ध रुपमा काम गर्ने बताउँदै नगरलाई देशकै नमुना नगर बनाएर देखाउने बताए ।

को हुन् उपमेयर काफ्ले ?

वि.सं. २०१६ साल फागुन १५ गते बुबा पुनाराम खनाल र आमा मायादेवी खनालको कोखबाट जन्म लिएकी उमा काफ्लेको पेशा राजनीति नै हो ।बि.ए सम्मको औपचारिक शिक्षा हासिल गरेकी काफ्लेले २०२७ साल जेठमा ७ कक्षामा पढ्दा इन्द्र राज्यलक्ष्मी माविमा गुणस्तर शिक्षाको माग गर्दै भएको विद्यार्थी आन्दोलनमा सक्रिय भई अर्धबार्षिक परीक्षा नै बहिस्कार गरेकी थिइन् ।

०३६ सालको निर्दल बहुदलको निर्वाचनमा बहुदलको पक्षमा भूमिगत रुपमा सक्रिय भूमिका खेलेकी उनी केही वर्ष भैलुभुजामा जागिरे भइन् ।०४६ सालको आन्दोलनदेखि पार्टीको साधारण सदस्यका रुपमा काम गरेकी उनले २०५३ सालमा नेकपा एमालेको संगठित सदस्यता प्राप्त गरेकी हुन् ।पार्टीको वडा कमिटी सदस्य हुदै नगरको उपसचिव भएकी उनी अखिल नेपाल महिला संघको जिल्ला कोषाध्यक्ष, सचिव, उपाध्यक्ष हुदै रुपन्देहीको जिल्ला अध्यक्ष समेत भइसकेकी छिन् ।हाल दोस्रो कार्यकाल अनेमसंघको निर्वाचित अध्यक्षको समेत भुमिकामा रहेकी काफ्ले नेकपा एमाले रुपन्देही जिल्लाको आठौ अधिवेसनबाट जिल्ला सदस्यमा निर्वाचित भएकी हुन् ।०६२/०६३ आन्दोलनका क्रममा चैत १३ गते र शाही कालमा भएको नगर निर्वाचन बहिष्कार गर्दा गिरफ्तारीमा परेकी थिइन् ।टंकनाथ काफ्लेसँग २०३२ सालमा वैवाहिक सुरु गरेकी काफ्ले दम्पतीको ३ छोरी १ छोरा छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता