नयाँशक्तिको संयोजक छाड्ने बाबुरामको इच्छा, प्रचण्ड र उपेन्द्रसँग मोर्चा बनाऔं- देवेन्द्र

Devendra-Paudel१९ असार, काठमाडौं । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले आफ्नो पार्टीको नेतृत्व युवापुस्तालाई हस्तान्तरण गर्ने इच्छा जाहेर गरेका छन् ।

सो पार्टीका संगठन विभाग प्रमुख देवेन्द्र पौडेलले चाहिँ प्रचण्ड र उपेन्द्र यादव लगायतसँग मोर्चा बनाएर एउटै चिह्नमा चुनावमा जानुपर्ने लाइन अघि सारेका छन् ।

 

के डा. बाबुराम भट्टराईले नयाँ शक्तिपार्टीको जिम्मेवारी परित्याग गर्न लागेका हुन् ? सोमबार सामाजिक सञ्जालमा एकाएक चल्न थालेको ‘र्युमर’ बारे हामीले नयाँ शक्तिका नेता देवेन्द्र पौडेललाई सोध्यौं ।

के डा. बाबुराम भट्टराईले नयाँशक्ति पार्टीको संयोजक छाड्न लाग्नुभएको हो ?

छोडेर उहाँले अन्यत्रै जान्छु भन्न खोज्नुभएको होइन । तपाईंहरुको जस्तो नयाँ पुस्ताले जिम्मेवारी लिनुपर्छ भनेर अनौपचारिकरुपमा भन्दै आउनुभएको हो । सामाजिक सञ्जालहरुमा उहाँले नयाँ शक्ति छाड्ने भन्ने आएको छ, त्यो सत्य होइन ।

एउटा बृहत् मोर्चा बन्नुपर्छ भन्ने पक्षमा छौं हामी । खासगरी पछिल्ला परिवर्तनकारी शक्तिहरुसित पूर्वाग्रह राख्नुहुन्न भन्ने मेरो सीधा कुरा छँदै छ ।

अहिले स्थानीय निर्वाचनको परिणाम आइसकेपछि डा. भट्टराईले संयोजकको जिम्मेवारी छाड्ने सोचाइ बनाउनुभएको हो ?

हैन, हैन । यो चुनाव भन्दा अगाडिदेखि नै उहाँले यस्तो भन्दै आउनुभएको थियो । युवा पुस्ताले जिम्मेवारी लिएर जानुपर्छ भनेर उहाँले पहिलेदेखि नै भन्दै आउनुभएको हो । त्यसैको श्रृंखला हो । अहिले बाहिर जसरी हल्ला चलेको छ, त्यो सही होइन ।

भनेपछि बाबुरामजीले संयोजनको जिम्मेवारी नयाँ पुस्तामा हस्तान्तरण गर्ने विषयमा पार्टीभित्र अहिले पनि छलफल चलिराखेको छ ?

हो, चलिराखेको छ ।

अब अर्को हल्लाका बारेमा कुरा गरौं । देवेन्द्र पौडेल प्रचण्ड नेतृत्वको माओवादी केन्द्रमा फर्किँदै छन् भन्ने हल्ला छ । के यो सत्य हो ? तपाईं माओवादी केन्द्रमा फर्कन लाग्नुभएको हो ?

अहिले होइन ।

अहिले होइन भन्नाले अलि पछि फर्किने हो र ?

हैन, यसबारेमा हामीले छलफल चलाएका छैनौं । एउटा बृहत् मोर्चा बन्नुपर्छ भन्ने पक्षमा छौं हामी । खासगरी पछिल्ला परिवर्तनकारी शक्तिहरुसित पूर्वाग्रह राख्नुहुन्न भन्ने मेरो सीधा कुरा छँदै छ ।

पछिल्ला परिवर्तनकारी शक्तिहरुले आफूलाई बलियोसँग उभ्याएर गणतन्त्र ल्याए, संविधानको घोषणा गरे, उनीहरुकै कारणले परिवर्तन आएको हो । तर, उनीहरु चाहिँ पछि पर्ने र मोर्चा नबन्ने अनि त्यसमा पुरानैको हावी हुने हो भने परिवर्तनको प्रवाह सही ठाउँतिर जाँदैन ।

यसको मतलब तपाईं व्यक्तिगत रुपमा माओवादी केन्द्रमा फर्किनेभन्दा पनि बाबुराम र प्रचण्डलाई नै एकै ठाउँमा मिसाउने हो ?

म व्यक्तिगत रुपमा जानेभन्दा पनि पार्टीमा छलफल चलाएर पछिल्ला परिवर्तनकारी पक्षहरु, खासगरी गणतन्त्र, संघीयतासहितको संविधान बनाउन संघर्ष गरेका शक्तिहरुसित सहकार्य गरेर मोर्चा बनाउनुपर्छ भन्ने कुरा हामीले उठाएका छौं ।

यसको मतलब अब बाबुराम र प्रचण्ड मिल्नुपर्छ भन्ने तपाईंको लाइन हो ?

यी विषयमा त नजिक हुनुपर्यो नि त ! यी विषयमा नजिक हुनुपर्छ । मैले त मोहन वैद्यजीहरुलाई पनि मिलाउनुपर्छ भन्दै आइरहेको छु । हामीसँग केही फरक त होला, तर यो परिवर्तनमा सबैभन्दा बढी जस त उहाँहरुलाई जान्छ । त्यसैले हामी टाढा रहनुहुन्न ।

तपाईंले पछिल्ला परिवर्तनकारी शक्तिहरुको मोर्चा बनाउनुपर्छ भनेर क-कसलाई भन्नुभएको ? प्रचण्ड, बाबुराम र वैद्यहरुलाई मात्रै कि अरु पनि ?

उपेन्द्र यादवजीले नेतृत्व गर्नुभएको संघीय समाजवादी फोरम पनि छ । अब राजपा सम्मले पनि केही परिवर्तनका कुराहरु गरेको छ । अब माओवादीका सबै हाँगाहरु मिल्नुपर्छ । पछिल्ला परिवर्तनकारी शक्तिहरुले आफूलाई बलियोसँग उभ्याएर गणतन्त्र ल्याए, संविधानको घोषणा गरे, उनीहरुकै कारणले परिवर्तन आएको हो । तर, उनीहरु चाहिँ पछि पर्ने र मोर्चा नबन्ने अनि त्यसमा पुरानैको हावी हुने हो भने परिवर्तनको प्रवाह सही ठाउँतिर जाँदैन । त्यसैले यिनीहरुका बीचमा मोर्चा हुनुपर्छ भन्ने हाम्रो भनाइ हो ।

मोर्चा भन्नाले कस्तो ?

सकेसम्म चुनाव पनि एउटै घोषणा र चुनावचिह्न लिएर लडौं भन्छु म त ।

तर, चुनाव त सकिइसक्यो नि ?

अब हुने चुनावमा त्यसरी जानुपर्छ । अब हामी त्यो पहल गर्छौं ।

तपाईंको विचारमा कांग्रेस र एमालेका दुई वटा पोल हुन्छन्, अनि अर्को तेस्रो पोल बनाउने भन्ने हो ?

कांग्रेस र एमाले पछि गणतन्त्र चाहिन्छ भनेर आएका हुन् । गणतन्त्र ल्याउने त माओवादी आन्दोलन नै हो । संघीय समाजवादी फोरमको नाम पछि बने पनि उपेन्द्र यादवजीहरुले संघीयताको पक्षमा आन्दोलन गरेकै हुन् । त्यसकारण यस्ता परिवर्तनकारी पार्टीहरुका बीचमा कहीँ न कहीँ मोर्चा हुनुपर्छ भनेर हामीले भनेका छौं ।

यो चुनावमा त हामीले भर्खरै बनाएको पार्टी भएको हुनाले धेरै आउँछ भनेर सोचेका थिएनौं । कांग्रेस र एमालेको जति नै आउँछ भनेर सोचेका थिएनौं । मोटामोटी रूपमा जस्तो आकलन थियो, त्यस्तै परिणाम आएको छ ।

तपाईं मोर्चा बनाउने भन्दै हुनुहुन्छ, तर स्थानीय चुनावको अनुभवले त तालमेल फापेन भनिँदैछ नि !

हैन, भारतमा गरिएको छ नि स्थायी प्रकृतिको चुनावी मोर्चा, त्यसरी गइयो भने अहिलेको जस्तो हुँदैन ।

अहिले स्थानीय चुनावमा नयाँ शक्ति पार्टीको परिणामलाई देखेर तपाईंले यस्तो मोर्चा बनाउनुपर्ने निष्कर्ष निकाल्नुभएको हो ?

मैले यो कुरा चुनावभन्दा अगाडिदेखि नै भन्दै आएको छु । यो चुनावमा त हामीले भर्खरै बनाएको पार्टी भएको हुनाले धेरै आउँछ भनेर सोचेका थिएनौं । कांग्रेस र एमालेको जति नै आउँछ भनेर सोचेका थिएनौं । मोटामोटी रूपमा जस्तो आकलन थियो, त्यस्तै परिणाम आएको छ ।

स्थानीय चुनावमा पार्टीको पोजिसन देखेर तपाईं कतिको निराश हुनुहुन्छ ?

हामी विल्कुल निराश छैनौं । चुनावका लागि त संगठन चाहिन्छ । हाम्रो भर्खरै घोषणा भएको पार्टी हो । त्यसैले हामीलाई यसले कुनै निराश बनाएको छैन । हाम्रो परिणाम पनि त पहिलो र दोस्रो चरणको जोड्दा हामी चौथो शक्ति भइसकेका छौं । चौथो शक्तिले किन निराश हुने ? अब आगामी चुनावमा मोर्चा बनाएर जाऔं र पहिलो, दोस्रो बन्नेतिर सोचौं भन्न खोजिएको मात्र हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

रास्वपाको प्रथम महाधिवेशन आजदेखि भरतपुरमा, विद्युतीय मतदानमार्फत नयाँ नेतृत्व चयन हुँदै

भरतपुर, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय

शशिभूषण यादव विरुद्धको सम्पत्ति शुद्धिकरण मुद्दामा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

काठमाडौँ, वैशाख २५ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका तत्कालीन वरिष्ठ

जिफन्टद्वारा काठमाडौंमा मे डे र्याली (फोटो फिचर)

काठमाडौं, १८ वैशाख ।  नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे डे) का

नागरिक एपमै ड्राइभिङ लाइसेन्स छापिएको अवस्था हेर्न सकिने

काठमाडौँ, वैशाख १४ । सवारी चालक अनुमतिपत्र (क्यूआरयुक्त ड्राइभिङ लाइसेन्स) छापिएको वा नछापिएको अवस्था अब

देशभर अतिक्रमित संरचना हटाउने अभियान सुरु

काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना