
सोमबार रातिदेखि नै देशभरी मनसुन फैलिए पनि मुसलधारे र लगातार वर्षाको संभावना कम भएको मौसमविद्हरुले अनुमान गरेका छन् । आजको कान्तिपुरमा खबर छ ।
बुधबार पनि बिहानदेखि अपरान्हसम्म मौसम सफा रहने बताउँदै मौसमविद्ले दिउँसो दुई, तीन बजेसम्म मुलुकभर भारी वर्षाको संभावना नरहेको अनुमान गरेका छन् ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बरुण पौडेलले ‘बिहीबारसम्म दिउँसोको समयमा भारी वर्षाको संभावना नरहेको’ बताए ।
‘सोमबार रातिदेखि देशैभर मनसुन फैलिए पनि बुधबार दिउँसो भारी वर्षाको संभावना देखिन्न,’ पौडेलले मंगलबार भने, ‘सूदूरपश्चिमका पहाडी जिल्लामा बुधवार अपरान्हदेखि हल्का वर्षा हुने देखिन्छ, अझै दुई, तीन दिन मुसलधारे वर्षाको संभावना न्यून छ।’
आज (बुधबार) प्रदेश नं १, ५ र ७ मा स्थानीय तहको निर्वाचन हुँदैछ।
सूदूरपश्चिमका तराईका जिल्ला, मध्यभागका तराई र पूर्वको जिल्लामा पनि दिउँसोको समयमा भन्दा मध्यान्हपछि वर्षा हुने महाशाखाका विश्लेषण छ। २९ जेठमा पूर्वको झापा हुँदै प्रवेश भएको मनसुन सोमवार (१२ गते) मात्र सूदूरपश्चिम पुगेको हो। यसबीचमा खासै धेरै वर्षासमेत भएको छैन।
‘मुसलधारे वर्षा हुन अझै केही समय लाग्ने देखिन्छ,’ उनले भने, ‘देशैभर केही दिन यता रातको समयमा वर्षा भइरहेको छ, अझै त्यस्तै वर्षाको संभावना छ।’
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय