June 16, 2017

एमालेले टुंग्यायो १ नम्बर प्रदेशका उम्मेदवार (सूचीसहित)

 
 

मोरङका केही स्थानीय तहमा टुंगो लाग्न बाँकी

२ असार, काठमाडौं । नेकपा एमालेले १ नम्बर प्रदेशका प्रायः सबै उम्मेवारहरुको टुंगो लगाएको छ । मोरङ जिल्लाका केही स्थानीय तहमा भने विवादका कारण उम्मदेवारको टुंगो लाग्न सकेको छैन ।

स्थानीय तह दोस्रो चरणको निर्वाचनका लागि पार्टीले प्रदेश नम्बर १ अन्तर्गतका १४ जिल्लाका स्थानीय तहमा उम्मेदवाको टुंगो लगाएको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताए ।

गाउँपालिका तथा नगरपालिकाहरुको उम्मदेवारी १ नम्बर प्रदेश कमिटीले टुंग्याएको भट्टराईले बताए ।

त्यसैगरी उपमहानगर र महानगरपालिकाको उम्मदेवारी स्थायी कमिटीबाट निर्णय भएअनुसार तय भएको एमाले सचिव भट्टराईले बताए ।

बिराटनगर उपमहानगरपालिकाको उपमेयरमा भने एमालेले उम्मदेवार तय गरेको छैन । अन्य दलसँग तालमेलका लागि मेयरमा मात्रै उम्मदेवार घोषणा गरिएको एमाले नेताहरुको भनाइ छ ।

बिराटनगरपछि मोरङको दोस्रो ठूलो नगरपालिकाका रुपमा रहेको सुन्दर हरैंचामा एमालेले उम्मदेवार टुंगो लगाएको छैन । त्यहाँ माधव नेपाल पक्षले राजकुमार ओझालाई मेयरमा उठाउन चाहेको छ भने केपी ओली पक्षबाट केदार गुरागाईको नाम अगाडि सारिएको छ ।

एमालेले बेलबारी नगरपालिकामा पनि उम्मदेवारको टुंगो लगाएको छैन । त्यस्तै मोरङ बुढीगंगा गाउँपालिकामा पनि उम्मदेवारको टुंगो लगाउन बाँकी छ ।

प्रदेश नं १ का १४ जिल्लामा एमालेका उम्मेदवारहरु यस्ता छन्-

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।