सरकारले चाहे गोलाबारुदका बीच पनि चुनाव हुनसक्छः उपेन्द्र यादव

images-cms-image-000008924

 
 ३० जेठ, विराटनगर । सरकारले चाहेमा गोलाबारुद्धका विचमा पनि चुनाव गराउन सक्ने संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बताएका छन् । चुनाव वाहिस्कार भन्दै केही कार्यकर्ता उतार्दैमा चुनाव नरोकिने उनको टिप्पणी छ ।मंगलबार विराटनगरस्थित आफ्नै निवासमा  कुराकानी गर्दै फोरम अध्यक्ष यादवले जनता चुनावको पक्षमा रहेको बताए । साथै जनताको मताधिकार प्रयोग गर्ने अधिकारलाई रोक्ने समर्थ्य राजपाको आमहड्तालमा नरहेको बताए ।राजपाको नाम नलिई उनले प्रश्न गरे, ‘मधेसका नेता भन्नेहरुले प्रधानमन्त्रीको चुनावमा भोट हाल्ने अनि जनताले मताधिकार प्रयोग गर्न पाउने अधिकारलाई चाहीँ भोट नहाल भनेर दोधारे चरित्र देखाउन मिल्छ ? विप्लव माओवादीले पहिलो चरणको चुनाव रोक्न खोजेको स्मरण गराउँदै यादवले भने, ‘पश्चिम पहाडमा विप्लवले रोकेकै हुन् । बम पनि हानेकै हुन् । तर पनि ७४ प्रतिशत मतदान भयो । जनता मतदान चाहन्छ, निर्वाचित संस्था चाहन्छ ।’आन्दोलनका कारण एकाध ठाउँमा चुनाव प्रभावित भएपनि पूर्ण रुपमा नरोकिने उनले बताए ।यादवले भने, ‘केही पार्टीका केही कार्यकर्ताले रोक्दैमा जनता रोकिएला त ? रोकेपनि कुनै कुनै ठाउँमा रोकिएला । एक नम्बरमा त कुनै हावा पनि चलेको छैन उहाँहरुको ।’जनताले निर्वाचित प्रतिनिधि आउन् र विकास होस् भन्ने चाहेको भन्दै फोरम अध्यक्ष यादवले आन्दोलन छाडेर चुनावमा आउन राजपालाई आग्रह गरे ।

उनले निर्वाचनसँगै सरकारले पनि संविधान संशोधनलाई पनि अघि बढाउनु पर्नेमा जोड दिए । ‘सकिन्छ भने चुनाव अगावै, नभए चुनावपछि संविधान संशोधन गर्न सरकार तयार हुनुपर्छ,’ फोरम नेपालका अध्यक्ष यादवले भनेका छन् ।संघीयता र गणतन्त्रमाथि चौतर्फीरुपमा राजनीतिक प्रहार हुन थालेको भन्दै फोरम अध्यक्ष यादवले तोकिएकै समयमा तीन चरणको चुनाव गर्न नसकिए आन्दोलनवाट प्राप्त अधिकार गुम्ने खतरा बढ्ने औंल्याए । जनयुद्ध र जनआन्दोलनपछि शक्ति र सामर्थ्य गुमाएकाहरुले फेरि शक्ति आर्जन गर्न खोजेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

ओलीको अडान : ‘अहिले नेतृत्व छाड्दिनँ’

२०८३ साउन ३०, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कठिन परिस्थितिमा

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा