रोबोटले रेष्टुरेन्टमा काम गरेको, कर्पोरेट हाउसमा कर्मचारीको रुपमा काम गरेको, हाउसमेडको रुपमा काम गरेको र पछिल्लोपटक दुबईमा पुलिसको रुपमा समेत काम गरेको समाचार सुन्नुभएकै छ ।
तर जर्मनीमा चाहीँ त्यहाँको एक चर्चमा रोबोटले पादरीको भूमिका निर्वाह गरिरहेको छ ।
ब्लेस यु-टू नामक उक्त रोबोटले पादरीले जस्तै चर्चमा आउनेहरुलाई हातले आशिर्वाद समेत प्रदान गर्दछ । अझ रोचक कुरा त उसको हत्केलाबाट प्रकाश पनि निस्किन्छ ।
जर्मनीको विटेनवर्गमा उक्त रोबोटलाई लञ्च गरिएको हो । जर्मन पादरी मार्टिन लुथरको द नाइन्टी फाइभ थेसिस नामक पुस्तक प्रकाशनको ५ सय वर्ष पूरा भएको अवसर पारेर उक्त रोबोटलाई सार्वजनिक गरिएको थियो ।
यो रोबोट पादरीले चर्चमा आएका भक्तजनलाई आशिर्वाद दिनुभन्दा पहिले उनीहरुसँग सोध्छ की उनीहरु पुरुषको आवाजमा आशिर्वाद चाहन्छन् की महिलाको आवाजमा ? साथै कुन प्रकारको आशिर्वाद चाहिएको हो भनेर पनि सोध्दछ ।
यसरी भक्तजनको इच्छा बुझिसकेपछि रोबोट पादरीले मुस्कुराउँदै बाहु फैलाएर आशिर्वाद दिन्छ । साथै यसले वाइबल समेत पाठ गर्दछ । अनि भन्छः इश्वरले तिमीलाई आशिर्वाद दिउन् र तिम्रो रक्षा गरुन् ।
११ चैत, काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले एमालेलाई उपेक्षा गरेर देशको राजनीति
१० चैत,काठमाडौं । नेकपा (एमाले)ले बागमती प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ। नेकपा (एमाले) बागमती
१०चैत,धरान। सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङविरुद्ध वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुले आन्दोलन जारी राखेकै बेला
९ चैत,काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले एमाले बलियो प्रतिपक्षीका रूपमा उभिएकाले पार्टी सङ्गठन
८ चैत,चौतारा । सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिकाले इलाका प्रहरी कार्यलय नवलपुरलाई मोटरसाइकल हस्तान्तरण गरेको छ ।
८ चैत,मोरङ । जनता लुटने र घरबारबिहिन बनाउने बैँक,सहकारी र लघुबित्त आतंक बन्द गर्न संघीयता