बच्चैदेखि सेयर बजारमा होमिएका बफेट यसरी बने विश्वकै दोस्रो धनी

bafet३० वैशाख काठमाडौं । वारेन बफेट अहिले बिश्वका दोस्रो धनी ब्यक्ति हुन् । विश्वका एक नम्बर धनी बिल गेट्ससँग ८६ अर्ब अमेरीकी डलर बराबरको सम्पत्ती छ भने उबफेटसँग ६५ अर्ब बराबरको सम्पत्ती छ । अहिले उनी चर्चित धनाढ्य मात्रै होइनन्, चर्चित लगानीकर्ता पनि हुन् ।

उनी अहिले बर्कसायर हाथवे कम्पनीका अध्यक्ष तथा सिइओ हुन् । सेयरका बादशाहका रुपमा चिनिने बफेटलाई एकैपटकमा सफलता मिलेको भने होइन । तर, बचत गर्ने बानी भने उनको बच्चाकालदेखि नै थियो । सानैदेखि उनी लगानी गर्ने र पैसा कमाउने काममा रुची राख्थे ।यही रुचीले उनलाई अहिले बिश्वको दोस्रो धनाढ्य ब्यक्ति बनाएको छ ।

 

बच्चैदेखि व्यवसायमा

बफेट सन् १९३० मा अमेरिकाको नेब्रास्कास्थित ओमाहामा जन्मेका हुन् । उनी आफ्नो बाबुआमाको दोस्रो सन्ताान हुन् । उनका बाबु हवार्ड बफे स्केन्डीभियन् हुन् भने उनकी आमा स्पेनिश । बफेटले प्राथमिक तहसम्म ओमाहाको रोज हिल इलिमेन्टरी स्कुलमा पढेका थिए ।

उनी सानैदेखि ब्यापार र सेयर बजारमा रुची राख्थे । साथै यसबाट उनले पैसासमेत कमाउन थालेका थिए । बफेटले सुरुवातमा आफ्नै हजुरबुवाको पसलमा काम गरे । पैसा बचत गर्नको लागि उनले चिसो पेय पदार्थ, साप्ताहिक म्यागेजिन, चुइगमदेखि घरघरमा पुगेर पत्रिका समेत बेच्ने कामसमेत गरेका थिए ।

आफूले बताएको २५ डलर लगानी गर्दै आफ्नो साथिसँग मिलेर पिनबल मेसिन किनेका थिए । जसलाई उनीहरुले हजामको पसलमा राखे ।

त्यहाँबाट भएको आम्दानीका कारण उनीहरु उत्साही भए । त्यसपछि उनीहरुले अन्य हजामका पसलमा पनि पिन बल मेसिन राखे ।

११ वर्षको उमेरमै सेयर खरिद

११ वर्षको उमेरमा बफेटले पहिलोपटक सेयर किने । उनले सुरुमा आफ्नो लागि मात्रै नभई बहिनीका लागिसमेत सेयर किनेका थिए ।

२० वर्षको हुँदा त उनले सेयरबाट ९ हजार ८ सय डलर कमाइसकेका थिए । स्नातक तह सम्मको अध्ययन पुरा गरेपछि उनी जागिरको आशमा जिइआइसिओ इन्सुरेन्सको बोर्डमा रहेका ग्राहमलाई भेट्न गए । तर उनलाई भेट्ने बित्तिकै जागिर मिलेन ।

बफेट त्यहाँ पैसाबिनै काम गर्न तयार भए । केही समय ग्राहमका लागि निशुल्क काम गरे पनि उनी जागिरमा घुस्न भने सकेनन् । जागिर नपाएपछि उनी ओमाहा नै फर्किए ।

त्यसपछि उनले ओमाहामा एउटा ग्यास स्टेशनमा काम गर्न थाले । तर त्यो फाइदामा गएन । बफेटले सन् १९५१ देखि १९५४ सम्म बफे फाक एण्ड कम्पनीमा इन्भेष्टमेन्ट सेल्सम्यानको रुपमा काम गरे । त्यसपछि सन् १९५४ देखि १९५६ सम्म उनले ग्राहकम न्युमान कर्पाेरसनमा सेक्युरिटिज एनालिस्टको रुपमा काम गरे ।

सन् १९५६ मा बफेटसँग १ लाख ७४ हजार अमेरिकी डलर बराबरको बचत थियो । त्यसपछि उनले बफेट पार्टनरसीप नामको कम्पनी खोले । सन् १९५९ मा उनले आफ्नो पार्टनरसीप कम्पनी ६ वटा पुर्‍याए । १९५६ देखि १९६९ सम्म बफेटले पार्टनरसीपमा विभिन्न कम्पनी पनि खोले ।

विश्वकै धनाढ्य
सन् १९६२ मा उनी मिलिनियर नै बने । यसपछि उनले आफ्ना सम्पुर्ण कम्पनीलाई मर्ज गरे । अनि वर्कसायर हाथवे किने । १९७० मा उनी वर्कसायर हाथवेको अध्यक्ष तथा सिइओ बने ।

हाथवेले सन् २००८ मा उनलाई विश्वकै धनाढ्य बनायो । त्यतिबेला उनीसँग ६२ अर्ब अमेरीकी डलर बराबरको सम्पत्ति रहेको फोब्र्सले जनाएको थियो ।

सन् २००९ मा उनले करोडौ रकम च्यारिटीमा खर्च गरे । अहिले पनि उनी अत्यधिक च्यारिटी गर्ने धनाढ्यको सुचिमा अग्रस्थानमा रहेका छन् । साथै उनले आफुजस्तै अन्य धनाढ्यबाट समेत च्यारिटीमा पैसा खर्च गर्ने अभियान पनि थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जोर्डन आक्रमणपछि अमेरिका–इरान आमनेसामने, होर्मुज क्षेत्र थप तनावग्रस्त

दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको

राहदानी विभागअगाडि आत्मदाह प्रयास : राइडर्स युनियनद्वारा छानबिन, उपचार र प्लेटफर्म श्रमिकको सुरक्षा सुनिश्चित गर्न माग

काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि

दुर्गा पन्तको स्वर्णसँगै विश्व योग च्याम्पियनसिपमा नेपालको ऐतिहासिक उपलब्धि

अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा

ईयू आबद्ध देशका राजदूतहरूसँग प्रधानमन्त्रीको सामूहिक भेट

काठमाडौं  जेठ १२, । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि युरोपेली संघ (ईयू) मा आबद्ध

अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु ; ११ जना घाइते

क्यानबेरा (अस्ट्रेलिया) १६वैशाख (रासस/एएनआई) : दक्षिण अस्ट्रेलियाको एडिलेडको पाराफिल्ड एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना

मे दिवसको सन्दर्भमा  जिफन्टको  घोषणा: “अबको श्रमिक आन्दोलन नयाँ ढंगले अगाडि बढाउँँछाै”

बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)