दलहरुको बैठकको भित्रि कुरा

२६ बैशाख, काठमाडौं । प्रचण्ड नेतृत्वको सरकारको आयु धेरै छैन । कांग्रेससँग भएको सहमति अनुसार पहिलो चरणको निर्वाचन लगत्तै सत्ता, सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गर्नुछ ।

संविधानले जेठ १५ मा बजेट ल्याउनै पर्ने व्यवस्था गरेको छ । तर निर्वाचन आयोगले जेठ ३१ अघि बजेट ल्यान नपाउने निर्देशन सरकारलाई दिइसकेको छ ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले बजेट अघि नै दोस्रो चरणको निर्वाचन गर्न माग गरिरहेको छ । यी विभिन्न कारणले बजेट अन्यौलतामा रुमल्लिएको छ ।

यस विषयमा छलफल गर्न बसेको प्रमुख तीन दल र राजपाका नेताहरुको बैठकले पनि ठोस निष्कर्ष निकाल्न त सकेन तर दुईवटा विकल्प अघि सारेको छ ।

बजेटको विकल्प

राजपाका नेता केशव झाका अनुसार संवैधानिक व्यवस्था अनुसार नै जेठ १५ मै काम चलाउ बजेट ल्याउने र पूर्ण बजेट असारमा ल्याउने तथा बाधा अड्काउ फुकाउ आदेश मार्फत संविधान संसोधन गरी असारमा बजेट ल्याउने गरी छलफल भएको छ । तर निष्कर्ष निस्किएको छैन ।

यसबीच सत्तारुढ दल कांग्रेस र माओवादी केन्द्रले आगामी जेठ ४ गते बस्ने संसद बैठकबाट राजपाले उठाएका माग सम्बोधनका लागि संविधान संसोधन विधेयक अघि बढाउने प्रतिवद्धता जनाएका छन् ।

 

संविधान संसोधन नभए दोस्रो चरणको निर्वाचनमा माग नलिने राजपाका नेताहरुको अडान पछि सत्तारुढ दलले यस्तो प्रतिवद्धता जनाएका हुन् ।

त्यसका लागि प्रधानमन्त्री प्रचण्डले सक्दो प्रयास गर्ने बताएका नेता झाले जानकारी दिए । तर दलहरु दोस्रो चरणको निर्वाचन जेठ ३१ को घोषित मितिमै गर्न भने सहमत भएका छन् ।

राजपाले आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुलाई शहिद घेषणा, आफ्ना नेता कार्यकर्तामाथि लगाइएका झुट्टा मुद्धा फिर्ता र जेलमा राखिएकाहरुलाई रिहाई गर्ने गरी राखेको माग सरकारले पर्सी बस्ने मन्त्री परिषद्को बैठकबाट पूरा गर्ने प्रतिवद्धता जनाएको छ ।

एमालेको गुनासो

तर प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने सहमतिका लागि आफूहरुको सहभागितामा प्रयास नभएको गुनासो गरेको छ । आफूहरुलाई राखेर सहमतिको प्रयास भएको भए पहिले नै केही सहमति निस्कन सक्ने बताएको थियो ।

राप्रपाको असन्तुष्टि

केही समयअघि सरकारबाट बाहिरिएको राप्रपाले आफूहरुको सहभागिता विना संविधान संसोधन गरिए मान्य नहुने चेतावनी दिएको छ । सरकारबाट बाहिरिए पनि संविधान संसोधनका पक्षमा मतदान गर्ने बताएको राप्रपाले बैठकमा आफूहरुलाई सहभागि नगराइएको भन्दै असन्तुष्टि जनाएको हो ।

राजपाका नेताँगको छलफलमा सत्तारुढ दलले जेठ ४ गतेको संसद बैठकबाट संविधान संसोधन प्रकृया अघि बढाउने बताएपछि असन्तुष्ट राप्रपा अध्यक्ष कमल थापाले ट्विट गर्दै यस्तो असन्तुष्टि जनाएका हुन् ।

उनले भनेका छन्, ‘राप्रपाको सहभागिता विना हुने बैठकका निर्णय मान्न हामी बाध्य हुने छैनौं, सबैलाई चेतना भया ।’

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

सरकारी निवेदनमा अब एकरूप ढाँचा

  काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा