बेलायती राजकुमार फिलिप छिट्टै राजकीय जिम्मेवारीबाट बिदा लिने

prince-1024x576

लन्डन , २२ वैशाख । बेलायती महारानी एजिलावेथ द्वितीयका श्रीमान् ड्युक अफ एडिनबरा, राजकुमार फिलिपले आगामी अगस्टदेखि सार्वजनिक जिम्मेवारी बहन नगर्ने वकिङघम राजदरबारले घोषणा गरेको छ ।
राजदरबारबाट बिहीबार जारी एक वक्तव्यमा भनिएको छ, “पन्चानब्वे वर्षीय फिलिपले जिम्मेवारी बहन नगर्ने निर्णय आफ्नो इच्छाले गर्नुभएको छ भने यसमा महारानी एलिजावेथको पूर्ण समर्थन रहेको छ ।”

ड्युक अफ एडिनबराले अब नयाँ जिम्मेवारी नलिए पनि यसअघि तय भएका कार्यक्रममा भने सरिक  हुनेछन् । उनलाई अगस्ट उप्रान्त आउने औपचारिक कार्यक्रममा भने ड्युकका रुपमा जिम्मेवारी स्वीकार्ने छन् ।

राजकुमार फिलिप अर्को महिनादेखि ९६ वर्षमा प्रवेश हुनेछन् । सन् १९४७ मा बेलायती महारानी एलिजावेथसँग वैवाहिक जीवनमा गाँसिएपछि ग्रीक राजकीय परिवारका निर्वासनमा रहेका सदस्य फिलिपको सयौँ बेलायती सङ्घसंस्थामा आवद्धता रहेको छ ।

निर्णय सार्वजनिक भएपछि प्रतिक्रिया जनाउँदै बेलायती प्रधानमन्त्री थेरेसा मेले ड्युक फिलिपको दशकौँ लामो सेवाप्रति आभार प्रकट गरेका छन् ।

उनको निरन्तरको बेलायती सङ्घसंस्थामा रहेको संरक्षकत्व तथा राजकीय काममा महारानी एजिलावेथलाई मिलेको सहयोगको बेलायती जनता, बेलायत र समग्र विश्व आगामी दिनमा समेत ऋणी हुनेछ, प्रधानमन्त्री मेले भनिन् ।

बेलायतको दरबार स्रोतले फिलिपले नयाँ सार्वजनिक कामको जिम्मेवारी नसम्हाल्ने घोषणा गर्र पनि महारानीले भने आफ्नो सेवालाई निरन्तरता दिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

कोषकी नवनियुक्त निर्देशक पुनको नियुक्ति बदर

 माघ ८,  काठमाडौँ।  उच्च अदालत पाटनले पशुपतिक्षेत्र विकास कोषका नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनलाई नियुक्ति

निःशुल्क कानूनी सहायता दिन्छौ- अधिवत्ता बिष्णु गिरी

पुस २८,काठमाडौ । पछिल्लो समय सार्वजनिक सरोकारका बिषयहरुमा मुद्धा दर्ता गरेर चर्चाको रहेका अधिवत्ता बिष्णु

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

पाउने भए नेपालीले हङ्गकङ्गमा वर्किङ्ग भिसा

कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,