सुन्तलीकी आमा उपमेयरको उम्मेदवार

timthumb

२० वैशाख ,भुइँचालो गएको दुई वर्ष नपुग्दै भुइँचालोपीडितका लागि दुईवटा र घरबारबिहिन मुसहर समुदायका लागि एउटा बस्ती बनाएर ख्याति कमाएका हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ की सासु तथा कुन्जना घिमिरे ‘सुन्तली’की आमा सीतादेवी घिमिरेले ललितपुरको गोदावरी नगरपालिकाको उपमेयरका लागि उम्मेदवारी दिएकी छन्। माओवादी केन्द्रका तर्फबाट उनले उम्मेदवारी दिएकी हुन्। पहिलो संविधानसभाको निर्वाचनताका एमाले निकट रहेकी सीता दोस्रो संविधानसभाताका माओवादीमा प्रवेश गरेकी थिइन्।

हाल हास्य कार्यक्रमको सिलसिलामा धुर्मुससँगै जापानमा रहेकी सुन्तलीले आमालाई विजयको शुभकामना दिइन्। ‘हाम्रो र आमाको अभियान विल्कुलै फरक छ,’ भाइबर कुराकानीमा कुन्जनाले सेतोपाटीसँग भनिन्, ‘हामी शुभचिन्तकसँग आमाका लागि भोट दिन आग्रह गर्छौं तर प्रचारका लागि हिँड्दैनौं। हामी कुनै पार्टी विशेषले भन्दा पनि राम्रो उमेदवारको जित होस् भन्ने चाहन्छौं। भोलि आमाले जितेको खण्डमा हाम्रो सहयोग र समर्थन रहनेछ।’ – 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

ओलीको अडान : ‘अहिले नेतृत्व छाड्दिनँ’

२०८३ साउन ३०, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कठिन परिस्थितिमा

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

सरकारी निवेदनमा अब एकरूप ढाँचा

  काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत