सुन्तलीकी आमा उपमेयरको उम्मेदवार

timthumb

२० वैशाख ,भुइँचालो गएको दुई वर्ष नपुग्दै भुइँचालोपीडितका लागि दुईवटा र घरबारबिहिन मुसहर समुदायका लागि एउटा बस्ती बनाएर ख्याति कमाएका हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ की सासु तथा कुन्जना घिमिरे ‘सुन्तली’की आमा सीतादेवी घिमिरेले ललितपुरको गोदावरी नगरपालिकाको उपमेयरका लागि उम्मेदवारी दिएकी छन्। माओवादी केन्द्रका तर्फबाट उनले उम्मेदवारी दिएकी हुन्। पहिलो संविधानसभाको निर्वाचनताका एमाले निकट रहेकी सीता दोस्रो संविधानसभाताका माओवादीमा प्रवेश गरेकी थिइन्।

हाल हास्य कार्यक्रमको सिलसिलामा धुर्मुससँगै जापानमा रहेकी सुन्तलीले आमालाई विजयको शुभकामना दिइन्। ‘हाम्रो र आमाको अभियान विल्कुलै फरक छ,’ भाइबर कुराकानीमा कुन्जनाले सेतोपाटीसँग भनिन्, ‘हामी शुभचिन्तकसँग आमाका लागि भोट दिन आग्रह गर्छौं तर प्रचारका लागि हिँड्दैनौं। हामी कुनै पार्टी विशेषले भन्दा पनि राम्रो उमेदवारको जित होस् भन्ने चाहन्छौं। भोलि आमाले जितेको खण्डमा हाम्रो सहयोग र समर्थन रहनेछ।’ – 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

भोटेकोशी बाढीमा बेपत्ता मृत घोषणा गर्ने प्रक्रिया सुरु, राहत भने अझै अलपत्र

कार्तिक ११, काठमाडौँ । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीमा परी

गैरकानुनी बर्खास्तमा क्षतिपूर्ति निर्धारण गर्दा सेवा अवधि गणना गर्न सर्वोच्चको आदेश

काठमाडौं, २६ असोज। सर्वोच्च अदालतले गैरकानुनी रूपमा बर्खास्त गरिएका श्रमिकलाई पुनर्बहाली नगर्ने अवस्थामा क्षतिपूर्ति निर्धारण

उपत्यकाका ६ स्थानबाट १३ ब्रान्डका ग्यास सिलिन्डर साट्न सकिने

काठमाडौँ, असोज २४। उपत्यकामा एउटा ब्रान्डको ग्यास सिलिन्डर अर्कोसँग सहजै साट्न नपाएर हैरानी खेपिरहेका उपभोक्ताका

हिमालयको चेतावनी’ बोकेर संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्री बालेन, जलवायु न्याय र त्रिदेशीय संयन्त्रको जोडदार माग

जलवायु परिवर्तनको भारी: नेपालले कुल कार्बन उत्सर्जनमा ०.१ प्रतिशतभन्दा कम योगदान दिए पनि ठूलो मूल्य

भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश

 असोज ८,काठमाडौं । सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहाललाई थुनामुक्त गर्न परमादेश जारी गरेको छ।दाहालकी

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका