सुँगुरको ताजा रगत किन खान्छन् यहाँका मानिसहरु ?

भियतनाममा सुँगुरको ताजा रगतलाई मानिसहरु स्वादिष्ट भोजनको रुपमा लिन्छन् । तर मस्तिष्क ज्वरो अर्थात् मेनेन्जाइटिसका विरामीहरुको बढ्दो संख्यासँगै डाक्टरहरुले सुँगुरको ताजा रगत नखान चेतावनी दिइरहेका छन् ।

sugur-ragat (1)सुँगरको आन्द्राभुँडी र ताजा रगतलाई मिलाएर भियतनाममा एउटा परिकार बनाइन्छ । आन्द्राभ्ँडीलाई सुरुमा मज्जाले उमालिन्छ । अनि त्यसमा ताजा रगत खन्याइन्छ । फेरि त्यसलाई चिसो बनाइन्छ । रगत र आन्द्राभुँडीको त्यो परिकार जेलीजस्तै बन्दछ, अनि त्यसलाई मिठो मानीमानी खाइन्छ ।

यो डिश भियतनाममा निकै लोकपि्रय रहेको छ । तर निकै खतरनाक रहेछ । सुँगुरको जिउभित्र निकै धेरै जिवाणुहरु पाइन्छन् र ती जिवाणुमध्ये धेरै रगतमै बस्दछन् । ती जिवाणुका कारण मानिसमा मेनेन्जाइटिस समेत हुने बताइएको छ ।

भियतनाममा हरेक वर्ष मेनेन्जाइटिसका सयौँ बिमारी फेला पर्दछन् । त्यसमध्ये १० प्रतिशतको मृत्यु हुन्छ ।
भियतनाममा सुँगुरको ताजा रगत खानु त्यहाँको परम्पराको हिस्सा हो । मानिसहरु झण्डै हरेक दिनजसो नै सुँगुरको ताजा रगत खान्छन् ।

त्यहाँका ग्रामीण क्षेत्रमा एक तिहाइ र सहरी क्षेत्रमा १० प्रतिशत मानिसहरुले सुगुरको ताजा रगत खाने गर्दछन् ।

विशेषज्ञहरुका अनुसार भियतनामका लागि सुँगुरको ताजा रगतको परिकार एउटा चुनौति बनेको छ । मानिसहरुमा जागरुकताका माध्यमबाट यसलाई अन्त्य गर्न सकिन्छ । आम मानिसहरुलाई यस्तो परिकार स्वास्थ्यका लागि हानिकारक छ भन्ने कुरा बुझाउनु पर्दछ । तर सांस्कृतिक कारणले यो सजिलो छैन ।

विज्ञहरुका अनुसार सुँगुरको ताजा रगत स्वास्थ्यका लागि हानिकारक हुन्छ र यसबाट बच्नु आवश्यक छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

खोटाङ अस्पतालमा जीवन जलसमेत भेटिएन : आयोग

खोटाङ, असोज २५  गते । राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेश शाखा कार्यालय दिक्तेलले खोटाङमा

प्रधानमन्त्री प्रचण्ड र एमसिसीकी प्रमुखबिच भेटवार्ता

 असोज १६,काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहेकी अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।