May 26, 2017

नयाँ शक्तिले अपेक्षित परिणाम ल्याउन नसक्नुका कारण

 

 आलोचकको पछि दगुर्ने कि तथ्यमा टेक्ने ?

 
 काठमाडौं । पहिलो स्थानीय तह निर्वाचनमा जनताबीच परिक्षण हुन पुगेको नयाँ शक्ति पार्टी, नेपालको परिणामलाई अनेक कोणहरुबाट व्याख्या विश्लेषण भइरहेका छन् । अन्य पार्टीको तुलनामा भर्खरै खुलेको नयाँ शक्तिले १ स्थानमा विजय र धेरै स्थानमा सम्मानजनक उपस्थिति बनाउनु आफैंमा नयाँ र सुन्दर प्रयोग थियो । तर, यसलाई सकारात्मक रुपमा व्याख्या÷विश्लेषण गर्ने भन्दा पनि नकारात्मक रुपमा व्याख्या तथा विश्लेषण गर्ने होडबाजी भइरहेको छ । सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा भर्खरै जन्मिएको नयाँ शक्ति पार्टी र अन्य बूढा राजनीतिक दलहरुले बरोबर भारी बोक्न नसकेको अशोभनीय विश्लेषण अप्ठ्यारो नमानी भइरहेका छन् । आखिर बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति जनताबाट अस्वीकृत नै भएको हो त ? हामीले यो आलेखमा यसबारे चर्चा गर्न खोजेका छौं ।

१‍‍‍‌  चेतनास्तर
फ्रान्स र छिमेकी भारतमा पुराना पार्टीलाई विस्थापित गर्दै नयाँ शक्ति जन्मिएका छन् । नेपालमा पनि त्यही गति र रफ्तारम नयाँ शक्ति जन्मिने कतिपयको आँकलन थियो । र, बाबुराम भट्टराईले त्यस्तो शक्ति जन्माउने विश्वास गरिएको थियो । तर, भट्टराईको नयाँ शक्तिप्रति गरिएको अपेक्षा पहिलो चरणको निर्वाचनले पूरा गर्न सकेन ।

पहिलो चरणमा नयाँ शक्तिले त्यस्तो अपेक्षा पूरा गर्न सक्ने ल्याकत छँदै थिएन । र, सकेन । यसको मतलब नयाँ शक्तिले त्यो अपेक्षा पूरा गर्ने ल्याकत गुमायो भन्ने हुन सक्दैन ।

वास्तवमा यो अपेक्षा आफैंमा सुन्दर भए पनि शीघ्र नयाँ शक्तिको अपेक्षा गर्नु नै कमजोरी थियो । नेपाल जस्तो अशिक्षित र अविकसित देशका नागरिकबाट फ्रान्स र नयाँ दिल्लीका मतदातामा जस्तो सचेतना र विवेकको प्रयोग खोज्नु नै हाम्रो कमजोरी थियो । कुनै पनि कुरामा शीघ्र अपेक्षा गर्दै धैर्यता गुमाउँदा कुनै पनि कुराको प्राप्ति हुँदैन । बरु यस्तो शीघ्र अपेक्षाको प्रवृत्तिले प्राप्त हुनै लागेका उपलब्धिहरु पनि गुम्ने खतरा हुन्छ । त्यसैले नयाँ शक्ति पहिलो निर्वाचनबाट उचित परिणाम नल्याउँदैमा भयभित हुन जरुरी छैन । सबैले के बुझ्न आवश्यक छ भने नयाँ शक्तिले जनताको चेतनास्तर माथि उठाउन एक धक्का हानेको छ । केही धक्कामा यो कसो नढल्ला ?

२. आफ्ना कुरा बुझाउन नसक्नु
बाबुराम भट्टराई समकालीन राजनीतिज्ञहरुमा सबैभन्दा इमान्दार र भिजनरी नेता हुन् । यसमा कसैको दुईमत छैन । नयाँ शक्ति पार्टीमा भट्टराईकै हाराहारीका अन्य नेताहरु पनि छन्, जसको एकमात्र चाहना देशलाई संवृद्धि दिने हो । उनीहरु अहोरात्र यही अभियानमा जुटिरहेका छन् । तर, यो कुरा नयाँ शक्ति पार्टीले जनताबीच लैजान सकेन । नयाँ शक्ति पार्टी र अन्य पार्टीबीचको तात्विक अन्तर के हो ? उसले आमजनताबीचमा प्रष्ट्याउन सकेको छैन । नयाँ शक्तिका नेता तथा कार्यकर्ताले अबका दिनमा नयाँ शक्ति पार्टी के हो र यसको जन्म किन भयो भनेर बुझाउन सक्ने मात्रै हो भने पनि नयाँ शक्तिको पल्लाभारी हुनबाट कसैले रोक्न सक्नेछैन ।

३‍ उम्मेदवार छनौट
विवेकशील नेपाली दल र साझा पार्टीले उम्मेदवार छनौटमा निकै परिपक्वता देखाए । उनीहरुले एउटा छवि बनाएका नेताहरुलाई यसपटक उतारे । तर, बाबुराम नेतृत्वको नयाँ शक्ति जनतालाई फरकपन देखाउन चुके । पुरानै अनुहार, जोसँग जनता वाक्क दिक्क बनेका थिए, तिनैलाई नयाँ शक्ति निर्माणको साधक बनाएर नयाँ शक्तिले चुनावी रेसमा छाडिदियो, जुन किमार्थ गलत थियो ।

दोस्रो चरणको निर्वाचनमा नयाँ शक्तिले आफ्नो उपस्थितिलाई सुधार गर्ने हो भने उसले पहिलो निर्वाचनको परिणामबाट सबक सिक्दै सुधार गर्नुपर्छ ।

४ एउटै क्षेत्रमा फोकस

नयाँ शक्ति पार्टी देशकै वैकल्पिक शक्ति हो । नयाँ शक्तिको विकल्प देशमै नभएकाले जनता ढिलो चाँडो यो विचारमा सहमत हुनुको विकल्प छैन । यति हुँदाहुँदै पनि नयाँ शक्ति पार्टीको फैलावट सबैतिर हुन सकेन ।कतिपयले त बाबुराम भट्टराईको पार्टीले गृहजिल्लामा मात्रै फोकस गरेको र अन्यत्र चासो नदिएकाले परिणाम विपक्षमा परेको तर्क गरेका छन् । नयाँ शक्तिले आगामी दिनमा भक्तपुरमा सीमित नेमकिपा होइन, देशैभर फैलिएको शक्ति बन्न जाँगर चलाउनुपर्छ ।

५ भ्रमको प्रतिवाद
नयाँ शक्ति दोस्रो चरण निर्वाचनमा होमिँदै गर्दा यो शक्तिबाट अत्तालिएकाहरु भ्रमको साहरा लिइरहेका छन् । नयाँ शक्तिले स्थापनाको छोटो समयमा उल्लेख्य जनमत बटुले पनि गोयबल्स प्रचारबाजीमा रमाउनेहरु नयाँ शक्ति जनताको छनौटमा नपरेको बताइरहेका छन् । पहिलो चरणको निर्वाचनले यो सरासर गलत सावित गरिदिइसकेको छ । तर, नयाँ शक्तिले आफ्नो उपस्थितिबारे प्रष्ट्याउन सकेको छैन । भ्रमको खेतीले सीमा नाघे पनि नयाँ शक्ति मौन जस्तै देखिएको छ । उसले आफ्नो उपस्थितिबारे जनतामा प्रष्ट पार्नुपर्छ ।

६ कार्यकर्तालाई कन्भिन्स

नयाँ शक्तिले जित्दाजित्दै पनि कतिपयले नियतबस् हराईरहेका छन् । नयाँ शक्ति पार्टीका स्थापना भएदेखि नै यसलाई निरुत्साहित गर्न लागेकाहरु मौका यही हो शैलीमा जुर्मुराएका छन् । १ स्थानमा जित र धेरै स्थानमा प्रतिस्पर्धीका रुपमा रहेको १ वर्ष मात्रै पार गरेको दललाई बुढा दलसँग तुुलना गरेर गलत तर्कको साहरा लिइएको छ । यो तर्कले एउटा विश्व चर्चित आहानलाई स्मरण गराएको छ । आहान यस्तो छः

रोबर्ट फुल्टन नामक वैज्ञानिकले पहिलोपटक अत्याधुनिक रोबर्टको विकास गरेका थिए । तर, उनले गरेको यो विकास धेरैका लागि टाउको दुखाईको विषय बनेको थियो । त्यसैले ती यसको कुप्रचारमा न्वारनदेखिको बल निकालेर लागे । सुरुमा तिनले तर्क गरे – रोबर्ट फुल्टनले अत्याधुनिक डुंगा बनाएको कुरा नै झुटो हो ।

जब डुंगा फुल्टनले बाहिर ल्याए, तिनले तर्क गरे – फुल्टनले डुंगा त बनाए, तर यसले काम गर्दैन, यो पानीमा चल्दैन ।

जब डुंगा चल्न थाल्यो, तिनको कुतर्क पनि फेरियो । फुल्टको सफल प्रयोगबाट अत्तालिएका आलोचकहरुले तर्क गर्न थाले – डुंगा पानीमा चल्न त चल्यो तर यो रोकिँदैन ।

बाबुराम भट्टराईको डुंगारुपी नयाँ शक्ति आफ्नो बेगमा अघि बढे पनि फुल्टनका आलोचकका फ्यानहरु यसलाई नचलेको प्रचार गरिरहेका छन् । अब तपाईं पनि फुल्टनका आलोचकको पछाडि लाग्ने कि तथ्यमा विश्वास गरेर अघि बढ्ने ? विकल्प आफैं रोज्नुस् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मानव अधिकार आयोगले आरोपित ठहर गरेका व्यक्तिलाई चोख्याउन खोजिएको कांग्रेसको आरोप

काठमाडौं, साउन २० गते । नेपाली कांग्रेसले सरकारले मानव अधिकार आयोगबाट भदौ २३–२४ का घटनामा

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।

रास्वपाको अर्थ–राजनीतिक खाका सार्वजनिक : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्मका प्रस्ताव

चितवन, असार १० ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र

रास्वपा महाधिवेशन : निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारी प्रक्रियामा कडाइ

 असार ९,चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रियालाई थप व्यवस्थित,

रास्वपाको प्रथम महाधिवेशन आजदेखि भरतपुरमा, विद्युतीय मतदानमार्फत नयाँ नेतृत्व चयन हुँदै

भरतपुर, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय