३ हजार मतले रेणुले मेयर पदमा विजय ल्याउन सक्ने स्थानीय माओवादी नेताहरूको प्रक्षेपण
काठमाडौं, ११ जेठ । भरतपुर महानगरपालिकाको मेयर पदका लागि नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीका लागि नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहाल चुनौति बन्न थालेकी छिन् । भित्रभित्रै एमालेले जीत हात पारेको चर्चा चलाइएपनि अब रेणु दाहालले आज दिनभरीमा अग्रता लिनसक्ने भएकी छिन् ।
जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीका लागि नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहाल चुनौति बन्न थालेकी छिन् ।
ठूलो मतान्तरबाट अग्रता लिने कोशिश गरेका देवीसँग रेणुको मतान्तर साँघुरिन थालेको छ । भरतपुरका २५ नम्बर वडाको मतगणना सकिँदा देवीसँग रेणुको मतान्तर साँघुरिएको हो । अब गणना हुने स्थानमा कांग्रेस र माओवादीका मतदाताको संख्या बलियो रहेको दाबी गरिएको छ ।
बुधबार बेलुका सम्म यो मतान्तर थप साँघुरिएर २१ सयमा झरेको मतान्तर अहिलेसम्म १७४९ मा झरेको छ ।
वडा नं २५ को मतगणना गरिसक्दा मेयर पदका प्रत्यासी एमालेका देवी ज्ञवालीले ३०६८२ मत पाएका छन् भने रेणु दाहालले २८९३३ मत पाएकी छिन् । गन्न बाँकी वडा नम्बर १५ देखि २४ सम्ममा कांग्रेस र माओवादीका मतदाताको संख्या बलियो रहेको दाबी गरिएको छ । रेणु कांग्रेस र माओवादीकी संयुक्त मेयर उम्मेदवार हुन् । ‘मतान्तर साँघुरिन थालेको छ । अबको गणनामा रेणु दाहालको अग्रता कायम हुनसक्छ’, स्थानीय माओवादी नेताले भने,‘कम्तिमा ३ हजार बढि मतले जित्ने अपेक्षा हामीले गरेका छौं ।’
कार्तिक ११, काठमाडौँ । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीमा परी
काठमाडौं, २६ असोज। सर्वोच्च अदालतले गैरकानुनी रूपमा बर्खास्त गरिएका श्रमिकलाई पुनर्बहाली नगर्ने अवस्थामा क्षतिपूर्ति निर्धारण
जलवायु परिवर्तनको भारी: नेपालले कुल कार्बन उत्सर्जनमा ०.१ प्रतिशतभन्दा कम योगदान दिए पनि ठूलो मूल्य
काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका
काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना
-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज