
हैदरावाद, चैत ८ – आइपिएलको १० औँ सिजनको फाइनलमा पुणे सुपरजायन्टसलाई एक रनले हराउँदै मुम्बई इन्डियन्सले तेस्रो पटक उपाधिमाथि कब्जा जमाएको छ ।
यसअघि सन् २०१३ र २०१५ मा मुम्बईले आइपिएलको उपाधि जितेको थियो ।
अन्तिम ओभरमा १३ रनको आवश्यकता रहेकोमा मिचेल जोनसनले लगातार दुई बलमा मनोज तिवारी र कप्तान स्टिभ स्मिथलाई आउट गर्दै मुम्बईको जीत सुनिश्चित गरे ।
अन्तिम बलमा तीन रन आवश्यक रहेकोमा ड्यानिल क्रिस्टियन २ रन बनाउँदै रन आउट हुन पुगे ।
यसअघि यो सिजन तीनवटा खेलमा पुणेसँग पराजित भएको मुम्बईले पहिलो पटक पुणेलाई हराएको हो ।
कप्तान स्मिथले ५१ रन बनाए भने ओपनर अजिंका रहाणेले ४४ रनको योगदान दिए पनि मुम्बईले प्रस्तुत गरेको मध्यम स्कोर पछ्याउन सकेन ।
मिचेल जोनसनले ३ तथा महेन्द्र सिंह धोनीको महत्वपूर्ण विकेटसँगै जस्प्रित बुमराहले २ विकेट लिएपछि पुणे पहिलो उपाधि जित्नबाट बञ्चित रह्यो ।
यसअघि पुणेको कसिलो बलिङ सामु मुम्बईले ८ विकेट गुमाउँदै १२९ रन बनाएको थियो ।
मुम्बईका लागि क्रुनाल पाण्डेयले सर्वाधिक ४७ रनको योगदान दिए ।
पुणेका लागि जयदेव उनडकाट, एडम जाम्पा र ड्यानिल क्रिस्टियनले २–२ विकेट लिए ।
यस सिजन हैदराबादका डेभिड वार्नरले सर्वाधिक ६४१ रन बनाए भने हैदराबादकै भुवनेश्वर कुमारले सर्वाधिक २६ विकेट लिन सफल रहे ।
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना
रमेश पन्त नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
साउन २५, काठमाडौं । काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा
गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि