चुनावी नतिजापछि प्रचण्ड खुशी, देउवा हिसाब गर्दै, ओली उत्साहित

२ जेठ, काठमाडौं । स्थानीय तहको पहिलो निर्वाचन सम्पन्न भएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ खुसी भएका छन् । प्रचण्डले पार्टीको हार जित भन्दा पनि निर्वाचन सम्पन्न भएकोमा खुसी व्यक्त गरेका छन् ।

निर्वाचनको अन्तिम समयसम्म पनि निर्वाचन हुने कि नहुने आशंका छिचोल्दै २० बर्षपछि आफ्नो नेतृत्वमा निर्वाचन सफल भएकोमा उनले खुसी व्यक्त गरेका हुन् । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार चक्रपाणि खनालले निर्वाचनमा माओवादीको हार जित भन्दा पनि देशको जित भएको बताए ।

उनले प्रचण्डको भनाई उदृत गर्दै भने, ‘संविधानको कार्यान्वयन गर्न पहिलो चरणको निर्वाचन सम्पन्न भएको छ, यो माओवादीको हार जित भन्दा पनि सिगो देशको जित हो, अब सिंहदरवारको अधिकार गाउँगाउँसम्म पुग्यो ।’

आइतवार पहिलो चरणको निर्वाचन सम्पन्न भएपछि प्रचण्डले ठूलो दायित्व पूरा गरेको अनुभव गरेका छन् । प्रचण्डले पहिलो चरणको निर्वाचन मात्र नभई दोस्रो चरणको निर्वाचनमा पनि कसरी सबै राजनीति दलहरुलाई सहमतिमा ल्याउने भन्ने गृहकार्य थालेका छन् ।

प्रधानमन्त्री प्रचण्डले राजपाका नेताहरुसँग सोमवार छलफल गरेर आगामी जेठ ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई सफल बनाउन लाग्न आग्रह गरेका छन् ।

प्रचण्डको भनाई उदृत गर्दै राजपाका नेता राजकिशोर यादवले नेपाली हेडलाइससँग भने, ‘राजपा पनि निर्वाचनमा सहभागी हुनु पर्यो, मैले पूरै कोशिस गरको हुँ, राप्रपाले धोका दिन संविधान संशोधन विधेयक पारित हुन सकेन, सबै मिलेर दोस्रो चरणको निर्वाचन सफल पारौं ।’

देउवा हिसाब किताब गर्दै

हिजो सम्पन्न भएपछि आज अधिकाशं स्थानीय तहमा मतगणना कार्य सुरु भएको छ । महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाहरुमा धमाधम मतगणना गर्ने कार्य जारी छ ।

कांग्रेस र एमालेको अग्रता लगभव समान रुपमा देखिएको छ । कांग्रेसले आफू पहिलो नम्बरमा बन्ने दावी गर्दै आएको थियो । कांग्रेस सभापति शेरबहादुर देउवा आफ्नै निवास बुढानिलकण्ठमा नै बसेर मतपरिणाम नियाल्दै छन् ।

स्थानीय तहमा भएको मतगणनाको बारेमा सभापति देउवाले निरन्तर रुपमा जानकारी लिइरहेका छन् । देउवाका स्वकीय सचिव भानु देउवाले पहिलो चरणमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनको परिणाम बुझ्ने काममा व्यस्त भएको बताए ।

ओली उत्साहित

स्थानीय तहको निर्वाचनको मत परिणामपछि एमाले अध्यक्ष केपी ओली निकै उत्साहित भएका छन् । मतगणना भएको अधिकाशं स्थानमा एमालेले अग्रता लिएपछि ओलीले आफ्नै निवास भक्तपुरको बालकोटमा बसेर चुनावी परिणामको बारेमा जानकारी लिइरहेका छन् ।

ओलीका स्वकीय सचिव अनिश दाहालले निर्वाचनको परिणामका साथ पार्टीको काममा अध्यक्ष व्यस्त रहेको बताए ।

निर्वाचनको अघिल्लो दिन अर्थात वैशाख ३० गते पहिलो चरणको निर्वाचनमा सत्तारुढ दल कांग्रेस र माओवादी झोक्राउने र दोस्रो निर्वाचनपछि ओछ्यान लगाएर सुत्ने भन्दै व्याङग्य गरेका थिए । चुनावी परिणामबाट एमाले उत्साहित देखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

सरकारी निवेदनमा अब एकरूप ढाँचा

  काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा