विप्लवको पार्टीको चुनाव विरोधी सभामा प्रहरी हस्तक्षेप

५ बैशाख, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको चुनाव विरोधी सभामा प्रहरीले हस्तक्षेप गरेको छ ।

स्थानीय चुनाव बहिस्कारको नारा लिएको विप्लवको पार्टीले बुटवल, कञ्चनपुर लगायतका स्थानमा सभा गर्न खोजेको थियो । तर, प्रहरीले हस्तक्षेप गरेको छ ।

एकीकृत जनजागरण तथा प्रतिरोध अभियान भन्दै विप्लवको पार्टीले बुटबलको ट्राफिक चोकमा सभा गर्न खोजेको थियो । सभा सुरु हुनासाथ प्रहरीले हस्तक्षेप गरेको छ । चुनाव विरोधी गतिविधि गरेकाले कार्यक्रम रोकेको प्रहरीले जनाएको छ ।

लुम्बिनी ब्युरोले बुटवलमा अायाेजना गरेको कार्यक्रममा  पार्टीका स्थायी कमिटी सदस्य सन्तोष बुढामगर,पोलिटब्यूरो सदस्य ओम पुन र चन्द्र बहादुर चन्द बिरजंग लगायतकाे उपस्थति थियाे । सभाअघि नगरपरिक्रमा क्रममा  ‘नेपाल सरकार मुर्दाबाद’, लगायतका नारा  लगाइएकाे थियाे ।

नेपाल कम्युनिष्ट पार्टीले सभा गर्ने भनेपछि बिहानैदेखि प्रहरीले सुरक्षा सर्तकता अपनाएको थियो ।  सभामा स्थानीय तहको निर्वाचनको बिरोध समेत गरिएको थियो ।

यसैगरी कञ्चनपुरमा पनि प्रहरीले विप्लवको पार्टीको सभामा हस्तक्षेप गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

भोटेकोशी बाढी: बेपत्ताको यकिन तथ्याङ्क आउन बाँकी, सञ्चार अवरुद्ध हुँदा उद्धार र पहिचानमा जटिलता

पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन