नयाँ वर्षमा नेपाल टेलिकमको ग्राहकहरुलाई अफर

nepal-telecom-696x407काठमाडौ ३० चैत्र,नेपाल टेलिकमले नयाँ वर्षको अवसरमा आफ्ना उपभोक्तालाई बिभिन्न किसिमका सेवामा सहुलियत प्रदान गरेको छ । कम्पनीले नयाँ वर्षको प्रोमोसनल अफर अन्तर्गत रिचार्ज बोनस, डाटा प्याकेज र नाइट भ्वाइस प्याक ल्याएको छ । रिचार्ज बोनस अन्तर्गत जिएसएम तथा सिडिएमए प्रिपेड सेवाका उपभोक्तालाई एमपोस तथा रिचार्ज कार्ड मार्फत सय र दुई सयको कार्ड प्रयोग गर्दा १० प्रतिशत एवं पाँच सय र हजारको कार्डको रिचार्जमा १५ प्रतिशत बोनस उपलब्ध गराउने भएको छ ।

यसको भ्यालिडिटि तीन दिनको हुने कम्पनीले जनाएको छ । यसरी उपलब्ध गराइने रिचार्ज बोनस चैत्र ३० देखि बैशाख १३ गतेसम्म लागू हुनेछ । डाटा प्याकेज अन्तर्गत जिएसएम सेवाका उपभोक्तालाई चैत्र ३० देखि बैशाख २८ गतेसम्म लागू हुने गरी अल टाइम डाटा प्याकेज र नाइट डाटा प्याकेज उपलब्ध गराइएको छ ।
यो अफर अन्तर्गत डाटा सेवाको मूल्य प्रति एमबी ४.५ पैसा देखि २५ पैसा मात्र पर्नेछ कम्पनीले जनाएको छ । अल

टाइम डाटा प्याकेज सेवा लिनका लागि ‘डाटा’ टाइप गरी आफुलाई जति एमबी चाहिएको हो सो उल्लेख गरेर १४१५ मा म्यासेज पठाउनु पर्नेछ ।

नाइट डाटा प्याकेज सेवाको उपभोग गर्न ‘नाईट’ टाइप गरी आफूलाई जति एमबी चाहिएको हो सो उल्लेख गरी १४१५ मा म्यासेज पठाउनु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

काठमाडौं, असोज ९ गते । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ ।

सबै कमिटीलाई कात्तिकसम्म लेखा परीक्षण गराउन एमालेको निर्देशन

 श्रावण २७ ,काठमाडौँ- नेकपा (एमाले) ले पार्टीका सबै कमिटीलाई अनिवार्य लेखा परीक्षण गराउन निर्देशन दिएको छ

नेपालमा विदेशी मुद्रा आर्जनको प्राथमिक क्षेत्र सूचना प्रविधि बन्नसक्छ : गभर्नर अधिकारी

काठमाडौं, साउन १५ गते । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सूचना प्रविधि नेपालमा विदेशी मुद्रा

सत्ता पक्षले नै माग्यो गृहमन्त्री र अर्थमन्त्रीको राजिनामा

श्रवण १०, काठमाण्डौं । सत्तारुढ नेपाली कांग्रेसले अर्थमन्त्री र गृहमन्त्रीले नैतिक अधिकार गुमाइसकेको बताएको छ ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालय प्रमुखमा डा. टोकराज पाण्डे

काठमाडौं, साउन ९ गते। अर्थ मन्त्रालयले त्रिभुवन विमानस्थल भन्सार कार्यालय प्रमुखको जिम्मेवारी सहसचिव डा. टोकराज पाण्डेयलाई

मौद्रिक नीतिका सात लक्ष्य यस्ता छन्

काठमाडौँ, साउन  ७ गते । नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को