खाने तरिका सिकेमा वजन घट्छ, खाना घटाउनु पर्दैन ।

 1444449035Pic-eating-healthy-1024x674

खाना घटाएर वजन घटाउने खोज्छन् धेरैले । तर, यो गलत तरिका हो । किनभने यसो गर्दा शरीरका लागि चाहिने न्युनतम तत्वको समेत अभाव हुने खतरा हुन्छ । वजन घटाउन खाएको (क्यालोरी)भन्दा शक्तिका रुपमा प्रयोग भएको (क्यालोरी) खानको मात्रा धेरै हुनुपर्छ ।

कम खाउँ मासु

मांसुजन्य खानेकुरामा क्यालोरी बढी हुने भएकाले बिहान र दिउँसोको खाजा र सकिन्छ भने रातिको खानामा पनि मासुजन्य परिकारको सट्टा सागसब्जी खानपर्छ । सागसब्जीमा क्यालोरीको मात्रा कम हुन्छ ।

खाने भाँडामा ध्यान दिउँ

सन् २०१२ मा कोर्नेल विश्वविद्यालयले गरेको एउटा अनुसन्धानले प्लेट र खानाको रङ एउटै भएको अवस्थामा मानिसले खाना बढी मात्रामा उपभोग गरेको पाइएको थियो । त्यही भएर थोरै खाने मन भए खाना र प्लेटको कलर भिन्न होस् भन्नेमा जोड दिनुस् । सलाद आदिमा क्यालोरी कम हुने भएकाले हरियो प्लेटमा हरियो सलाद खाने गर्नुस् ।

संगीत

मधुरो संगीत र बत्तीमा मानिसले बिस्तारै खाने गर्छ भन्ने विभिन्न अनुसन्धानले पुष्टि गरिसकेको छ । समय लगाएर खाना खाइयो भने थोरै खाइन्छ । त्यही भएर खाने बेलामा मधुरो बत्ती बालेर संगीत सुन्ने गर्नुपर्छ ।

 

बिहानै पानी

पानी पिएर हरेक दिन सुरुवात गर्नुस् । बिहानै पानी पिउनाले  डिहाइड्रेसन हुँदैन । जसले गर्दा भोक लागिरहेको महसुस हुन दिँदैन र आवश्यकता भन्दा बढी खानाबाट जोगाउँछ ।

 

बढी चपाउने

 
बढी चपाएर खाना खान बढी समय लाग्छ । बढी समय लगाएर खाना खायो भने खानाको मात्रा घट्छ । त्यही भएर खूब चपाएर खाने गर्नुस् । चम्चाले खाने गर्नुभएको छ भने एक चम्चा खाना मुखमा हालिसकेपछि चम्चा प्लेटमा राख्नुस् । चम्चा हातमै राखियो भने छिटो–छिटो खाइन्छ  ।

ताछ्ने, छोडाउने खाना खाउँ

सुन्तला, केरा, ओखर, बदामजस्ता छोडाएर अथवा ताछेर खाने खानामा बढी जोड दिनुस् । ताछ्ने र छोडाउने गर्न बढी समय लाग्छ, जसले गर्दा यस्ता खाना थोरै मात्र खाइन्छ । ताछेर खाने फलफूलभन्दा नताछी खाने फलफूल बढी खाइन्छ भन्ने विभिन्न अनुसन्धानले पुष्टि गरिसकेको छ ।

 

 खानाअघि खाउँ सुप

सन् २००७ मा गरिएको एउटा अनुसन्धानले खानाअघि एपेटाइजरका रूपमा सुप खानाले क्यालोरी इनटेक २० प्रतिशतले कम हुने पत्ता लगाएको थियो । त्यही भएर क्यालोरीको खपत घटाउनुछ भने खाना खानुअघि भेजिटेबल सुप खाने गर्नुस् ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।