कंगाल बनेपछिपनि किन खुशि छन् भुतपुर्व करोडपती  ?

MDRUM_Homeless_Millionaire-5-768x466 MDRUM_Homeless_Millionaire-12

जब एक करोडपति कंगाल हुन्छन्, उनको मानसिक अवस्था कस्तो होला ?  निसन्देह उनी विक्षिप्त हुन पुग्छन् । तर, यो कथा अलि भिन्न छ । एक यस्ता व्यक्ति, जसको जीवनशैली मोज मस्तीले भरिपूर्ण थियो । ३८ बषिर्य माजी डुमाटो नामका यी व्यक्ति अहिले कंगाल भएका छन्  ।

 दुबईमा उनी ३० करोड रुपैयाँ बराबर सम्पत्तीको मालिक थिए । प्ले ब्वाईको छबी बनाएका उनको जीवनमा यस्तो मोड आयो, जसले उनी कंगाल भए । अहिले उनी ब्राजिलमा कंगाल अवस्थामा छन् ।

खासमा सीरिया बस्ने माजी ड्युमेटो ब्राजिल र दुबईमा हुर्के बढेका हुन् । उनले वेब डिजाइनिङ, मार्केटिङ र प्रपर्टी व्यवसायबाट आम्दानी गरेका थिए ।

उनको जीवनमा हरेक किसिमले मोज मस्ती थियो । जब, उनले करोडौ रुपैयाँको फेरारी कार खरिद गरे, तब उनले जीवनको सबैकुरा पाएको ठाने ।
तर, एकरात फेरारी भयानक दुर्घटनामा पर्‍यो । कार ड्राइभ गरिरहेका माजीको जब होस खुल्यो, उनको कार एक ट्रलीमा जोतिएको थियो ।

त्यहाँ पाँच वटा कार एकअर्कामा जुधेको थियो । त्यही दुर्घटनाको कारण माजीले जेलको हावा खानुपर्‍यो ।  त्यही दुर्घटनापछि हो, उनको जीवन एक सय ८० डिग्रीमा बदलिएको । त्यसपछि उनी बिरक्तिएर ब्राजिलतिर लागे । उनले सोचें, ‘के मैले धन दौलत बटुलेर यही चाहेको थिए ?’

 

एक दिन उनी एउटा क्लबमा थिए, त्यहीबेला मिलेना कांगो नामकी युवतीसँग भेट भयो । उनीहरु आपसमा नजिकिए र पछि बिहे गरे ।  त्यही युवतीसँग बिवाह गरेपछि माजीले महसुष गरे, धन दौतल भनेको केहि होइन रहेछ । त्यसबीचमा उनको जीवनमा एक टर्निङ प्वाइन्ट आयो ।

मिलेनालाई छातीको क्यान्सर भयो । दुई पटक शल्याक्रिया गरियो, बोन म्यारो ट्रान्सप्लान्ट गरियो । दुबई छाड्दा रहेको करोडौं रुपैयाँ त्यही उपचारमा खर्च भयो ।

जुन चिकित्सकले मिलेनाको उपचार गरिरहेका थिए, उनी एक क्यान्सर पि्रभेन्सन सेन्टर पनि बनाइरहेका थिए ।  उक्त सेन्टर निर्माण भएको आसपासमा धेरै जग्गा बिक्रीमा थियो । माजीले त्यही जग्गा खरिद गरे र एक ठूलो पि्रभेन्सन सेन्टर बनाउने निर्णय लिए ।

उनको सर्त यतिमात्र थियो कि, क्यान्सर पि्रभेन्सन सेन्टरबाट जति कमाई हुन्छ, त्यसको ५० प्रतिशत हिस्सा गरीबलाई निशुल्क उपचार गरिदिनुपर्छ । यो सेन्टर यसै बर्षको अन्त्यतिर बन्छ ।  

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

विदेशमा रहेका नेपालीलाई मतदानका लागि ५ मोडेल प्रस्ताव

 साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित

जोर्डन आक्रमणपछि अमेरिका–इरान आमनेसामने, होर्मुज क्षेत्र थप तनावग्रस्त

दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको

राहदानी विभागअगाडि आत्मदाह प्रयास : राइडर्स युनियनद्वारा छानबिन, उपचार र प्लेटफर्म श्रमिकको सुरक्षा सुनिश्चित गर्न माग

काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि

वीरेन्द्रनगरको ‘शैक्षिक सुधार वर्ष’ घोषणा, एआईदेखि २ करोड छात्रवृत्ति कोषसम्मका महत्वाकांक्षी योजना

सुर्खेत,१६ असार । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ लाई ‘शैक्षिक सुधार

दुर्गा पन्तको स्वर्णसँगै विश्व योग च्याम्पियनसिपमा नेपालको ऐतिहासिक उपलब्धि

अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा

श्रम अधिकारमाथि बढ्दो हस्तक्षेपबारे जेटियुसिसीको अन्तर्राष्ट्रिय मञ्चमा चिन्ता

काठमाडौँ, जेठ २८ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) का अध्यक्ष विनोद श्रेष्ठले नेपालमा