२८ चैत, काठमाडौं । भारतले नेपालसामू दुई देशको संयुक्त टोली बनाएर सर्वोच्च शिखर सगरमाथाको उचाइ नाप्ने नयाँ प्रस्ताव अघि सारेको छ ।
सर्बे अफ इण्डियाले माघमा सगरमाथाको उचाई नाप्न टोली पठाउने एकतर्फी घोषणा गरेको थियो । तर, नापी विभागले आफैं उचाइ नाप्ने भन्दै सरकारसँग बजेट माग गरेको छ ।
अब भारतले नेपाल भारतको संयुक्त टोलीले सगरमाथाको उचाई नाप्ने प्रस्ताव पठाएको छ । ‘हामी नेपाल भारत संयुक्त अभियानको योजना बनाएका छौं र कूटनीतिक च्यानलबाट नेपालसामू प्रस्ताव पठाएका छौं’ भारतका विज्ञानमन्त्री हर्षवर्धनले भने ।
उनका अनुसार भारतले दुई टिम पठाउने योजना छ, जसले दुई फरक विधिबाट सगरमाथाको उचाई नाप्नेछ ।
सन् १८५२ मा भारतका गणितशास्त्री राधानाथ सिकडाले सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटर रहेको त्रिकोणमितीय विधिबाट पत्ता लगाएका थिए । यो चार वर्षपछि आधिकारिक घोषणा गरिएको थियो ।
तर, दुई वर्षअघि आएको भूकम्पपछि सारगमाथाको उचाइ परिर्वतन भएको हुनसक्ने अनुमान गरे, जसले पुनः उचाइ मापन गर्ने बहस सुरु भएको छ ।
भारतले जीपीएस डिभाइस र त्रिकोणमितीय विधिबाट उचाई नाप्ने प्रस्ताव गरेको छ । जीपीएस डिभाइस लिएर एउटा टोली सगरमाथाको आरोहणमा जानेछ भने अर्को टोलीले नेपाल र भारतका सात स्थानबाट त्रिकोणमितीय विधिबाट सगरमाथाको उचाई मापन गर्ने भारतको प्रस्ताव छ ।
सर्वे अफ इण्डियाका प्रमुख स्वर्णसुब्बा रावले दुई देशबीच सहमति भए अब आउने दुई महिनाभित्र सगरमाथाको उचाइ नाप्न सुरु गरिने बताएका छन् ।
-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा