मन्दिरमा नरिवल किन फोडिन्छ?

Screenshot_2017-04-10-06-32-20-picsay

उत्पति कसरी भयो?

वैदिक कथाहरुमा यसको उत्पतिको बारेमा राम्रोसंग उल्लेख गरेको पाइदैन। तर पुराण अनि महाकाव्यहरुमा भने यसको बारेमा उल्लेख गरेको पाइन्छ। यो फल इन्डोनेशियामा पाइन्थ्यो अनि पहिलो शताब्दी पछिको समयमा उत्तरी एशियातिर भित्र्याइएको जनाइन्छ।

कहिले प्रयोग गरिन्छ ?

नरिवललाइ धेरै जस्तो शुभकार्यको अगाडी प्रयोग गरिन्छ। तोरण झै घरको ढोकामा कुनै शुभकार्य पुर्व नरिवल फोडिन्छ। नरिवललाइ उर्वरताको प्रतिक मानिन्छ। त्यसैले धार्मिक विश्वास अनुसार, यदि कोही स्त्रीलाइ सन्तानको इच्छा भएमा नरिवलको रुख

रोपेमा सन्तान प्राप्ति हुनेछ।

नरिवललाइ विवाह, कुनै चाडपर्व, नयाँ सवारी साधनको प्रयोग गर्दा, बाटो तथा पुल निर्माण गर्दा, घरको जग हाल्दा आदी कार्यमा पनि प्रयोग गरिन्छ। कुनै कार्यको शुभारम्भ पुर्वनै सबै काम राम्रोसंग होस् भनि नरिवल प्रयोग गरिने धार्मिक मान्यता छ।

कसरी प्रयोग गरिन्छ?

पानीले भरिएको जगको माथी नरिवल र आँपको पात राखेर महत्वपुर्ण कार्य अगाडी वा कोहीलाइ स्वागत गर्दा नरिवलको पुजा गरिन्छ। नरिवललाइ दुइ टुक्रा बनाइ भगवानलाइ चढाइन्छ र पछि प्रसादको रुपमा बाँडिन्छ। नरिवलको रुखलाइ पनि फल जतिकै शुभ मानिन्छ। चलिआएको विश्वास अनुसार नरिवलको रुख विनाश गर्नेको पनि विनाश हुने बताइन्छ।

भगवानलाइ किन चढाइन्छ नरिवल?

शुभकार्यको अगाडी भगवानको मुर्ती अगाडी नरिवल चढाइन्छ। यो प्रथाको पछाडी भयानक अर्को प्रथा लुकेको छ।
परापुर्वककालमा मानिसको बलिदान गरिन्थ्यो। पुजाआजा गर्दा कुनै महत्वपुर्ण कार्यको अगाडी मानिसलाइ नै चढाउने चलन थियो। पछि यो कार्यमा कुरा उठ्न थालेपछि मानिसको ठाँउमा नरिवलले काम चलाउन थालियो।

तर नरिवल नै किन छानियो?

मानिस को सट्टा नरिवल नै किन प्रयोग गरियो त? मानिसको टाउकोको प्रतिनिधित्वको लागि नरिवल प्रयोग गरिएको हो रे। नरिवलमा हुने दागहरुले मानिसको टाउको जस्तै भान गराउने हुनाले नरिवलनै छानिएको भनि भनिन्छ। पछि नरिवल चढाउने चलन प्रख्यात भयो अनि मानिसहरुले किन र कसरी भन्ने बिर्सन पनि थाले।

सांकेतिक अर्थ

नरिवल फुटाउदा सांकेतिक रुपमा व्यक्तिको अहंकारपनि टुट्ने बुझिन्छ। अहंकारलाइ व्यक्तिगत अनि आध्यात्मिक बिकासको लागि सबैभन्दा ठुलो शत्रु मानिन्छ।

हिन्दु ग्रन्थ अनुसार नरिवल फलनै ऋषि विश्वामित्रले बनाएका थिए। राजा सत्यवर्त मानिसकै रुपमा स्वर्गलोक जान चाहन्थे तर स्वर्गका देवताहरुले आउन नदिएको कारणले सहयोगार्थ विश्वामित्रले नरिवलको उत्पति गराएका थिए। सत्यवर्त सूर्यवंशका चर्चित अनि धर्मात्मा राजा थिए। सत्यवर्तको एउटै इच्छा थियो, आफ्नो शरिर समेत नै स्वर्गलोक हुने।

अन्य प्रयोग

भित्री फलबाहेक नरिवलको अन्य भागहरु पनि प्रयोगमा ल्याइन्छ। बाहिरको कडा भाग फर्निचरहरुमा विभिन्न कामको लागि प्रयोगमा ल्याइन्छ। भित्री फलह त्यतिकै खान तथा अन्य परिकारहरुमा मिसाएर खाइन्छ। भित्री फलबाट तेलपनि निकाल्न सकिन्छ। यो तेल पकाउने कामको साथै सौन्दर्य सम्बन्धि विभिन्न प्रयोजनमा प्रयोग गरिन्छ। नरिवलको तेलले कपाल कालो बनाउने अनि चाडै फुल्नबाट रोक्ने गर्दछ।

नरिवलको पानी स्वास्थ्यको लागि राम्रो मानिन्छ। गर्मी क्षेत्रमा पाइने नरिवलले जमिनको नुनिलो पानी सोसेर मिठो पानी उत्पादन गर्छ। पेट, आन्द्रा तथा किड्नीको लागि नरिवल पानीले राम्रो गर्दछ। किड्नीमा पथ्थरी छ भने नरिवल पानीले घुलाउने काम पनि गर्छ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

सरकारी निवेदनमा अब एकरूप ढाँचा

  काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता

सम्बन्धविच्छेदको मिलापत्र : मुद्दाको अन्त्य मात्र होइन, जिम्मेवार नयाँ जीवनको कानुनी सुरुवात

– अधिवक्ता तारानिधि पन्त नेपालमा सम्बन्धविच्छेदका घटना निरन्तर बढिरहेका छन्। केही दशकअघि समाजमा दुर्लभ मानिने

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

विदेशमा रहेका नेपालीलाई मतदानका लागि ५ मोडेल प्रस्ताव

 साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित