पारस र प्रियंकाले भने : सानैदेखि बचत नगरेर गल्ती गरिएछ

paras-priyanka-rabina-deshraj-768x488

२७ चैत, काठमाडौं । सानै उमेरदेखि बचत संस्कृति विकास गर्ने उद्देश्यले मेगा बैंक नेपाल लिमिटेडले ‘नानीमा लागेको बानीः आज बचाउँ-जिन्दगीभरी रमाउँ’ नामक अभियानलाई तीव्रता दिएको छ ।

यसैक्रममा शनिबार काठमाडौंको डिल्लीबजारस्थित साब पब्लिक स्कूलमा आयोजित कार्यक्रममा मेगा बैंकको सद्भावना दूतको रुपमा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का र चर्चित अभिनेत्री प्रियंका कार्कीले सानै उमेरदेखि बचत गर्ने बानीको विकास गर्न बालबालिका तथा अभिभावकहरुलाई अनुरोध गरे ।

‘सानै उमेरदेखि बैंकमा बचत खाता खोल्ने हो भने बालबालिकाहरुमा बचाउनुपर्छ भन्ने बानीको विकास हुन्छ, त्यसैले आफ्ना सन्तानहरुलाई स्वतस्फूर्त रुपमा बचत गर्ने बानीको विकास गराउनुस्’, कार्यक्रमका प्रमुख अतिथि रहेका क्रिकेट टिमका कप्तान खड्काले भने, ‘बालबालिकाहरुको पहिलो प्राथमिकता पढाइ नै हो, तर उनीहरुलाई सानैदेखि अन्य कुराहरु पनि सिकाउनुपर्छ ।’

यसैगरी, नायिका कार्कीले नानीदेखि लागेको बानीले नै हरेक मानिसको जीवनमा मुख्य प्रभाव पर्ने भएकोले यो अभियानले युवाहरुमा विद्यार्थी जीवनबाट नै बचत गर्ने संस्कृतिको विकास हुने विश्वास लिएको बताइन् ।

‘सानो हुँदा मसँग भएको सबै रकम खाने र खेल्ने कुराहरु किनेर सिध्याइहाल्थें, तर अहिले महसुस हुँदैछ त्यो ठीक होइन रहेछ’, नायिका कार्कीले भने, ‘थोरै रकम भए पनि सानैदेखि बचत गर्ने बानी बसालौं, रकम खेर नफालौं ।’

कार्यक्रममा मेगा बैंकका अध्यक्ष तथा सूर्योदय शिक्षा फाउन्डेशनका अध्यक्ष भोजबहादुर शाहले क्रिकेटर खड्का र अभिनेत्री कार्कीले मेगा बैंकको अभियानलाई साथ दिएकोमा खुसी व्यक्त गरे ।

उनले भने- ‘बालबालिका र युवाहरुमा बचत गर्ने बानीको बिउ रोप्न मेगा सद्भावना दूत पारस खड्का र प्रियंका कार्कीले उत्कृष्ट भूमिका खेल्नुहुने हाम्रो विश्वास छ ।’

मेगा बैंककी सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठले युवाहरुलाई बैंकिङ शिक्षाको माध्यमबाट बचत गर्ने बानीको विकास गराउन क्रिक्रेटर खड्का र सिनेस्टार कार्की देशभरका विद्यार्थीमाझ पुग्ने बताइन् ।

उनले भनिन्- ‘यो अभियानको मुख्य उद्देश्य भनेको देशभरका स्कूल र कलेजका विद्यार्थीमाझ पुगेर बैंकिङ बानीको प्रोत्साहन गर्दै ‘मेगा सम्बन्ध’ स्थापना गर्ने र मेगा बैंकमा खाता खोली बचत गर्ने बानीको थालनी गर्ने रहेको छ । बचत गर्ने संस्कृतिले मेगा बैंकलाई मात्र नभई सिंगो समाज र देशलाई नै फाइदा पुर्‍याउने हाम्रो विश्वास छ ।’

‘हलोदेखि हाइड्रोसम्म’लाई आफ्नो मुख्य नारा बनाउँदै आएको मेगा बैंकले यसअघि पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत युवा तथा बालबालिकाको क्षेत्रमा लगानी गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मौद्रिक नीति २०८१/८२ : पुँजीकोषको चाप व्यवस्थापन गर्न सहज नीति

काठमाडौँ, साउन ११  गते ।  बैंक तथा वित्तीय संस्थाको पुँजीकोषमा परेको दबाब व्यवस्थापन गर्न नेपाल

 अभाव सम्बोधन गर्नेगरी मौद्रिक नीति आउने: अर्थमन्त्री पौडेल

साउन ७,काठमाडौँ।  अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिलेको अभावलाई सम्बोधन गर्नेगरी मौद्रिक नीति आउने बताउनुभएको छ ।

आज नेप्से २३ दशमलव २५ अङ्कले बढ्यो

असार २६,काठमाडौँ, । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २३ दशमलव २५ अङ्कले बढेको छ ।

‘युवालाई उत्पादनसँग जोड्न विशेष कार्यक्रम’

 असार २३, काठमाडौँ।  नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले युवालाई उत्पादन र उद्यमसँग जोड्न विशेष कार्यक्रम

पाँच दशमलव ६० अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौँ, असार ११ गते । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको वृद्धि देखिएको छ ।

सोह्रौँ योजना कार्यन्वयनमा लगानीका चुनौती

 जेठ १७, काठमाडौँ। सोह्रौँ योजना कार्यान्वयनका लागि लगनी मुख्य चुनौतीको रुपमा देखिएको सरोकारवालाले बताउनुभएको छ । राष्ट्रियसभा,