इलाममा गाईले पनि रेडियो सुन्छन्

२४ चैत , इलाम । गाई पनि रेडियो सुन्छन् भन्दा तपाई पत्याउनुहुन्नहाेला  ।  तर इलाममा जब गाईले रेडियो सुन्छन्  ‘पाउर काडेर’ ( फिँज काडेर) मस्त हुन्छन् ।

COW-12-768x474सफा, चटक्क परेको गाईगोठ देखेर यहाँ घुम्न आउने अनेकौँ कृषकहरु मन्त्रमुग्ध हुन्छन् र नयाँ प्रविधि र तरिका सिकेर फर्किन्छन् ।

गाईलाई तनावमुक्त वातावरण तयार गर्न इलामको सूर्योदय नगरपालिका–३ स्थित भालुखोपको त्रिबदर्श गाई फार्ममा रहेका उन्नत जातका गाईले विभिन्न एफएम रेडियोको भजन र आधुनिक गीत सुनेर मनोरञ्जन लिन्छन् ।

त्रिबदर्श गाई फार्मका सञ्चालक कुमार रेग्मीले गाईलाई कुनै पनि प्रकारको ध्वनिले तनाव नदिनका लागि विभिन्न एफएम रेडियो सुनाएको र त्यसले दूधको उत्पादन नघटेको बताए ।
उनले त्यहाँस्थित चियाबारी एफएम, इलाम एफएम, पाथीभरा एफएममा आउने बिहानका भजन र दिउँसो आउने विभिन्न गीत सुनाएर दूध उत्पादनमा कमी आउन नदिन गाईलाई रेडियो सुनाएको जानकारी दिए ।
गाईवस्तु तनावमुक्त भएपछि दूध उत्पादन नघट्ने गरेकाे उनले बताए ।  सफा, चटक्क परेको गाईगोठमा अनेकौँ कृषक उनले सञ्चालन गरेको फार्मबाट मन्त्रमुग्ध हुन्छन् र नयाँ प्रविधि, तरिका सिकेर फर्किन्छन् ।

व्यावसायिकरुपमा अधिकतम ४० वटा होल्स्टेन नामक उन्नत जातका गाईपालन गरेर दैनिक रु दश हजार ५ सयसम्म आम्दानी गरेका रेग्मीले अहिले दैनिक एक सय ५० लिटर दूध उत्पादन भइरहेको बताए ।
उनले भने ‘ व्यावसायिक गाईफार्ममा दूधबाट मात्रै आम्दानी लिदैनाै, गाईको मल र मूत्रबाट पनि आम्दानी लिइरहेका छौँ ।’  युवा धेरै विदेशिएको अवस्थाले आफ्नै देशमा काम गर्नुपर्छ भन्ने सोचका साथ आफ्ना तीन भाइको सल्लाहमा व्यावसायिक गाई फार्म सञ्चालन भएको जानकारी दिँदै रेग्मीले तत्काल नाफाभन्दा पनि पाँच वर्षको लक्ष्य लिएर फार्म सञ्चालन गरेको बताP .

उनले परम्परागतरुपमा गरिने गाईपालनबाट लक्ष्य हासिल गर्न कठिनाइ हुने तर्क गर्दै आधुनिक र समयसापेक्ष रुपमा गाईपालन गर्दा कति दाना गाईलाई खुवाउँदा लागत घट्छ त्यसको हेक्का राख्नुपर्ने बताए ।

गाउँघरका धेरै साथी विदेश गए, मलाई पनि जाउँ जाउँ लागेको थियो, तर उनीहरु फर्केपछि पुरानै अवस्थामा आए । त्यही भएर दिगो लाभ लिन मैले गाईफार्म सञ्चालन गर्ने सोच बनाएँ, गाई फार्म सञ्चालनको कारण बताउँदै रेग्मीले सुनाए ।

विसं २०७० देखि तीन दाजुभाइ, कुमार, यमकुमार र अरुण रेग्मीले सञ्चालन गरेको गाई फार्ममा सुरुको चरणमा  १० लाखको लगानी भएको थियो तर पछि फार्ममा जम्मा  ५० लाखको लगानी भएको थियो ।

गोठ सुधारलगायतका विभिन्न कार्यक्रमबाट पटकपटक अनुदान लिएका रेग्मीले नयाँ प्रविधिमार्फत गाई दुहुनुहुन्छ । ‘मिल्किङ मेसिन’ नामक उपकरण गाईको थुनमा जडान गरेर ६ देखि १५ मिनेटमा दुई वटा गाई दुहुन सकिने जानकारी दिँदै उनले बढीमा २६ लिटरसम्म दूध दुहुन सकिने बताए ।

व्यवसायिक फार्मका लागि ११० रोपनी जग्गा लिजमा लिएर अम्रिसो र नेपियर घाँस उत्पादन गरेर १० केजी सुक्खा घाँसमा दुई केजी हरियो घाँस मिलाएर पशु आहारा पूरा गरेको उल्लेख गरे ।

भारतको पटनाबाट झन्डै रु तीनलाखको लागतमा सो उन्नत जातको गाई भित्र्याएर फार्म सुरु गरेका रेग्मीले ७५ प्रतिशत बिमा गरेकाछन्र्नुर ।

जिल्ला पशुसेवा कार्यालय, धुलिखेलका प्रमुख डा नारायण श्रेष्ठले पशुको मनमा भएको त्रास हटाउन संगीत प्रयोगमा आएको जानकारी दिँदै त्यसबाट उत्पादनमा वृद्धि हुने र पशु स्वास्थ्य पनि राम्रो हुने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

गाडी भाडा वृद्धि

  चैत २५, काठमाडौँ । सरकारले सार्वजनिक यातायातको भाडादर वृद्धि गरेको छ। इन्धनको मूल्यमा भएको

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबिच भेट

वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री

नेपाल विद्युत प्राधिकरणद्धारा २४ वटा सौर्य आयोजनको पीपीए स्वीकृत

काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद

सरकारका नीतिप्रति दातृ निकायहरूको समर्थन व्यक्त

काठमाडौं, असोज १० (शुक्रबार)। अर्थ मन्त्रालयमा आज स्थानीय दातृ निकाय र अन्तर्राष्ट्रिय साझेदार निकायका प्रमुखहरूसँग

नेपालमा लगानी गर्न कुनै अवरोध छैन : प्रधानमन्त्री ओली

काठमाडौँ, भदौ ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी तथा उद्यम गर्न कुनै अवरोध