वाचिम्ले लघु जलविद्युुतको सेयर खुला

share-ipo-768x625२४ चैत, भोजपुर । भोजपुरको ट्याम्केमयुङ्ग गाउँपालिकामा रहेको वाचिम्ले लघु जलविद्युुत परियोजनाको सेयर खुला गरिएको छ ।

वाचिम्ले खोलाबाट उत्पादन हुन लागेको लघु जलविद्युुत स्थानीयको मागअनुसार सेयर खुल्ला गरिएको हो । सेयर लिन इच्छुकले न्यूनतम प्रतिकित्ता एकसयको १० कित्तादेखि एक हजार सेयर कित्तासम्म लिन पाउने भएका छन् ।

चालिस किलोवाट क्षमता रहेको परियोजना आगामी वैशाख मसान्तदेखि सञ्चालनमा आउने भएको हो । परियोजना निर्माणका लागि हाउजिङ एन्ड हाइड्रो कम्पनी प्रालिले ७१ लाख ५१ हजारमा ठेक्का लिएर निर्माण कार्य थालेको छ । यतिबेला ठाउँठाउँमा पोल गाड्ने काम भइरहेको छ ।

सोलार र दाउराको उज्यालोमा बस्न बाध्य यहाँका स्थानीय विद्युत् आउने भएपछि निकै खुसी छन् । विद्युत विस्तार भएपछि स्थानीयस्तरमा रहेका कुटानीपिसानीसमेत सहज हुने र कुटानीपिसानीको खर्च समेत कम हुने स्थानीय प्रेम खवासले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ठगीको आरोपमा सुजाता कोइरालाका पूर्व पीए केशव दुलाल पक्राउ

१३चैत,काठमाडौं। नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाई दिने भन्दै ठगी गरेको आरोपमा नेपाली कांग्रेसकी नेतृ

साउनदेखि फागुनसम्म भारतसँग मात्रै नेपालको व्यापार घाटा पौने ६ खर्व

१२चैत,काठमाडौं। साउनदेखि फागुनसम्मको पछिल्लो ६ महिनामा भारतसँग मात्रै नेपालको व्यापार घाटा पौने ६ खर्ब पुगेको

भृकुटी मण्डपमा नेपाल फाईभ पी अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु

१० चैत,काठमाडौँ । नेपाल फाइभ पी प्रदर्शनी आजदेखि सुरु भएको छ ।  नेपाली काँग्रेसका महामन्त्री

आठ महिनामा भित्रियो ३६ अर्ब ९० करोडभन्दा बढीको सुन

१० चैत,काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८०को आठ महिना साउन देखि फागुन सम्ममा विभिन्न देशबाट

नेपालको सार्वजनिक ऋण २० खर्ब ८० अर्ब रुपैयाँ : फागुनमा मात्रै १० अर्ब रूपैयाँ ऋण

९ चैत,काठमाडौं। नेपालको सार्वजनिक ऋण २० खर्ब ८० अर्ब रूपैयाँ पुगेको छ। फागुनमा मात्रै १०

पछिल्लो आठ महिनामा नेपालको व्यापार घाटा ९ खर्ब ५३ अर्ब रुपैयाँभन्दा बढी

८ चैत,काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को आठ महिना साउन देखि फागुनसम्म नेपालको कुल