पशुपतिमा नैतिक पतन भएका नांगा बाबाको लिंग ढोग्न मरिहत्ते गर्ने नारीको चर्तिकला

 imagesnanga-baba
काठमाडौं, हिन्दु धर्म हो वा होइन भन्ने विषयमा भारतको उच्च अदालतले विषय प्रवेशै नगरि हिन्दु जीवन पद्धति भएको फैसला गर्यो । हिन्दुलाई धर्मकै रुपमा व्याख्या गर्नेहरुले पनि यसलाई संसारको उदार धर्म भनेर तर्क गर्छन ।

यसमा कुनै अनिवार्य र अपरिहार्य फ्रेम छैन । हिन्दु ग्रन्थमा मनु स्मृतिले वर्णाश्रम व्यवस्थालाई वढी जोड दिएको छ । गरुढ पुराण र स्वस्थानीले महिलाहरुलाई होच्याएको आभाष हुन्छ । महाभारत र रामायण लडाई र सत्यको पक्षमा उभिएका शास्त्रहरु हुन् ।mHhd9JXp9cy9wiwmR91ruNQwNRyaSixak1utSQjzdzcNM-v2gHt0f4kGCT4gYUOIxxo=h900

चारवाक लगायत केहि ग्रन्थ उपदेशमुलक आदर्शवादी दर्शनमा आधारित छन् भने गिताले मानिसलाई लोभ,ईष्र्या,डाह र शक्तिको रागबाट विमुख गरि निष्ठामै केन्द्रीत गर्ने कोशिस गर्छ ।बेदभित्र विज्ञान, साहित्य, ब्रह्रमाण्डिय रहस्य, दर्शन, प्रशासन,राज्यसञ्चालनका विधि, पद्धति, आर्थिक ढाँचा लगायतलाई छुने कोशिस गरिएको छ ।

बेद हिन्दु धर्म, जीवन पद्धति, पूर्वीय दर्शन,पूर्वीय सभ्यता अझ भनौं हिन्दुज र इन्डुज सभ्यता एवं सँस्कृतिसंग जोडिएको एक ग्रन्थ हो । पूर्वीय दर्शन, इतिहास,सभ्यता र जीवन पद्धतिको खोज एक महत्वपूर्ण पक्ष होला त्यो अर्को पाटो हो ।

तर मानव समाज सभ्यता र कानुनको जगमा जहाँ उभिएको छ त्यहाँ केहि वाञ्छित र अवाञ्छित आचरणहरु समाज सञ्चालनका मुख्य पहलुभित्र पर्दछन् । संविधान र कानुनका अतिरिक्त सामाजिक संरचनाको सन्तुलन, विकास र रक्षाका लागि आचरणहरु पनि त्यत्तिकै महत्वपूर्ण हुन्छन् ।naga-1

धर्म सँस्कार, सँस्कृति र सभ्यता भित्र रहेका केहि अन्धविश्वास, कुरिती, भद्दा र गतिछाडा परम्परागत कुसँस्कार छन भने त्यसलाई परिष्कृत गर्न नसक्ने वा नचाहने मानव समाज फगत निकम्मा समुदाय हो । पशुपतिका दृष्यहरुले त्यहि संकेत गर्छन ।शिवरात्रीको दर्शनमा नांगा बावाहरुको लिंग ढोग्ने हो भने संसारमा यसभन्दा जड, रुढ, हाँस्यास्पद र लजास्पद दृष्य सायद अरु केहि हुनसक्दैन ।

१८ औं शताव्दीमा युरोपमा चर्चभित्र पादरीहरुको यहि मनपरितन्त्रले वेचैन भएका कार्लमाक्र्सले धर्म अफिम हो भन्ने टिप्पणी गरेका थिए पशुपतिका नांगा बावाले लिंगमा घण्ट झुण्ड्याउने र त्यहि ढोग्न लाम लाग्ने महिला पुरुषहरुको हविगत हेर्दा त्यो टिप्पणी नेपालको हकमा पनि सत्यको नजिक छ भन्ने आभाष हुन्छ ।

पशुपतिका नांगा बावाहरुको नग्न प्रदर्शन नेपाली समाज सुहाउँदो हर्कत होइन । या त ति वावाहरु मानसिक रोगी हुन् वा गंभिर नैतिक पतन भएर जेलहाल्न योग्य व्यक्तिहरु हुन् । गाँजाको तालमा समाजको मजाक उडाउने गरि निर्वस्त्र हिड्ने उनीहरुको पशुवत शैलि पशुपतिको मन्दिर र दर्शनार्थिकै लागि मजाकको विषय हो ।

 

हेर्नुहोस् भिडियो भारतमा कसरी लखेटेका छन् नांगाबाबा भनाउँदा अश्लिल हर्कत  गर्दै हिड्ने जोगीलाई

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च पदाधिकारीको सम्पत्ति छानबिन सुरु

काठमाडौँ, वैशाख १७ ।  सार्वजनिक पदमा रहेका तथा सेवा निवृत्त उच्च पदाधिकारीको सम्पत्ति छानबिन गर्न

मे दिवसको सन्दर्भमा  जिफन्टको  घोषणा: “अबको श्रमिक आन्दोलन नयाँ ढंगले अगाडि बढाउँँछाै”

बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)

नागरिक एपमै ड्राइभिङ लाइसेन्स छापिएको अवस्था हेर्न सकिने

काठमाडौँ, वैशाख १४ । सवारी चालक अनुमतिपत्र (क्यूआरयुक्त ड्राइभिङ लाइसेन्स) छापिएको वा नछापिएको अवस्था अब

संविधान संशोधन बहसपत्र कार्यदलको बैठक सिंहदरबारमा सुरु

वैशाख १०, २०८३। संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्ने कार्यदलको बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा

चौतर्फी बिरोधपछि २७ दिनमै राजीनामा दिन बाध्य भए गृहमन्त्री सुदन गुरुङ

काठमाडौं, बैशाख ९ । गृहमन्त्री सुदन गुरुङले पद सम्हालेको २७ दिनमै राजीनामा दिएका छन्। विवादित

ट्रेड युनियनको व्यवस्थापन कसरी ?

सरकार या व्यवस्थापनसमक्ष श्रमिक कर्मचारीका तर्फबाट सामूहिक सौदाबाजी आधिकारिक ट्रेड युनियनले मात्र गर्न पाउँछ राष्ट्रिय