१६ चैत, काठमाडौं । बुधबार काठमाडौंबाट प्रकाशित दैनिक पत्रिकाहरुले नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकको निष्कर्षदेखि प्रधानमन्त्रीको चीन भ्रमणसम्बन्धी समीक्षात्मक समाचारलाई फ्रन्टपेजमा स्थान दिएका छन् ।
कांग्रेस बैठकले सर्वोच्चद्वारा सरकारमाथि हस्तक्षेप भएको निष्कर्ष निकालेको छ । र, स्थानीय निर्वाचनको उम्मेदवार छनोटको जिम्मा स्थानीयस्तरमा नै दिएको छ । त्यस्तै साताव्यापी चीन भ्रमण सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल बुधबार स्वदेश फर्कँदै छन् ।
आर्थिक वृद्धिदर ५ दशमलव ५ प्रतिशत प्रक्षेपण गरिएकोलाई मुख्य समाचार बनाएको नयाँ पत्रिका दैनिकले ७ वैशाखभित्र कांग्रेसले उम्मेदवार टुङ्गो लगाउने समाचारलाई प्राथमिकता दिएको छ ।
अन्नपूर्ण पोस्ट् दैनिकले कांग्रेस बैठकले सार्वोच्च अदालतबाट सरकारमाथि हस्तक्षेप भएको निष्कर्ष निकालेको समाचार र नेपाली आमाका सन्तानलाई अंगीकृत नागरिकता दिन गृहमन्त्रालयलाई सार्वोच्च अदालतले परमादेश दिएको समाचारलाई महत्वका साथ छापेको छ ।
चुनावी माहोलले सेयर बजारमा उत्साह बढेकोलाई प्राथमिकता दिएको नागरिक दैनिकले अदालतका कारण सडक चौडा बनाउने अभियान अडि्कएको समाचारलाई फ्रन्टपेजमा छापेको छ ।
अब कक्षा १ मै प्रवेश परीक्षा दिनुपर्नेलाई कान्तिपुर दैनिकले खास महत्व दिएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले लेबी शुल्क नबुझाउने कार्यकर्ता उम्मेदवार बन्न नपाउने निर्देशन दिएकोलाई मुख्य समाचार बनाएको राजधानी दैनिकले मधेसी मोर्चालाई मनाउन दुई नम्बर प्रदेशमा स्थानीय तह थप्ने तयारी भएको समाचारलाई प्राथमिकताकासाथ प्रकाशित गरेको छ ।
स्थानीय तहका एकाइ थप्ने सरकारको निर्णयलाई अदालतले बैधानिकता दिएको समाचारलाई गोरखापत्र दैनिकले महत्व दिएर छापेको छ । नेपाल समाचारपत्र दैनिकले पूर्वराजको नातिको भोलि व्रतबन्ध हुने समाचारलाई फ्रन्टपेजमा छापेको छ ।
मंगलबार, १४ चैत्र २०७९,नेपाल सरकारले आगामी २०८० को वैशाखदेखि लागु हुने गरी अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई
१४ चैत,काठमाडौं । मन्त्रालय भागबन्डाको टुंगो लगाउन आज पनि सत्ता गठबन्धनको बैठक बस्दैछ । आज
१३ चैत,काठमाडौं। सरकारले सवारी चालक अनुमतिपत्र लाइसेन्स छाप्न नयाँ प्रिन्टिङ मेसिन खरिद खरिद गर्ने भएको
१३ चैत,काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले जघन्य अपराधमा अपराधीलाई उन्मुक्ति दिन नमिल्ने बताएका
१३चैत,काठमाडौं। नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाई दिने भन्दै ठगी गरेको आरोपमा नेपाली कांग्रेसकी नेतृ
१२चैत,काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मदिरा सेवन गर्ने मानिस एमालेको कार्यकर्ता हुन नसक्ने