March 29, 2017

आज प्रकाशित पत्रिकाहरुका मुख्य समाचारहरु

१६ चैत, काठमाडौं । बुधबार काठमाडौंबाट प्रकाशित दैनिक पत्रिकाहरुले नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकको निष्कर्षदेखि प्रधानमन्त्रीको चीन भ्रमणसम्बन्धी समीक्षात्मक समाचारलाई फ्रन्टपेजमा स्थान दिएका छन् ।

 

कांग्रेस बैठकले सर्वोच्चद्वारा सरकारमाथि हस्तक्षेप भएको निष्कर्ष निकालेको छ । र, स्थानीय निर्वाचनको उम्मेदवार छनोटको जिम्मा स्थानीयस्तरमा नै दिएको छ । त्यस्तै साताव्यापी चीन भ्रमण सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल बुधबार स्वदेश फर्कँदै छन् ।

आर्थिक वृद्धिदर ५ दशमलव ५ प्रतिशत प्रक्षेपण गरिएकोलाई मुख्य समाचार बनाएको नयाँ पत्रिका दैनिकले ७ वैशाखभित्र कांग्रेसले उम्मेदवार टुङ्गो लगाउने समाचारलाई प्राथमिकता दिएको छ ।

अन्नपूर्ण पोस्ट् दैनिकले कांग्रेस बैठकले सार्वोच्च अदालतबाट सरकारमाथि हस्तक्षेप भएको निष्कर्ष निकालेको समाचार र नेपाली आमाका सन्तानलाई अंगीकृत नागरिकता दिन गृहमन्त्रालयलाई सार्वोच्च अदालतले परमादेश दिएको समाचारलाई महत्वका साथ छापेको छ ।

चुनावी माहोलले सेयर बजारमा उत्साह बढेकोलाई प्राथमिकता दिएको नागरिक दैनिकले अदालतका कारण सडक चौडा बनाउने अभियान अडि्कएको समाचारलाई फ्रन्टपेजमा छापेको छ ।

अब कक्षा १ मै प्रवेश परीक्षा दिनुपर्नेलाई कान्तिपुर दैनिकले खास महत्व दिएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले लेबी शुल्क नबुझाउने कार्यकर्ता उम्मेदवार बन्न नपाउने निर्देशन दिएकोलाई मुख्य समाचार बनाएको राजधानी दैनिकले मधेसी मोर्चालाई मनाउन दुई नम्बर प्रदेशमा स्थानीय तह थप्ने तयारी भएको समाचारलाई प्राथमिकताकासाथ प्रकाशित गरेको छ ।

स्थानीय तहका एकाइ थप्ने सरकारको निर्णयलाई अदालतले बैधानिकता दिएको समाचारलाई गोरखापत्र दैनिकले महत्व दिएर छापेको छ । नेपाल समाचारपत्र दैनिकले पूर्वराजको नातिको भोलि व्रतबन्ध हुने समाचारलाई फ्रन्टपेजमा छापेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

ओलीको अडान : ‘अहिले नेतृत्व छाड्दिनँ’

२०८३ साउन ३०, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कठिन परिस्थितिमा

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा