नेपाली पर्यटकीय डकुमेन्ट्री निःशुल्क चीनियाँ टिभिले देखाउने

21858731-city-elevated-road-at-night-in-shanghai-China-Stock-Photoकाठमाडौं । सरकारले विदेशी टेलिभिजनहरुमा नेपाली पर्यनटबारेको वृत्तचित्र प्रशारण सुरु गर्ने भएको छ । यसका लागि पहल थालेको सरकारले पहिलो चरणमा चीनका टेलिभिजनबाट नेपाली पर्यटकीय क्षेत्रको बारेमा डकुमेन्ट्री तयार गरेर प्रशारण गर्दैछ । यसका लागि नेपालकातर्फबाट कुनै खर्च भने गरिने छैन ।

चीनको सिचुवान प्रान्तमा मूख्य कार्यालय रहेको छियान टेलिभिजनले अब नेपालका सम्पदा तथा पर्यटकिय स्थलहरुबारेको डकुमेन्ट्री निशुल्क प्रसारण गर्ने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिब शंकर शर्माकाअनुसार नेपाल टेलिभिजन र छियान टेलिभिजनबीच यस्तो सम्झौता भएको छ । अब यो टेलिभिजनले नेपाल टेलिभिजनले उपलब्ध गराएकेा डकुमेन्ट्री छियान टेलिभिजनले निःशुल्क प्रशारण गर्नेछ ।

नेपाल टेलिभिजनले पनि यस्तो खालका डकुमेन्ट्री निशुल्क उपलब्ध गराउनेछ । शर्माले भने ‘केहि दिन अघि चीन गएको समयमा भएको सम्झौताअनुसार अब छियान टेलिभिजनले निशुल्क रुपमा हाम्रा सम्पदाको डकुमेन्ट्री प्रसारण गर्नेछ ।’

साथै छियानले नेपालका बिभिन्न पर्यटकीय स्थलहरुको आफैंले पनि दृश्य खिचेर प्रसारण गर्ने भएको छ । शर्माले भने ‘केहि दिनभित्रै छियानको एक समूह आएर पोखराको दृश्य कैद गर्ने तयारी गर्दैछ ।’

चीनबाट नेपाल आउने पर्यटकमा वृद्धि गर्नको लागि मन्त्रालयले यसखालको पहल गरेको हो । अहिले पनि नेपाल आउने पर्यटकमा चिनियाँ पर्यटकको हिस्सा ठूलो रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

मिटरब्याजी तथा सहकारी ठग राजकुमार श्रेष्ठ पक्राउ

 कात्तिक २८ ,काठमाडौं । सहकारी ठगीका अभियुक्त तथा खुंखार मिटरब्याजी राजकुमार श्रेष्ठ पक्राउ परेका छन्

चीनद्वारा २८ करोड बराबरको राहत हस्तान्तरण

 कात्तिक २२, पोखरा। जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि राहत बोकेर दुई चिनियाँ जहाज आइपुगेका छन्

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

आज सन्दीपविरुद्धको मुद्दा सुनुवाइ हुँदै

काठमाडौँ, असोज २५ गते । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दाको पेसी आज हुँदै छ