नेपाली पर्यटकीय डकुमेन्ट्री निःशुल्क चीनियाँ टिभिले देखाउने

21858731-city-elevated-road-at-night-in-shanghai-China-Stock-Photoकाठमाडौं । सरकारले विदेशी टेलिभिजनहरुमा नेपाली पर्यनटबारेको वृत्तचित्र प्रशारण सुरु गर्ने भएको छ । यसका लागि पहल थालेको सरकारले पहिलो चरणमा चीनका टेलिभिजनबाट नेपाली पर्यटकीय क्षेत्रको बारेमा डकुमेन्ट्री तयार गरेर प्रशारण गर्दैछ । यसका लागि नेपालकातर्फबाट कुनै खर्च भने गरिने छैन ।

चीनको सिचुवान प्रान्तमा मूख्य कार्यालय रहेको छियान टेलिभिजनले अब नेपालका सम्पदा तथा पर्यटकिय स्थलहरुबारेको डकुमेन्ट्री निशुल्क प्रसारण गर्ने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिब शंकर शर्माकाअनुसार नेपाल टेलिभिजन र छियान टेलिभिजनबीच यस्तो सम्झौता भएको छ । अब यो टेलिभिजनले नेपाल टेलिभिजनले उपलब्ध गराएकेा डकुमेन्ट्री छियान टेलिभिजनले निःशुल्क प्रशारण गर्नेछ ।

नेपाल टेलिभिजनले पनि यस्तो खालका डकुमेन्ट्री निशुल्क उपलब्ध गराउनेछ । शर्माले भने ‘केहि दिन अघि चीन गएको समयमा भएको सम्झौताअनुसार अब छियान टेलिभिजनले निशुल्क रुपमा हाम्रा सम्पदाको डकुमेन्ट्री प्रसारण गर्नेछ ।’

साथै छियानले नेपालका बिभिन्न पर्यटकीय स्थलहरुको आफैंले पनि दृश्य खिचेर प्रसारण गर्ने भएको छ । शर्माले भने ‘केहि दिनभित्रै छियानको एक समूह आएर पोखराको दृश्य कैद गर्ने तयारी गर्दैछ ।’

चीनबाट नेपाल आउने पर्यटकमा वृद्धि गर्नको लागि मन्त्रालयले यसखालको पहल गरेको हो । अहिले पनि नेपाल आउने पर्यटकमा चिनियाँ पर्यटकको हिस्सा ठूलो रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

सम्बन्धविच्छेदको मिलापत्र : मुद्दाको अन्त्य मात्र होइन, जिम्मेवार नयाँ जीवनको कानुनी सुरुवात

– अधिवक्ता तारानिधि पन्त नेपालमा सम्बन्धविच्छेदका घटना निरन्तर बढिरहेका छन्। केही दशकअघि समाजमा दुर्लभ मानिने

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा

शशिभूषण यादव विरुद्धको सम्पत्ति शुद्धिकरण मुद्दामा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

काठमाडौँ, वैशाख २५ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका तत्कालीन वरिष्ठ

जिफन्टद्वारा काठमाडौंमा मे डे र्याली (फोटो फिचर)

काठमाडौं, १८ वैशाख ।  नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे डे) का