एनसेल प्रकरणः पूर्वमिस नेपाल लिम्बू र नागरिक अगुवाले जलाए सीम (भिडियोसहित)

 

चैत्र – 13 । निजी क्षेत्रको मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले सरकारलाई बुझाउन बाँकी रहेको पुँजीगत लाभकर नबुझाएको विरोधमा शनिवार ललितपुरको पाटन दरबार क्षेत्रमा एनसेलको सिम जलाउने कार्यक्रम सम्पन्न भएको छ । नागरिक अभियान नेपालले एनसेलले सरकारलाई बुझाउन बाँकी ३३ अर्ब पुँजीगत लाभकर अविलम्व बुझाउन माग गर्दै विरोधस्वरुप एनसेलका सीम जलाइएको हो

सीम जलाउने कार्यक्रम नागरिक अभियान नेपालको अगुवाइमा भएको हो । नागरिक अभियान गतसाता पनि काठमाडौंको भद्रकालीमा एनसेलको विरोध कार्यक्रम गरेको थियो ।

पाटन दरबार क्षेत्रमा भएको कार्यक्रममा सन् २०१४ की मिस नेपाल सुविन लिम्बू, मानवअधिकारी संस्था ईन्सेकका प्रमुख सुवोधराज प्याकुरेल, नागरिक अभियानका सदस्य हरिराम रिमाल र नयाँ शक्तिका नेता तथा सामाजिक अगुवा निर्मल भट्टराईले सीम जलाए । उनीहरुले सांकेतिक रुपमा बनाएको एनसेलको सिम जलाएका थिए ।ncell-protest-patan-05
ncell-protest-patan-09विरोध कार्यक्रममा बोल्दै नयाँ शक्तिका नेता भट्टराईले राज्यलाई कर तिर्ने दायित्वबाट कुनै पनि संस्थाले उन्मुक्ति नपाउने तर्क गरे । ‘हामीले प्रयोग गर्ने हरेक सामानमा कर तिर्नुपर्छ । मोबाइल होस अथवा मोटर हरेक पाटपुर्जा सबैमा अनिवार्य कर तिर्नुपर्छ, उनले भने –‘तर, एनसेलले कर तिर्दैन । यो सरासर ठगी हो । नेपालमा आएर व्यापार गर्ने, अर्बौ नाफा कमाउने रु यो विश्को कुनैपनि देशमा नहुने घटना हो । यस्तो हुनुमा नालायक नेता र सरकार दोषी छन् ।’
त्यसैगरि कार्यक्रममा बोल्दै पूर्वमिस नेपाल लिम्बूले एनसेलले हरेक नेपालीलाई ठगेको हुनाले सबै युवाले एनसेलको सीम चलाउन बन्द गर्नुपर्ने बताइन् । ‘म एनसेल विरोधि हूँ । अर्बौँ कमाएर कर नतिर्ने कम्पनीको सीम जलाउदाँ मलाई ग्लानी छैन् । ’ उनले भनिन्–‘ म आफूलाई गर्व महशुस गर्छु । किनकि, रेमिट्यान्सले धानेको देशमा आएर अर्बौँ लुट्ने कम्पनीका विरुद्ध सबै नेपालीहरुले यस्तै गर्नुपर्छ ।’

ncell-protest-patan-01
त्यसैगरि कार्यक्रममा बोल्दै ईन्सेकका प्रमुख प्याकुरेलले एनसेलले ३ करोड नेपालीलाई वर्षौदेखि लुट्दै आएको बताए । उनले एनसेलको सीम आफूले नचलाउनेसमेत दाबी गरे । ‘एनसेलले कर तिर्देन भने हामी पनि एनसेलको सीम नचलाउँ । नत्र सबैले एनसेललाई वहिस्कार गरौँ ।’

उनले एनसेलको विकल्पमा आफ्नै देशको सीम प्रयोग गर्न सुझाव दिँदै कर तिराउनका लागि दवाव सिर्जना गर्न आग्रह गरे । उनले भने, ‘एनसेलको विकल्प हाम्रो आफ्नै देशका सीम प्रयोग गरौँ । एनसेललाई दवाव सिर्जना गरौँ ।’

ncell-protest-patan-07प्रदर्शनमा अभियानका सदस्य रिमालले कर नतिर्ने र नतिराउनेविरुद्धको अभियान जारी रहने बताए । उनले भने, ‘अधिकार छ भन्दैमा सरकारले नीतिगत भ्रष्टाचार गर्ने र लाभ उठाउने कार्यमा लाग्छ भने लाखौँ जनता सडकमा उत्रिनेछन् ।’

सरकारले ३३ अर्ब करबाट एनसेललाई मुक्ति दिन खाजेपछि चौतर्फी बिरोध भएको छ । पाटन दरबार क्षेत्रमा भएको कार्यक्रममा विभिन्न पेशाा ब्यावसायमा आवद्ध युवा तथा सामाजिक अगुवाहरुको सहभागिता थियो । उनीहरुले एनसेल र सरकारको नीतिगत भ्रष्टाचार विरोधी नारा लगाउँदै विरोध जनाए । ‘नो ट्याक्स, नो एनसेल, नो डायल, नो रिसिभ ।’ ‘एनसेल ३३ अर्ब तत्काल फिर्ता गर ।’ ‘ ३३ अर्ब ल्याउँ फास्ट ट्रयाक आफै बनाउँ ।’ लेखिएका पम्प्लेट बोकेर विरोधमा उत्रिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

श्रम अधिकारमाथि बढ्दो हस्तक्षेपबारे जेटियुसिसीको अन्तर्राष्ट्रिय मञ्चमा चिन्ता

काठमाडौँ, जेठ २८ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) का अध्यक्ष विनोद श्रेष्ठले नेपालमा

छाया अर्थतन्त्रको संकट : जीडीपीको आधाभन्दा बढी अनौपचारिक क्षेत्रमा, अब नेपालले कस्तो भूमिका खेल्नुपर्छ ?

अधिवक्ता तारा निधि पन्त नेपालको अर्थतन्त्रमाथि छाया अर्थतन्त्र (Shadow Economy) को प्रभाव दिनप्रतिदिन गहिरिँदै गएको

शशिभूषण यादव विरुद्धको सम्पत्ति शुद्धिकरण मुद्दामा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

काठमाडौँ, वैशाख २५ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका तत्कालीन वरिष्ठ

जिफन्टद्वारा काठमाडौंमा मे डे र्याली (फोटो फिचर)

काठमाडौं, १८ वैशाख ।  नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे डे) का

उच्च पदाधिकारीको सम्पत्ति छानबिन सुरु

काठमाडौँ, वैशाख १७ ।  सार्वजनिक पदमा रहेका तथा सेवा निवृत्त उच्च पदाधिकारीको सम्पत्ति छानबिन गर्न

मे दिवसको सन्दर्भमा  जिफन्टको  घोषणा: “अबको श्रमिक आन्दोलन नयाँ ढंगले अगाडि बढाउँँछाै”

बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)