भक्तपुर गुठी संस्थानका सूचना अधिकृत ५० हजार घुससहित पक्राउ

Ghus-Bhaktapur-Guthi-768x510१३ चैत, भक्तपुर । भक्तपुर गुठी संस्थानका सहायक प्रशासक एवं सूचना अधिकारी छत्रबहादुर पौडेल ५० हजार रुपैयाँ घुससहित समातिएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले गुठी कार्यालयमा छापा मारेर पौडेललाई पक्राउ गरेको हो । चाँगु नगरपालिका ७ मा उमानाथ तिमिल्सेनाको नाममा रहेको गुठीको तीन रोपनी जग्गा उनका छोराहरुको नाममा नामसारी गर्ने क्रममा घुस लिँदालिँदै पौडेल अख्तियारको फन्दामा परेका हुन् ।

 

पौडेल विरुद्ध एक हप्ताअघि अख्तियारमा उजुरी परेपछि उनीमाथि निगरानी भइरहँदा आइतबार दिउँसो २ बजेतिर पौडेलले ५० हजार लिँदै गर्दा आयोगको टोलीले फेला पारेको हो ।

३०६ नम्बर कित्ता रहेको उक्त जग्गा नामसारी गर्न पैसा नलाग्ने भए पनि सेवाग्राहीले पहिले पाँच हजार दिँदा पौडेलले त्यति थोरै रकम खाने मान्छे नभएको भन्दै थर्काएका थिए । त्यसपछि सेवाग्राहीहरु अख्तियारमा पुगेका थिए । ५० हजार रुपैयाँमा पास गर्न मानेपछि उनलाई नगदसहित नियन्त्रणमा लिइएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

पहिलो पटक हुम्लामा स्याउको मूल्य निर्धारण

हुम्ला, असोज १७ गते । स्याउ उत्पादनको राम्रो सम्भावना भएको हिमाली जिल्ला हुम्लामा पहिलो पटक स्याउको

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ,  असोज १५ गते । नेपालमा हाल भारतको विहार र पश्चिम बङ्गाल आसपासको क्षेत्रमा रहेको

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

काठमाडौं, असोज ९ गते । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ ।

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि

‘गरिबसँग स्थानीय सरकार’ कार्यक्रम गरिंदै

नेपालगन्ज, भदौ २२ गते । नेपालगन्ज उपमहानगरपालिकाले ‘गरिबसँग स्थानीय सरकार’ कार्यक्रम सञ्चालन गर्नेभएको छ । कार्यक्रम

सबै कमिटीलाई कात्तिकसम्म लेखा परीक्षण गराउन एमालेको निर्देशन

 श्रावण २७ ,काठमाडौँ- नेकपा (एमाले) ले पार्टीका सबै कमिटीलाई अनिवार्य लेखा परीक्षण गराउन निर्देशन दिएको छ