
मुम्बइ। कपिल शर्माका फ्यानहरुको लागि दुःखद् खबर छ। छिट्टै ‘द कपिल शर्मा शो’ बन्द हुँदैछ। कपिल शर्मा र सुनिल ग्रोवरको विवादका कारण च्यानलले शो बन्द गर्ने फैसला गरेको छ। तर, यस विषयमा सोनी टिभी र कपिलका प्रोडक्सन हाउस केनाइनले यसको आधिकारिक पुष्टि भने गरेका छैनन्। रिपोर्टका अनुसार पछिल्लो समय सुनिल ग्रोवर, चन्दन प्रभाकर र अलि असगरले कपिलसँग काम गर्न नमानेपछि उनले अन्य कमेडियन राजु श्रीवास्तव, सुनील पल र अहसान कुरैसीलाई शोमा ल्याएका थिए। तर सोनी टिभी यसबाट खुसी छैन।
हालै जब सेटमा कोही सेलिब्रेटी आएनन् कपिललाई आफ्नो शोको शुटिङ बन्द गर्नुपर्यो। सुटिङ रोकेर अहिले कपिल आफ्नो फिल्म फिरंगीको सुटिङका लागि वीकानेर गएका छन्। उनी २९ मार्चमा फर्कनेछन्। केही समयअघि २०१७ भरी फिल्मबाट टाढा रहनको लागि कपिललाई सोनी च्यानलले १ सय १० करोड रुपयाँको अफर दिएको थियो। यसका लागि कपिल राजी पनि थिए। तर, यस्तो बेलामा शो बन्द गर्नुपर्दा कपिललाई निकै ठूलो घाटा पर्ने बताइएको छ।
रमेश पन्त नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको
साउन २५, काठमाडौं । काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा
गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि
दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको
काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि
अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा