March 25, 2017

काभ्रेमा नयाँ शक्तिमा धु्विकरणको लहर, नमोबुद्ध नगरभेला भब्यताको साथ सम्पन्न

FB_IMG_1490495417749IMG_20170325_151047

चैत्र १३ काभ्रे, नयाँ शक्ति पार्टी नेपाल काभ्रेले नमोबुद्ध नगरपालीकाको प्रथम भेला सम्पन्न गरेको छ । नगर संयोजक ज्ञानेन्द्र श्रेष्ठको सभापतित्वमा भएको उक्त भेलामा प्रमुख अतिथि नयाँ शक्ति पार्टी नेपालका केन्द्रीय कार्यकारी सदस्य तथा पार्टी प्रबक्ता खिमलाल देवकोटा, अतिथिहरुमा जिल्ला संयोजक डा.भरत लामिछाने, सह–संयोजक रमेश पन्त, केन्द्रीय सदस्यहरु अक्कल बहादुर थिङ, शंकरदाश लामा, रामहरी खनाल, लगाएतका वक्ताहरुले पार्टीका विचार प्रस्तुत गर्दै नवगठित नगर समितिलाई कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।
प्रमुख अतिथि खिमलाल देवकोटाले भेलालाई आप्mनो सम्बोधनमा नयाँ शक्तिले देखेको विकास र समृद्धिको सपनाको फेहरिस्त प्रस्तुत गर्दै ती सपना कुनै काल्पनिक नभएर योजनामा आधारित भएको बताउनुभएको हो । उहाँले हामीसँग प्रशस्त प्राकृतिक स्रोत साधनहरु छन्, तिनको उपयोग र जनशक्तिको परिचालन गर्न सकियो भने त्यो संभव छ । यी सपनाहरु कार्यान्वयन गर्नका लागि दृढ नेतृत्व र विचार आवश्यक भIMG_20170325_151830एको बताउँदै उहाँले नयाँ शक्ति त्यही सोचका साथ अगाडि बढेको बताउनुभयो । हामी पुराना पार्टीहरुसँग कुस्ती खेल्न होइन, सुशासन र सदाचारयुक्त समृद्धिको शिखरतिर लम्किने अभियानमा छौं । उहाँले नयाँ शक्तिको परिकल्पना सबैप्रकारको भ्रष्टाचारबाट मुक्त सुशासन र सदाचारयुक्त देश निर्माण भएको बताउनुभएको छ ।
उहाँले नयाँ शक्तिले उत्पीडित समुदायको हक मात्र नभई नयाँ र समृद्ध नेपाल निर्माणको कुरा गरेको बताउनुभयो । बाबुराम भट्टराई एक्लै छ, ऊसँग टिम छैन भन्ने आलोचनाप्रति असहमति राख्दै उहाँले हिमालदेखि तराई मधेशसम्मको टीम नयाँ शक्ति निर्माणमा जुटेको धारणा राख्नुभयो । सम्बोधनको क्रममा उहाँले निर्वाचन आयोगले चुनाव चिन्ह प्रदान गर्नमा गरेको विभेदप्रति आक्रोश पोख्नुभयो ।
त्यसैगरी अन्य अतिथिहरुले पनि नयाँ शक्ति पार्टीको जारी अभियान विकास र समृद्धिको निम्ति भएकोले आप्mनै पालामा जनता र राष्ट्रको अवस्था फेर्नको लागि सबैले एकैसाथ समृद्धिको सपना देख्नुपर्ने र सबैबीच दृढ संकल्प र एकता हुनुपर्ने आवश्यकता औंल्याउदै नयाँ शक्तिले देशलाई तोड्न र टुक्र्याउन खोज्ने शक्तिहरुका विरुद्ध देश जोड्ने अभियानको स्थापना भएकोले यो पार्टीले देशको बर्तमान अन्र्तविरोधहरुको समाधान गर्नसक्ने हेैसियतको पुष्ट्याई गरेका थिए ।IMG_20170325_151840
कार्यक्रममा पाँचसय भन्दा बढी नेता कार्यकर्ताहरु विभिन्न पार्टी त्यागेर नयाँ शक्तिमा प्रवेश गर्नुभएको थियो । कार्यक्रममा स्थानीय कलाकार तथा नयाँ शक्ति आवद्ध समृद्धि सांस्कृतिक समूहका कलाकारहरुले विभिन्न समुदायका सांस्कृतिक प्रस्तुति दिएका थिए ।
अन्त्यमा, केन्द्रिय परिषद सदस्य तथा युबा संगठनको उत्प्रेरक नविन लामाले प्रस्तुत गरेको ज्ञानेन्द्र श्रेष्ठको संयोजकत्वमा ३७ सदस्य नगर कमिटीको प्यानल प्रस्ताबलाई हलले एकमतले पारीत गरेको थियो भने नगरको ११ वटै वडा कमिटीको समेत घोषणा गरेको थियो । कार्यक्रमका सभापति तथा नव गठित नगर समितिका संयोजक ज्ञानेन्द्र श्रेष्ठले आप्mनो टीम संगठनात्मक जिम्मेवारी पुरा गर्न प्रतिबद्ध रहने भनाई सहित भेलाका सहभागि सवेैलाई धन्देबाद दिदै भेला समापन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शुभारम्भ भएको चार वर्षमै सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने श्रमिकहरुको संख्या ४ लाख नाघ्यो

९ चैत,काठमाडौं । सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने योगदानकर्ताको सङ्ख्या चार लाख नाघेको छ ।

सरकारमा सम्मानजनक सहभागिता गराउन लोसपाको माग

९ चैत,काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले सत्ता गठबन्धनका दलहरुलाई सरकारमा सम्मानजनक सहभागिता गराउन

नेपालको सार्वजनिक ऋण २० खर्ब ८० अर्ब रुपैयाँ : फागुनमा मात्रै १० अर्ब रूपैयाँ ऋण

९ चैत,काठमाडौं। नेपालको सार्वजनिक ऋण २० खर्ब ८० अर्ब रूपैयाँ पुगेको छ। फागुनमा मात्रै १०

स्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्री दाहालको घोषणा

९ चैत,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पत्रकार र सबै प्रकारका सञ्चार माध्यमहरुको पेशागत तथा भौतिक

मानहानि मुद्दामा राहुल गान्धीलाई दुई वर्षको जेल सजाय

काठमाडौं । सुरतको तल्लो अदालतले आपराधिक मानहानि मुद्दामा कांग्रेस नेता राहुल गान्धीलाई दुई वर्षको जेल

एमाले बलियो प्रतिपक्षीका रूपमा उभिएको छ : महासचिव पोखरेल

९ चैत,काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले एमाले बलियो प्रतिपक्षीका रूपमा उभिएकाले पार्टी सङ्गठन