चैत्र १३ काभ्रे, नयाँ शक्ति पार्टी नेपाल काभ्रेले नमोबुद्ध नगरपालीकाको प्रथम भेला सम्पन्न गरेको छ । नगर संयोजक ज्ञानेन्द्र श्रेष्ठको सभापतित्वमा भएको उक्त भेलामा प्रमुख अतिथि नयाँ शक्ति पार्टी नेपालका केन्द्रीय कार्यकारी सदस्य तथा पार्टी प्रबक्ता खिमलाल देवकोटा, अतिथिहरुमा जिल्ला संयोजक डा.भरत लामिछाने, सह–संयोजक रमेश पन्त, केन्द्रीय सदस्यहरु अक्कल बहादुर थिङ, शंकरदाश लामा, रामहरी खनाल, लगाएतका वक्ताहरुले पार्टीका विचार प्रस्तुत गर्दै नवगठित नगर समितिलाई कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।
प्रमुख अतिथि खिमलाल देवकोटाले भेलालाई आप्mनो सम्बोधनमा नयाँ शक्तिले देखेको विकास र समृद्धिको सपनाको फेहरिस्त प्रस्तुत गर्दै ती सपना कुनै काल्पनिक नभएर योजनामा आधारित भएको बताउनुभएको हो । उहाँले हामीसँग प्रशस्त प्राकृतिक स्रोत साधनहरु छन्, तिनको उपयोग र जनशक्तिको परिचालन गर्न सकियो भने त्यो संभव छ । यी सपनाहरु कार्यान्वयन गर्नका लागि दृढ नेतृत्व र विचार आवश्यक भ
एको बताउँदै उहाँले नयाँ शक्ति त्यही सोचका साथ अगाडि बढेको बताउनुभयो । हामी पुराना पार्टीहरुसँग कुस्ती खेल्न होइन, सुशासन र सदाचारयुक्त समृद्धिको शिखरतिर लम्किने अभियानमा छौं । उहाँले नयाँ शक्तिको परिकल्पना सबैप्रकारको भ्रष्टाचारबाट मुक्त सुशासन र सदाचारयुक्त देश निर्माण भएको बताउनुभएको छ ।
उहाँले नयाँ शक्तिले उत्पीडित समुदायको हक मात्र नभई नयाँ र समृद्ध नेपाल निर्माणको कुरा गरेको बताउनुभयो । बाबुराम भट्टराई एक्लै छ, ऊसँग टिम छैन भन्ने आलोचनाप्रति असहमति राख्दै उहाँले हिमालदेखि तराई मधेशसम्मको टीम नयाँ शक्ति निर्माणमा जुटेको धारणा राख्नुभयो । सम्बोधनको क्रममा उहाँले निर्वाचन आयोगले चुनाव चिन्ह प्रदान गर्नमा गरेको विभेदप्रति आक्रोश पोख्नुभयो ।
त्यसैगरी अन्य अतिथिहरुले पनि नयाँ शक्ति पार्टीको जारी अभियान विकास र समृद्धिको निम्ति भएकोले आप्mनै पालामा जनता र राष्ट्रको अवस्था फेर्नको लागि सबैले एकैसाथ समृद्धिको सपना देख्नुपर्ने र सबैबीच दृढ संकल्प र एकता हुनुपर्ने आवश्यकता औंल्याउदै नयाँ शक्तिले देशलाई तोड्न र टुक्र्याउन खोज्ने शक्तिहरुका विरुद्ध देश जोड्ने अभियानको स्थापना भएकोले यो पार्टीले देशको बर्तमान अन्र्तविरोधहरुको समाधान गर्नसक्ने हेैसियतको पुष्ट्याई गरेका थिए ।
कार्यक्रममा पाँचसय भन्दा बढी नेता कार्यकर्ताहरु विभिन्न पार्टी त्यागेर नयाँ शक्तिमा प्रवेश गर्नुभएको थियो । कार्यक्रममा स्थानीय कलाकार तथा नयाँ शक्ति आवद्ध समृद्धि सांस्कृतिक समूहका कलाकारहरुले विभिन्न समुदायका सांस्कृतिक प्रस्तुति दिएका थिए ।
अन्त्यमा, केन्द्रिय परिषद सदस्य तथा युबा संगठनको उत्प्रेरक नविन लामाले प्रस्तुत गरेको ज्ञानेन्द्र श्रेष्ठको संयोजकत्वमा ३७ सदस्य नगर कमिटीको प्यानल प्रस्ताबलाई हलले एकमतले पारीत गरेको थियो भने नगरको ११ वटै वडा कमिटीको समेत घोषणा गरेको थियो । कार्यक्रमका सभापति तथा नव गठित नगर समितिका संयोजक ज्ञानेन्द्र श्रेष्ठले आप्mनो टीम संगठनात्मक जिम्मेवारी पुरा गर्न प्रतिबद्ध रहने भनाई सहित भेलाका सहभागि सवेैलाई धन्देबाद दिदै भेला समापन गरेका थिए ।
काठमाडौं, साउन २० गते । नेपाली कांग्रेसले सरकारले मानव अधिकार आयोगबाट भदौ २३–२४ का घटनामा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।
पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा
दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको
राइडर्स युनियनको प्रश्न– ‘समस्या नीतिमा छ, तीन ट्राफिकमाथिको छानबिनले मात्र समाधान हुँदैन’ काठमाडौं, असार २६