एजेन्सी । मानिसहरु नोकरी गर्नका लागि स्नातकोत्तरदेखि लिएर विभिन्न किसिमका तालिमहरु लिने गर्छन् । अझ केही त अन्तरवार्ता धाउँदा धाउँदै हैरान हुँदासम्म पनि भनेजस्तो जागिर पाउँदैनन् ।
तर एक आठ वर्षीय बालिकाको पैसा कमाउने माध्यम भने अलि रोचक र फरक छ । उनी यूट्युबमार्फत महिनाको सात लाखभन्दा बढी कमाउँछिन् । यूट्युबकी स्टार चार्ली यी दिनहरुमा कुनै हलिउड स्टार्सभन्दा कम लाग्दैन, चाहे आम्दानीको हिसाबमा होस् चाहे चर्चामा नै किन नहोस् । एनऐजले हालै मासिक आम्दानीको अध्ययन गरी केही यूट्युब स्टार्सहरुको सूची तयार पारेको थियो । जुन तथ्यांक ओट्रिगर मीडियाले संकलन गरेको थियों, जसमा शीर्ष अर्निग च्यानलहरुलाई दुई जनरामा बाँडिएको थियो, ब्यूटी र स्टाइल तथा फूड र कुकिङ । फूड र कुकिङ जनरामा आठ वर्षीय बालिका चार्लीको च्यानल चार्ली क्राफ्टी किचनको आम्दानीको हिसाबमा पहिलो स्थानमा राखिएको छ । चार्ली आफ्नो उक्त च्यानलमा पाक सुझावहरु दिने गर्छिन् । चार्लीको च्यानलले हरेक महिना औसत एक लाख सत्तरी हजार डलर कमाउँछ ।
उक्त च्यानलको हरेक महिनाको औसत भ्यूज २ करोड ९० हजार छन् । चार्लीले भिडियो सन् २०१२ बाट शूट गर्न थालेकी थिइन् । जब उनी ६ वर्षकी थिइन् ।
-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता
– अधिवक्ता तारानिधि पन्त नेपालमा सम्बन्धविच्छेदका घटना निरन्तर बढिरहेका छन्। केही दशकअघि समाजमा दुर्लभ मानिने
गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि
साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित