March 25, 2017

राष्ट्रपति भण्डारी नयाँ बर्षमा भारत जाने

 

चैत १२, काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल चीन भ्रमणबाट फर्केको एक सातापछि राष्ट्रपति विद्यादेवी भण्डारी अर्को छिमेकी मुलुक भारत भ्रमणमा जाने भएकी छन् ।  आजको कान्तिपुरमा खबर छ ।

राष्ट्रपति भण्डारी बैशाख ४ गते भारत भ्रमणमा जाने तिथि तय भएको छ । उनले बैशाख ५ मा नया दिल्लीमा उच्चस्तरको भेटवार्ता गर्ने गरि भ्रमण तय भएको जानकारी परराष्ट्र मन्त्रालय उच्चस्रोतले बतायो । उनको भ्रमण तालिका केही दिनमा सार्वजनिक गरिनेछ । यसअघि चैतको दोस्रो साता त्यसतर्फ जाने तयारी भए पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ब्यस्तता र भारतीय राजदूत पनि नभएका कारणले उनको भ्रमण दुई साता पछि सरेको हो ।

‘अहिले सम्मको तयारीअनुसार राष्ट्रपछि बैशाख ४ मा भारत जाने र त्यहाको भ्रमण तालिका तय हुदा चार या पाच दिन बस्ने कार्यतालिका बन्दैछ,’ परराष्ट्र मन्त्रालय उच्चस्रोतले बतायो, ‘दिल्ली बैशाख चार मा पुग्ने । पाँचमा भेटघाट गर्ने र ६ गते बनारस हिन्दु विश्वविद्यालयको कार्यक्रममा सहभागि हुने गरि तालिका तय भए पनि अन्य स्थान कहा जाने भन्ने विषय अझै टुंगो लाग्न बाकी छ ।’ प्रस्तावित मिति अनुरुप उनको पहिलो भारत भ्रमण पाँच वा ५ दिने हुनेछ ।  राष्ट्रपतिको भारत भ्रमणको क्रममा सामान्य खालका दुईपक्षीय समझदारीहरु समेत हुनेगरि काम अघि बढेको छ । ‘ड्रग ट्राफिकिङ’ नियमन गर्ने विषयमा दुई पक्षीय सहमति र साना विकास परियोजना सहयोग सम्वन्धी सम्झौताहरुमा छलफल भइरहेको भ्रमणको तयारीमा संलग्न एक अधिकारीले बताए ।

भण्डारीको पहिलो विदेश भ्रमणको तयारीमा सरकार जुटेको तीन महिनापछि भ्रमण तय भएको राष्ट्रपति कार्यालयका अधिकारीहरु बताउछन् । करिव एक बर्ष अघि भ्रमणको सबै तयारी पुरा भए पनि अन्तिम समयमा स्थगित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

ओलीको अडान : ‘अहिले नेतृत्व छाड्दिनँ’

२०८३ साउन ३०, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कठिन परिस्थितिमा

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

सरकारी निवेदनमा अब एकरूप ढाँचा

  काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता

सम्बन्धविच्छेदको मिलापत्र : मुद्दाको अन्त्य मात्र होइन, जिम्मेवार नयाँ जीवनको कानुनी सुरुवात

– अधिवक्ता तारानिधि पन्त नेपालमा सम्बन्धविच्छेदका घटना निरन्तर बढिरहेका छन्। केही दशकअघि समाजमा दुर्लभ मानिने

मानव अधिकार आयोगले आरोपित ठहर गरेका व्यक्तिलाई चोख्याउन खोजिएको कांग्रेसको आरोप

काठमाडौं, साउन २० गते । नेपाली कांग्रेसले सरकारले मानव अधिकार आयोगबाट भदौ २३–२४ का घटनामा