माओवादी केन्द्रले एकताको हल्ला चलाएपछि नयाँ शक्तिका नेताको यस्तो जवाफ

Devendra-Parajuliकाठमाडौं, ९ चैत । नेकपा माओवादी निकट केही अनलाइन माध्यमहरुले नयाँ शक्ति र माओवादी केन्द्रबीच एकता हुन लाग्यो भनेर गरिरहेका हल्लालाई निराधार भन्दै नयाँ शक्तिका नेताहरुले खण्डन गरेका छन् ।

एकताको लागि सक्रिय भनेर आफ्नो नाम समेत उल्लेख गरेपछि नयाँ शक्तिका कार्यकारी सदस्य तथा युवा विभागका प्रमुख देवेन्द्र पराजुलीले सामाजिक सञ्जालमार्फत जवाफ दिएका छन् । ‘हल्ला गरेकै भरमा लक्ष्यमा पुग्न सकिन्छ भन्ने भ्रम रहेछ मेरा पुराना “कमरेड”हरुलाई,’ उनी अगाडि लेख्छन्, ‘अरु कुनै अस्त्र खोज, यो त थोत्रो भइसक्यो ।’

नेता पराजुलीले पुरानो तरिकाको राजनीतिले देश नचल्ने भन्दै अगाडि लेखेका छन्, ‘साम, दाम, दण्ड, भेदको चल्तीको राजनीतिक यात्राले देश उँभो लाग्दैन भनेर नै हामीले वैकल्पिक राजनीतिको साधनको रुपमा नयाँ शक्ति पार्टी नेपाल गठन गरी कृयाशील भएका हौं ।’

उनले आफ्नो नाम मुछेर अनर्गल प्रचार गर्नेप्रतिहरुप्रति लक्षित गर्दै भ्रममा नबाँच्न अनुरोध गरेका छन् । गाईजात्रा आउन छ महिना बाँकी रहँदै केही अनलाइनहरुमा गाइजात्रा सुरु भएको भन्दै उनले लेखेका छन्, ‘मेरो नाम मुछेर अनर्गल प्रचार गर्ने अधिकार तिमीलाई छैन ।’

उनले अन्तिममा चेतावनी दिँदै लेखेका छन्, ‘भ्रममा बाँच्ने वा भ्रमद्वारा बाँच्न खोज्ने तपाईहरुको अधिकारप्रति सम्मान छ तर, अरुको मानहानी गर्न पाईंदैन ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सरकारमा सम्मानजनक सहभागिता गराउन लोसपाको माग

९ चैत,काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले सत्ता गठबन्धनका दलहरुलाई सरकारमा सम्मानजनक सहभागिता गराउन

स्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्री दाहालको घोषणा

९ चैत,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पत्रकार र सबै प्रकारका सञ्चार माध्यमहरुको पेशागत तथा भौतिक

मानहानि मुद्दामा राहुल गान्धीलाई दुई वर्षको जेल सजाय

काठमाडौं । सुरतको तल्लो अदालतले आपराधिक मानहानि मुद्दामा कांग्रेस नेता राहुल गान्धीलाई दुई वर्षको जेल

एमाले बलियो प्रतिपक्षीका रूपमा उभिएको छ : महासचिव पोखरेल

९ चैत,काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले एमाले बलियो प्रतिपक्षीका रूपमा उभिएकाले पार्टी सङ्गठन

प्रधानमन्त्री दाहाललाई गगन थापाको आग्रह- नागरिकलाई नतर्साउनुस्

९ चैत,काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई नागरिकलाई नतर्साउन आग्रह गरेका

मानव तस्कर गिरोहद्धारा दुबईमा बेचिएकी नेपाली चेलीको उद्दार

९ चैत,काठमाडौँ । मानव तस्करीका गिरोहले दुबईमा बेचिएकी नेपाली चेलीको उद्दार गरिएको छ । सुर्खेतको