माओवादी केन्द्रले एकताको हल्ला चलाएपछि नयाँ शक्तिका नेताको यस्तो जवाफ

Devendra-Parajuliकाठमाडौं, ९ चैत । नेकपा माओवादी निकट केही अनलाइन माध्यमहरुले नयाँ शक्ति र माओवादी केन्द्रबीच एकता हुन लाग्यो भनेर गरिरहेका हल्लालाई निराधार भन्दै नयाँ शक्तिका नेताहरुले खण्डन गरेका छन् ।

एकताको लागि सक्रिय भनेर आफ्नो नाम समेत उल्लेख गरेपछि नयाँ शक्तिका कार्यकारी सदस्य तथा युवा विभागका प्रमुख देवेन्द्र पराजुलीले सामाजिक सञ्जालमार्फत जवाफ दिएका छन् । ‘हल्ला गरेकै भरमा लक्ष्यमा पुग्न सकिन्छ भन्ने भ्रम रहेछ मेरा पुराना “कमरेड”हरुलाई,’ उनी अगाडि लेख्छन्, ‘अरु कुनै अस्त्र खोज, यो त थोत्रो भइसक्यो ।’

नेता पराजुलीले पुरानो तरिकाको राजनीतिले देश नचल्ने भन्दै अगाडि लेखेका छन्, ‘साम, दाम, दण्ड, भेदको चल्तीको राजनीतिक यात्राले देश उँभो लाग्दैन भनेर नै हामीले वैकल्पिक राजनीतिको साधनको रुपमा नयाँ शक्ति पार्टी नेपाल गठन गरी कृयाशील भएका हौं ।’

उनले आफ्नो नाम मुछेर अनर्गल प्रचार गर्नेप्रतिहरुप्रति लक्षित गर्दै भ्रममा नबाँच्न अनुरोध गरेका छन् । गाईजात्रा आउन छ महिना बाँकी रहँदै केही अनलाइनहरुमा गाइजात्रा सुरु भएको भन्दै उनले लेखेका छन्, ‘मेरो नाम मुछेर अनर्गल प्रचार गर्ने अधिकार तिमीलाई छैन ।’

उनले अन्तिममा चेतावनी दिँदै लेखेका छन्, ‘भ्रममा बाँच्ने वा भ्रमद्वारा बाँच्न खोज्ने तपाईहरुको अधिकारप्रति सम्मान छ तर, अरुको मानहानी गर्न पाईंदैन ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

ओलीको अडान : ‘अहिले नेतृत्व छाड्दिनँ’

२०८३ साउन ३०, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कठिन परिस्थितिमा

मानव अधिकार आयोगले आरोपित ठहर गरेका व्यक्तिलाई चोख्याउन खोजिएको कांग्रेसको आरोप

काठमाडौं, साउन २० गते । नेपाली कांग्रेसले सरकारले मानव अधिकार आयोगबाट भदौ २३–२४ का घटनामा

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।

रास्वपाको अर्थ–राजनीतिक खाका सार्वजनिक : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्मका प्रस्ताव

चितवन, असार १० ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र