March 22, 2017

कांग्रेसमा भित्रिने हल्ला निराधार : गच्छदार

ठूला दलको हठले मुलुक दुर्घटनामा पर्न लागेको आरोप

इनरुवा, चैत  – मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले तोकिएकै मितिमा स्थानीय तह निर्वाचन हुनेमा आशंका व्यक्त गरेका छन् । उनले निर्वाचनमा जानुअघि मधेस समस्या समाधान गर्न आग्रह गरे ।

 

सुनसरी सदरमुकाम इनरुवामा आज पार्टीका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, ‘देशको वर्तमान अवस्था र ठूला दलको चरित्र एवम् हठका कारण तोकिएको समयमा चुनाव हुनेमा आशङ्का बढेका छन् ।’

अध्यक्ष गच्छदारले अहिले राष्ट्रको राजनीतिक अवस्था निकै बिग्रेको छ, त्यसैले यसलाई ध्यानमा राखी हिड्नुपर्दछ भन्दै समयमा समस्या समाधान नगरे देश दुर्घटनामा जान सक्ने सम्भावना रहेको बताए ।

एक फरक प्रसङगमा उनले नेपाली काँग्रेसका नेताहरुले गच्छदारलाई र आफ्नो पार्टीलाई काँग्रेसमा भित्रयाउने कुरा हल्ला मात्रै भएको बताए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

बजेट आर्थिक सुधारको अन्तिम किस्ता होइन : अर्थमन्त्री पौडेल

  काठमाडौँ, जेठ २७ – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट आर्थिक सुधारको

सहमतिअनुसार व्यवसायीहरुले यातायात बन्द राख्नु गलत : भौतिकमन्त्री

 जेठ २०, काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यातायात व्यवसायीहरुले सार्वजनिक यातायात बन्द गरेर

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्