युवा वैज्ञानिक भविन्द्र कुँवरको अर्को आविष्कार: गणितमा पत्ता लाग्यो सारीकरण

ds-beni-bhabindra-kuwar-768x512म्याग्दी– चार महिना अघि “दुर्यान्तर” नामक यन्त्र पत्ता लगाएर राष्ट्रिय तथा अन्तराष्ट्रिय चर्चा पाएका म्याग्दी जिल्लाको बेनी नगरपालिका २, ज्यामरुककोटका युवा वैज्ञानिक भविन्द्र कुँवरले फेरी अर्को ‘गणितीय सम्बन्ध’ पत्ता लगाएका छन् ।

उनले लामोसमयको खोजपछि गणितमा सारीकरण पत्ता लगाएका हुन् । सारीकरण पत्ता लागेपछि झन्डै ५००० वर्षदेखि रहस्यमा रहेको शून्यसम्बन्धी अंकगणितीय समस्याको समाधान भेटिएको हो ।

 विगत लामो समयदेखि पूर्व तथा पश्चिमका गणितज्ञहरुले शून्यका कारण गणितमा समस्या रहेको स्वीकार्दै आएका थिए । उनीहरुले शून्यसम्बन्धी उक्त समस्यालाई गणितीय त्रुटिहरुमा सूचीकृत गर्दै आएका थिए । कुँवरको यस खोजपछि गणितमा उक्त समस्या आउनुका पछि लुकेर रहेको अन्तर्निहित कारण भेटिनुका साथै सम्बन्धित समस्या स्पष्ट रुपले निवारण हुन पुगेको हो ।

‘अन्य विषयहरुमा खोज गर्ने क्रममा शून्यसँग सम्बन्धित अध्ययनसामग्रीहरु पनि संकलन गर्ने र सम्बन्धित खोज गर्ने कार्य गर्दै आएको थिएँ । मन अलिक हतारिएको थियो । अन्तर्तहमा छिपेर रहेको वास्तविक रहस्य भेटिएपछि पनि कारण किटेर निर्णय लिनका लागि पर्याप्त प्रमाणहरुको खोजीमा थिएँ । खोजपछि सम्बन्धित लेख तयार पार्न पनि निकै समय लाग्यो – खोजकर्ता कुँवरले बताए ।

कुँवरले यस खोजका बारेमा स्पष्ट गर्नका लागि एउटा विस्तृत जानकारीसहितको लेखसमेत प्रकाशित गरेका छन् । ‘शून्यको अंकगणितीय भूमिका’ शीर्षकको उक्त लेखमा सार, सारीकरण, शून्यको अंकगणितीय भूमिका र अर्थ आदि शून्यसँग सम्बन्धित विविध विषयबारे स्पष्ट गरिएको छ ।

लेखमार्फत् शून्य जोर संख्या नहुनुका कारण र प्रमाणहरु दिएका कुँवरले बराबर र शून्यबीचको सम्बन्धको सीमा के हो ? भन्नेबारे पनि स्पष्ट पारेका छन् । शून्यले खेल्ने भूमिकाजस्तै भूमिका खेल्ने एउटा अर्को संकेत शून्यजस्तै आकारमा रही स्थानमानका रुपमा कसरी रहेको थियो ? भन्ने कुराको रोचक भेदसमेत उनको खोजमा स्पष्ट गरिएको छ ।
विगत २५ वर्षदेखि विज्ञानका क्षेत्रमा खोज गर्दै आएका कुँवरले वि. सं. २०६७ सालमा ‘भौतिक शास्त्रमा भएका केही त्रुटिहरुका खन्डन र समाधान’ शीर्षकको पुस्तक प्रकाशन गरेका थिए । उक्त पुस्तकमा शून्यले निम्ताएका समस्याहरुबारे तीनवटा छोटा लेखहरु प्रकाशित गरेका थिए ।

शून्यसँग शून्य बराबर हुन्छ भनी मान्दा निम्तिने गणितीय समस्याले वर्षौँदेखि विश्वभरिका गणितज्ञहरुलाई सताएको थियो । त्यसको कारण र समस्याको निवारण सारीकरणको पत्ता लगाइबाट स्पष्ट हुन पुगेको कुँवरले बताएका छन् ।

केही समयअघि दुर्यान्तर पत्ता लगाएका कुँवरले विज्ञानसम्बन्धी ५ वटा पुस्तक र दर्जनौँ अनुसन्धानपत्रहरु लेखेका छन् । उनले शून्यसँग सम्बन्धित भाव, अभाव र विपरीत भावसम्बन्धी नयाँ धारणा पनि उक्त लेखमा प्रस्तुत गरेका छन् ।

आफ्नो लेखमा चिनियाँ लेखन पद्धति र हिन्दू अरबिक लेखन पद्धतिको तुलनात्मक अध्ययन गर्दै शून्यको वास्तविकता पहिल्याएका खोजकर्ता कुँवरले आफू गणितको विद्यार्थी भएकाले पनि गणितमा गहिरो रुचि रहँदै आएको बताए ।

शून्य र संख्या गुणन गर्दा वा शून्यलाई कुनै संख्याले भाग गर्दा आउने परिमाणले गणितीय समीकरणका सम्बन्धमा गम्भिर प्रश्न खडा गरेको थियो । शून्यले कुनै सन्दर्भहरुमा जुनसुकै संख्यासँग जुनसुकै संख्या बराबर हुन्छ भन्ने गलत परिणाम दिने गर्दथ्यो । त्यतिबेला (वि. सं. २०६७ मा) पुस्तक प्रकाशन गर्दा आफूलाई शून्यका कारण गणितमा देखिएको त्रुटि औँल्याउन सजिलो लागेको थियो तर समाधान पहिल्याउन सजिलो भएन, निकै समय लाग्यो, जटिल पनि भयो – कुँवरले जानकारी गराए ।

गणित पनि पद, पदावली तथा वाक्यहरुमा निहित अर्थहरुको जगमा उभिएको व्यवस्था हो । यसले नाप, आकार, गणना, वर्गीकरण तथा तुलनाका सन्दर्भमा सप्रमाण वस्तुगत अध्ययन गर्दछ । यसमा प्रयुक्त संकेतहरु अद्वैतार्थी हुनुपर्दछ । गणित नभएको भए संसारको स्वरुप आजको जस्तो हुन सम्भव थिएन । तर गणितमा पनि अन्य विषयमा झैँ प्रशस्त अपूर्णताहरु छन् । नयाँ खोजहरुले गणितलाई समृद्ध तुल्याउँदै जान्छन् – खोजकर्ता कुँवरले बताए ।

सन् ४७६ मा भारतमा जन्मिएका खगोलशास्त्री तथा गणितज्ञ आर्यभटले सर्वप्रथम शून्य पत्ता लगाएको मानिन्छ । त्यसपछि सन् ५९८ मा जन्मिएका अर्का खगोलशास्त्री तथा गणितज्ञ ब्रह्म गुप्ताले आफ्नो पुस्तक ‘ब्रह्मस्फूट सिद्धान्त’मा शून्यका विभिन्न सम्बन्ध र स्वरुपबारे स्पष्ट पारेका थिए । गुप्ताले त्यतिबेला दिएको मान्यतामा केही सुधार भए पनि शून्यको अंकगणितीय स्वरुप र सम्बन्धका सन्दर्भमा त्यसभन्दा पछि थप नयाँ कुराहरु जोडिन सकेका थिएनन् । रातोपाटी बाट साभार

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शशिभूषण यादव विरुद्धको सम्पत्ति शुद्धिकरण मुद्दामा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

काठमाडौँ, वैशाख २५ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका तत्कालीन वरिष्ठ

जिफन्टद्वारा काठमाडौंमा मे डे र्याली (फोटो फिचर)

काठमाडौं, १८ वैशाख ।  नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे डे) का

उच्च पदाधिकारीको सम्पत्ति छानबिन सुरु

काठमाडौँ, वैशाख १७ ।  सार्वजनिक पदमा रहेका तथा सेवा निवृत्त उच्च पदाधिकारीको सम्पत्ति छानबिन गर्न

अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु ; ११ जना घाइते

क्यानबेरा (अस्ट्रेलिया) १६वैशाख (रासस/एएनआई) : दक्षिण अस्ट्रेलियाको एडिलेडको पाराफिल्ड एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना

मे दिवसको सन्दर्भमा  जिफन्टको  घोषणा: “अबको श्रमिक आन्दोलन नयाँ ढंगले अगाडि बढाउँँछाै”

बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)

नागरिक एपमै ड्राइभिङ लाइसेन्स छापिएको अवस्था हेर्न सकिने

काठमाडौँ, वैशाख १४ । सवारी चालक अनुमतिपत्र (क्यूआरयुक्त ड्राइभिङ लाइसेन्स) छापिएको वा नछापिएको अवस्था अब