काभ्रेली ‘डन’ दावा लामा कोशीपारी झुल्किए (तस्बिरसहित)

17264332_1420449078029230_2198842270638216318_n (1)काभ्रे, ४ चैत । काभ्रेली ‘डन’ अर्थात गुन्डा नाइके दावा लामा हिरासतबाट छुटेको दुई हप्तापछि सार्वजनिक कार्यक्रममा देखिएका छन् ।

काभ्रे जिल्लाको कोशीपारीको भुम्लु गाउँपालिकाको वडा नम्बर १०मा दावा लामा आफ्ना साथीहरूसँग देखिएका हुन् । उनीसँगै तरुण दलका नेता महेश खरेल पनि देखिएका छन् ।17352459_1420449251362546_1536387960136231555_n

बोलेरो, हाइलक्स पिकअप लगायतका महँगा गाडी लिएर कोशीपारी पुगेका कथित ‘डन’ दावा लामाले कांग्रेसको झण्डा अगाडि राखेर कार्यक्रम समेत गरेको एक सहभागीले बताए ।

‘महेश खरेल, दावा लामासहितको समूह आएका थिए । गाउँमा खानाखान पनि दियौँ । भेटघाट कार्यक्रम पनि थियो’, कार्यक्रममा सहभागी कांग्रेसका एकजना स्थानीय नेताले भने ।

राजनीतिक कार्यक्रमका लागि भन्दा पनि आफ्नो रवाफ देखाउन आएको जस्तो देखिएका दावा लामाले आफ्ना अगाडि पछाडि हिँड्ने लठैतहरूलाई बेलाबेला विशेष निर्देशन दिने गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

Dawa-lama-Don-810x361 (1)काठमाडौंको दरबारमार्गमा युवा व्यवसायीलाई सांघातिक आक्रमण गरेर एकसाता हिरासतमा बसेर कांग्रेसी नेताहरूको दबाबमा धरौटीमा रिहा भएका दावा लामालाई प्रहरीले उच्च निगरानीमा राखेको छ ।

जबरजस्ती पैसा असुल्ने, व्यक्ति अपहरण, कुटपिट, ठेक्का पट्टा, व्यवसायीहरूसँग महिनावारी रकम असुल्ने आदि आरोप दावा लामालाई लागेको छ । विभिन्न अपराधमा जेल सजाय भोगीसकेका दावा लामालाई कांग्रेस नेताहरूको ठूलो संरक्षण छ ।

यस्तो गतिविधिवाट के देखिन्छ भने काग्रेसमा राम्रा मान्छे, असल शासन र सुशासनलाई पालना गर्ने मान्छे भन्दापनि गुण्डागर्दी र रबाफ लगाएर जनतामा त्रसित पार्दै चुनाब कब्जा गरेर सत्तामा पुग्ने अनि ब्रम्मलुट मच्चाउने नै उसको रणनीति बुझिन्छ । देश भाँडमा जाओस, जनताको समृद्धको सपना तुहियोस वा जे होस कांग्रेसलाई सत्ताको प्यारो छ भन्ने कुरा यो गतिविधिवाट प्रष्ट हुन्छ ।

को हुन त महेश खरेल   ?

               तत्कालिन राजा ज्ञानेन्द्रले जब आप्mनो शासनकालका  उत्तरार्दमा शेर बहादुरलाई प्रधान मन्त्रिमा नियुक्ति दिएका थिए त्यसैवेला देउवाले राजेन्द्र खरेललाई शिक्षा राज्यमन्त्रीमा नियुक्ति गरे र महेश खरेल उनै मन्त्री राजेन्द्र खरेलका छोरा हन् जो बाबुको मन्त्रीस्तरीय अमेरीका भ्रमणका क्रममा अमेरीका गए तर बाबुसंग नर्पmकी उतै मस्तराम भए । बाह्रवर्ष पछि अमेरीकामा व्यापार गरेर अरवौं कमाएको कथा मात्र हैन अरवौ धन बोकेर यिनी पुन नेपालमा राजनीति गर्ने मनसाय लिएर आए । नेपाली राजनीतिमा यूवा शक्तिको दुरुपयोग त सवै पार्टीमा छ तर अन्य पार्टीको तुलनामा कांग्रेसमा पार्टीभित्रै यूवा शक्तिको दुरुपयो हुन्छ भन्ने कुरा यिनि नेपाल आएपछी काभ्रेको नेपाली कांग्रेसमा विगत लामो समय देखी दुख गरेका, वडा लेभल देखि चुनिदै आएका शुन्दरमणी आचार्यलाई क्षेत्रिय सभापतीमा हराउन यिनले प्रति भोट रु ५०,००० सम्म तिरेर क्षत्रिय सभापती हत्याए भन्ने अर्को पक्षको आरोपले पुष्टी गर्छ ।
यिनको पक्षलाई यो पनि आरोप छ कि विगत लामो समयदेखि पार्टीमा इमान्दारपूर्वक काम गर्ने काग्रेसी कार्यकर्ताको भाग पछि आएका अवसरवादी तथा गुण्डा राजले कब्जा गर्यो अब जस्तालाई त्यस्तै जबाफ दिनुपर्छ भन्ने सोचको साथ केहि महिना पहिले पाँचखालमा महेश खरेलमाथि आक्रमण भएको देखिन्छ । शुन्दरमणीलाई साथ दिने जिल्लास्तरमा शीव हुमगाइ छन् भने केन्दमा कृष्ण सिटौला, गगन थापा छन् । उता महेश खरेलको टीमलाई साथ दिने जिल्लास्तरमा मधु आचार्य, तीर्थ लामा, कञ्चन बादे र केन्द्रमा विमलेन्द्रनीधि र देउवा रहेको एक स्थानिय कार्यकर्ताले बताए ।

आज ५ चैत्रमा फेरी सोहि टोली उक्त डन लगायतलाई लिएर धुलीखेलस्थित आप्mना पक्षकामध्ये को कसलाई चुनावको टीकट दिलाउने र पार्टी भित्रकै अर्को पक्षलाई एक्लाई राज गर्ने भन्ने रणनीति तयार गर्न १२ बजे शंखबुद्दको संस्थाIMG_20170318_120118 (1)मा गुटगत बैठक बसेको श्रोतका दावी छ । उक्त गुट शंखIMG_20170318_115909वुद्द लामाको अफिस अगाडी करीव १ घण्टा महेश खरेलको प्रतिक्षामा बसेको थियो जव हरियो नं प्लेटको गाडीमा खरेलको आगमन पश्चात साट्सुट् भित्र पसेको थियो, वैठकमा भने महेशसँग आएको केटाहरुको टोली सोही गाडीमा हतारहतार अन्यत्र मुभ भएपछी दावा सहितका खुराफाती लिएर महेश भित्र करिव ३ घण्टा गोप्य बार्तामा व्यस्त रहे । क्रमश:

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मानव अधिकार आयोगले आरोपित ठहर गरेका व्यक्तिलाई चोख्याउन खोजिएको कांग्रेसको आरोप

काठमाडौं, साउन २० गते । नेपाली कांग्रेसले सरकारले मानव अधिकार आयोगबाट भदौ २३–२४ का घटनामा

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।

रास्वपाको अर्थ–राजनीतिक खाका सार्वजनिक : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्मका प्रस्ताव

चितवन, असार १० ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र

रास्वपा महाधिवेशन : निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारी प्रक्रियामा कडाइ

 असार ९,चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रियालाई थप व्यवस्थित,

रास्वपाको प्रथम महाधिवेशन आजदेखि भरतपुरमा, विद्युतीय मतदानमार्फत नयाँ नेतृत्व चयन हुँदै

भरतपुर, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय