काठमाडाैं, ४ चैत । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा आवद्ध थप चार दलले पनि सरकारलाई दिएको समर्थन औपचारिक रूपमा फिर्ता लिएका छन् ।
तमलोपा, सद्भावना, राष्ट्रिय मधेस समाजवादी पार्टी र फोरम गणतान्त्रिकले बिहीबार संसद् सचिवालयमा पत्र दर्ता गर्दै समर्थन फिर्ता लिएको जानकारी गराएका हुन् । यसअघि बुधबार संघीय समाजवादी फोरमले सभामुख ओनसरी घर्तीलाई भेटी समर्थन फिर्ता लिएको पत्र बुझाएको थियो ।
मोर्चा आवद्ध चार दलले बिहीबार सभामुखको अनुपस्थितिमा संसद् सचिवालयमा समर्थन फिर्ताको पत्र औपचारिक रूपमा दर्ता गराएका हुन् । समर्थन फिर्ता लिने मोर्चा आवद्ध पाँच दलका ३५ सांसद छन् । संघीय समाजवादी फोरमका १५, तमलोपाका ११, सद्भावनाका पाँच, राष्ट्रिय मधेस समाजवादीका तीन र फोरम गणतान्त्रिकका एक सांसद छन् ।
मोर्चामा सात दल आवद्ध छन् । तराई मधेस सद्भावना पार्टी र नेपाल सद्भावना पार्टीले भने संसद् सचिवालयमा औपचारिक रूपमा पत्र दर्ता गराएको छैन । तर, उनीहरूले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने मोर्चाको निर्णयमा सहमति जनाएका छन् ।
-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
२०८३ साउन ३०, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कठिन परिस्थितिमा
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत